• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

एमाले कास्की २ का उम्मेदवार रश्मि आचार्यको आग्रह :

नीतिप्रेस by नीतिप्रेस
March 2, 2026
in कास्की
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि अवसर दिनुहोस्
पोखरा, १८ फागुन ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार रश्मि आचार्यले फागु पूर्णिमाको अवसर पारेर मतदातासँग होली मनाएका छन् । सो अवसरमा उनले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न आफूलाई अवसर दिन मतदातासँग आग्रह गरेका छन् । उनले विकासका मुख्य बाधकका रूपमा भ्रष्टाचारलाई औंल्याउँदै कडा नीति कानुन निर्माण र प्रभावकारी कार्यान्वयनमार्फत देशलाई सही दिशामा लैजाने प्रतिबद्धता व्यक्त गरे ।
पोखरा महानगरपालिका वडा नम्बर २० भलाममा आयोजित मतदाता भेटघाट कार्यक्रममा उम्मेदवार आचार्यले राजनीतिको मूल सफा नभएसम्म समृद्धिको अभियान सफल नहुने उल्लेख गरे । मुल धमिलो हुँदा सबै धमिलो हुन्छ, उनले भने, ‘त्यसैले देशलाई दिशानिर्देश गर्ने राजनीतिको मूल सफा पार्न म उम्मेदवार बनेको हुँ ।
उनले सुशासन विना समृद्धि सम्भव नहुने बताउँदै नीति निर्माणका तहमा इमान्दार र दृढ अडान आवश्यक रहेको धारणा राखे । भ्रष्टाचारको समूल अन्त्य गर्ने जनआकांक्षा विशेषगरी युवापुस्तामा प्रकट भएको उल्लेख गर्दै उनले त्यसलाई आफूले प्रमुख एजेन्डाका रूपमा अघि सारेको बताए ।
आचार्यले विशेष परिस्थितिमा हुन लागेको यस निर्वाचनले मुलुकलाई राष्ट्रिय संकटबाट पार लगाउने जिम्मेवारी बोकेको उल्लेख गरे । नियमित कार्यकाल पूरा नहुँदै संसद् विघटन भई समयअघि निर्वाचन हुन लागेको सन्दर्भ जोड्दै उनले मतदातालाई देश र विकास सम्झेर मत दिन आग्रह गरे । ‘देशलाई ठग्न खोज्नेहरू ठूलो स्वरमा बोलिरहेका छन्, तर देश बनाउनेहरू अठोटका साथ अघि बढिरहेका छन्, उनले भने, अबको जनमतले विकास र जिम्मेवार नेतृत्वको पक्षमा फैसला गर्नुपर्छ ।’
सहकारी लगायतका क्षेत्रमा देखिएका ठगी प्रकरणबारे संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाउँदै उनले जनताका समस्यालाई नीतिगत समाधानतर्फ लैजानेमा उनको जोड छ । देशलाई घात गर्ने र जनतालाई बेइमानी गर्नेहरूका विरुद्धमा दृढतापूर्वक आवाज उठाउनेछु, उनले थपे कास्की र देशको शिर ठाडो पार्ने गरी जनताको मत र अभिमतको सम्मान गर्दै संसदमा तपाईंहरूको आवाज गुन्जाउनेछु ।
निर्वाचित भएपछि नियमित रूपमा जनतासँग संवाद गर्ने, वडास्तरसम्म पुगेर सुझाव संकलन गर्ने र जनमैत्री कानुन निर्माणमा सक्रिय रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे । सबैको साथ, सबैको विकास र जीवनसँग जोडिएको विकास अभियानलाई सार्थक बनाउने आफ्नो लक्ष्य रहेको आचार्यले दोहो¥याए ।

Previous Post

बैंन बहादुरलाई आफ्नै थातथलोमा भव्य स्वागत, भारी मत आउनेमा ढुक्क

Next Post

प्रतिनिधि सभा निर्वाचन लक्षित मुस्ताङको कोरला नाका बन्द, ७२ घण्टा अघिदेखि सुरक्षामा कडाइ

Next Post

प्रतिनिधि सभा निर्वाचन लक्षित मुस्ताङको कोरला नाका बन्द, ७२ घण्टा अघिदेखि सुरक्षामा कडाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन