• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

गण्डकीमा नेकपा, एमाले शून्य

नीतिप्रेस by नीतिप्रेस
March 10, 2026
in गण्डकी प्रदेश
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फको मतपरिणाम अनुसार गण्डकी प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले एक सिट पनि ल्याउन सकेनन् । कास्की २, मुस्ताङ र म्याग्दीमा दोस्रो स्थानमा आएको एमाले बाँकीमा तेस्रो र चौथोमा सिमित भएको छ । तनहुँ १ मा एमाले उम्मेदवार भगवती न्यौपानेको त जमानत नै जफत भएको छ । १८ मध्ये १५ सिटमा रास्वपाले जितेको छ । २ सिटमा नेपाली कांग्रेस र १ मा स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् । २०८० मा भएको उपनिर्वाचनमार्फत् गण्डकीबाट संसदीय यात्रा थालेकोे रास्वपाले यो पटकको प्रतिनिधि सभा निर्वाचनमा नतिजामा ठूलो फेरबदल गर्दा नेकपा र एमालेलाई गाह्रो परेको हो । यो पटक २ ठाउँ जितेर साख जोगाएको कांग्रेसले २०७९ सालमा भएको निर्वाचनमा गण्डकीबाट १० सिट जितेको थियो । अहिले कांग्रेसले मनाङ र मुस्ताङबाहेक अन्य सबै क्षेत्रमा गुमाएको छ ।

त्यो बेला जितेका मनाङका योगेश गौचन थकाली र मनाङका टेकबहादुर गुरुङ यो पटक पनि दोहोरिएर जितेका हुन् । अहिले मतगणना भइरहेको गोरखा १ बाहेक पहिला कांग्रेसले जितेको क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भएको छ । शशांक कोइरालाले जितेको नवलपुर १ मा यो पटक राजन गौतम आएका छन् । नवलपुरकै विष्णुकुमार कार्कीले जितेको २ नम्बर क्षेत्रमा मनिष खनाल विजयी भएका छन् । २०७९ को प्रतिनिधि सभा निर्वाचनमा अहिलेको राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएको तनहुँ १ मा उपनिर्वाचन मार्फत स्वर्णिम वाग्ले विजयी भएका थिए । सो क्षेत्रमा यो पटक पनि उनै वाग्ले निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शंकर भण्डारीले जितेको तनहुँ २ मा यो पटक उनै भण्डारीलाई पराजित गर्दै रास्वपाका श्रीराम न्यौपाने विजयी भए ।

३ वर्ष अघि स्याङ्जा १ मा कांग्रेसका राजु थापा विजयी भएकोमा यो पटक रास्वपाका धनन्जय रेग्मी २ र धनराज गुरुङ निर्वाचित क्षेत्रमा झबिलाल डुम्रे प्रतिनिधि सभा जाने भएका छन् । खम्बीर गर्बुजाले जितेको म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका महाविर पुन विजयी भए । गोरखाका राजेन्द्र बजगाईंले जितेको क्षेत्र १ मा रास्वपाका सुधन गुरुङसँग कांग्रेसका प्रेमकुमार खत्री पराजित भए ।

नेकपा एमालेले २०७९ मा जितेको ५ क्षेत्र यो पटक सबै गुमाएको हो । त्यो बेला पनि ५ दलीय गठबन्धन हुँदा पनि नेकपा एमालेबाट लमजुङमा पृथ्वीसुब्बा गुरुङ, पर्वतमा पदम गिरी, कास्की १ मनबहादुर गुरुङ, २ मा विद्या भट्टराई र ३ मा दमोदर पौडेल ‘बैरागी’ ले जितेका थिए । तर, एमालेले जितेको कास्कीको ३ वटै क्षेत्र, लमजुङ र पर्वत यो पटक रास्वपाले जितेको छ ।
रास्वपाबाट कास्की १ मा खड्गराज पौडेल, २ मा उत्तम पौडेल र ३ मा बिना गुरुङ विजयी भएकी छिन् । लमजुङबाट धर्मराज केसी र पर्वतबाट सागर भुसालले जितेका छन् । नेकपा अन्तर्गतको तत्कालीन माओवादी केन्द्रबाट देवेन्द्र पौडेलले जितेको बागलुङ २ यो पटक नेकपाले गुमाएको छ । यस क्षेत्रमा रास्वपाका सोम शर्मा निर्वाचित भए । गएको चुनावमा बागलुङकै क्षेत्र नम्बर १ मा कांग्रेससमेतको गठबन्धनमा जनमोर्चाका चित्रबहादुर केसी विजयी भएकामा यसपालि रास्वपाका सुशील खड्का विजयी भए । यसपटक चौथो स्थानमा समेटिएको जनमोर्चाको राजनीतिक भविष्य लगभग सकिएको छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन माओवादी केन्द्रबाट जितेको गोरखा २ मा रास्वपाका कबिन्द्र बुर्लाकोटी विजयी भएका छन् ।

४ प्रदेशमा नील

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा एमाले कांग्रेसको शर्मनाक हार भएको छ । प्रत्यक्षतर्फ १ सय ६५ मा निर्वाचन हुँदा नेकपा एमाले गण्डकी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा निल भएको छ ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टी नेकपा गण्डकी, कोशी, मधेश र सुदूरपश्चिम प्रदेशमा नील भएको छ । सात प्रदेशमध्ये रास्वपा ६ प्रदेशमा भारी सिटका साथ पहिलो भएको छ । कर्णालीमा कांग्रेस पहिलो भएको छ ।

Previous Post

बालेन शाहको चुनावी खर्च १४ लाख १७ हजार

Next Post

फुटपाथमा पुस्तक बिक्री नगर्न महावीरलाई मेयर आचार्यको आग्रह

Next Post

फुटपाथमा पुस्तक बिक्री नगर्न महावीरलाई मेयर आचार्यको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन