• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रतिनिधि सभा निर्वाचन लक्षित मुस्ताङको कोरला नाका बन्द, ७२ घण्टा अघिदेखि सुरक्षामा कडाइ

नीतिप्रेस by नीतिप्रेस
March 3, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

यही बिहीबार अर्थात् फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सोमबार मध्यरात १२ बजेदेखि चीनसँग सीमा जोडिएको कोरला नाका बन्द गरिएको छ। मतदानभन्दा ७२ घण्टा अगाडि अन्तर्राष्ट्रिय नाका बन्द गर्नुपर्ने नियम अनुसार जिल्ला प्रशासन कार्यालय मुस्ताङले नाका क्षेत्रलाई पूर्ण रूपमा बन्द गरी एकीकृत सुरक्षा योजना अनुसार सुरक्षा व्यवस्थामा कडाइ गरेको हो।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा रहेको नेपाल–चीन २४ नम्बर सीमा स्तम्भस्थित कोरला नाका फागुन १८ गते राति १२ देखि २१ गते राति १२ बजेसम्म बन्द रहने मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी एक नारायण भण्डारीले बताए। नाका बन्द भएसँगै कोरलादेखि करिब १४ किलोमिटर तल रहेको भन्सार कार्यालयसम्मको सडकमा सवारीसाधनमार्फत हुने ढुवानीसहित अन्य गतिविधिलाई समेत प्रहरीले निगरानीमा राखेको छ। निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न चीनसँग सीमा जोडिएका कोरला लगायत अन्य सीमा स्तम्भ रहेका क्षेत्रमा स्थानीयलाई आवतजावत नगर्न प्रशासनले अनुरोध गरेको छ।

समुद्री सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाइमा रहेको कोरोला नाका क्षेत्रमा बसोबास गर्ने स्थानीय समेत निर्वाचन अवधिमा तलका बस्तीमा झर्नेछन्। उपल्लो मुस्ताङमा निर्वाचन लक्षित बेसक्याम्प बनाएर बसेको नेपाली सेनाको इन्द्र बक्स गणसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गस्ती र निगरानी बढाएका छन्। निर्वाचनको दिन सदरमुकाम जोमसोम–कोरला ११० किलोमिटर सडक तथा बेनी–जोमसोम सडकखण्डसहित जिल्लाभर अत्यावश्यक सेवा बाहेकका सवारीसाधन सञ्चालनमा समेत रोक लगाइने प्रशासनले जनाएको छ।

Previous Post

एमाले कास्की २ का उम्मेदवार रश्मि आचार्यको आग्रह :

Next Post

लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेनरीको सामान

Next Post

लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेनरीको सामान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन