सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य पदमा नियुक्त गर्न सिफारिस गरेको छ ।आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई सदस्य पदमा मनोनयनका लागि सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले उनको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको छ ।
सरकारले सिफारिस गरेपछि अब राष्ट्रपतिले उनलाई नियुक्त गर्ने छन् । अर्याल हाल गृहमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छन् । मन्त्रिपरिषद्ले रिक्त रहेको ठाउँमा उनलाई पठाउने निर्णय लिएको हो । यसअघि राष्ट्रिय सभामा एक सदस्यको पद खाली थियो । सोही पदमा अर्याललाई लैजान लागिएको हो । मन्त्रिपरिषद्ले उनलाई नियुक्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउन राष्ट्रपति कार्यालयमा पत्र पठाउने निर्णय गरे ।






