• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

कास्कीमा स्थानीय तहको पुनर्संरचना कसरी

नीतिप्रेस by नीतिप्रेस
April 20, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।ललितपुर महानगरपालिका भन्दा पोखरा महानगरपालिकाको एउटा वडा ठूलो छ । ललितपुरको क्षेत्रफल ३६.१२ वर्ग किलोमिटर मात्रै छ । पोखरा २३ नम्बर वडाको क्षेत्रफल भने ४७.८ वर्ग किलोमिटर छ । यो वडामा अधिकांश ग्रामीण भूभाग छ । यहाँका जनताले महानगरबाट पाउने सेवा लिन निकै दुख पाएका छन् । पोखरा ३३ को भरतपोखरी, पोखरा २३ को पञ्चासे क्षेत्र, २४ को कास्कीकोट र २१ को कृस्तीका बासिन्दाले सेवा सुविधा सहज नभएको गुनासो गरिरहेका छन् । ती ठाउँ महानगरको केन्द्रबाट निकै टाढा पर्छन् ।

कास्कीकै मादी गाउँपालिका पर्वत जिल्ला भन्दा पनि ठूलो छ । मादीको क्षेत्रफल ५ सय ६३ वर्ग किलोमिटर छ । पर्वत जिल्लाको क्षेत्रफल भने ४ सय ९४ वर्ग किलोमिटर मात्रै छ । एउटा गाउँपालिका भन्दा सानो जिल्ला पर्वतमा ७ वटा स्थानीय तह छन् । मादी गाउँपालिकामा भने १२ वटा मात्रै वडा बनाइएको छ । भूगोल ठूलो हुँदा मादीका जनता सेवा लिन लामो दुरी पार गर्न बाध्य छन् । उनीहरूले आफ्नै नैसर्गिक अधिकारका लागि पनि सास्ती खेप्नुपरेको छ ।

गण्डकी प्रदेशको राजधानी कास्कीमा ५ वटा मात्रै स्थानीय तह छन् । प्रदेशका अन्य जिल्लामा यो भन्दा धेरै स्थानीय तह छन् । त्यसैले कास्कीको पालिकाका धेरै वडाहरू टुक्राउनुपर्ने माग उठेको छ । स्थानीयले पालिकाको संख्या थपेर यसलाई वैज्ञानिक बनाउन माग गरेका छन् । नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी भौगोलिक पुनर्संरचना १० देखि १२ वर्षमा गरिरहनुपर्ने बताउँछन् । ‘हरेक पालिकाको सिमानाले जनतालाई सहज सेवा दिन सक्छ कि सक्दैन भन्ने हेर्नुपर्छ, उनले भने, ‘कुन ठाउँ कसलाई पायक पर्छ भन्ने कुरा मुख्य हो । मुल्मीका अनुसार कतिपय वडा अर्को जिल्लाको नजिक पर्छन् । पर्वतको हुवासबाट स्याङ्जाको वालिङ पुग्न १५ देखि २० मिनेट मात्रै लाग्छ । तर आफ्नै जिल्लाको सदरमुकाम पुग्न ३ देखि ४ घन्टा लाग्छ । यस्तो अवस्थामा पुनर्संरचना जरुरी रहेको उनले बताए । नेपालका लागि ७ सय ५३ स्थानीय तह धेरै भएको उनको तर्क छ । यसलाई वैज्ञानिक रूपमा रेखांकन र पुनर्संरचना गर्नुपर्ने उनले बताए । पोखरा महानगरका कतिपय वडा महानगर जस्ता नभएको उनले औंल्याए । पोखराको १७, २१ र २२ नम्बर वडाको क्षेत्रफल र जनसंख्या धेरै छ । ती वडा मिलाएर एउटा छुट्टै पालिका बनाउन सकिने उनको भनाइ छ । जनतालाई सेवा दिन सजिलो हुन्छ कि हुँदैन भन्ने कुरा महत्वपूर्ण हुने उनको जिकीर थियो ।

पुनर्संरचना गर्दा हतार नगर्न मुल्मीले सुझाव दिए । जनताको रायका आधारमा अघि बढ्नुपर्ने उनले बताए । ‘सेवा पु¥याउन नसक्ने तर महानगर भनिरहनु राम्रो होइन, उनले भने, ‘यस्तो विषयमा वैज्ञानिक छलफल आवश्यक छ । स्थानीय र प्रदेशको निर्वाचन नजिकिँदै गर्दा सरकारले यसमा चाँडो सुझाव मागेको उनले बताए । पृथ्वीनारायण क्याम्पसको भूगोल विभाग प्रमुख सहप्राडा रामजीप्रसाद पोखरेल पनि संरचना सुधारमा ध्यान दिनुपर्ने बताउँछन् । २०७३ सालको संरचनामा केही कमजोरी रहेको उनको तर्क छ । पुनर्संरचना गर्दा जनसंख्यालाई मात्रै आधार मान्न नहुने पोखरेलले बताए । ‘सहरी र ग्रामीण क्षेत्रको पेसा, सेवा केन्द्रको पहुँच र भौगोलिक बनावटलाई हेर्नुपर्छ, उनले भने, वडागत कार्यको गहनता र विकासको स्तरलाई पनि ध्यान दिनुपर्छ । कास्कीका ठूला भूगोल भएका पालिकामा सेवाग्राहीले सास्ती पाएको उनले बताए । पोखरा वरिपरिका पहाडी क्षेत्र र कृषिमा आधारित बस्तीलाई महानगरमा गाभ्दा सेवामा समानता नदेखिएको उनको भनाइ छ । उनले स्थानीय तहको संख्या बढाउन र साना वडालाई एकीकृत गर्न सुझाव दिए । ठूला भूगोल भएका वडालाई टुक्राएर सिमाना हेरफेर गर्नुपर्ने उनले बताए ।

साविकका नगरपालिका वा गाउँपालिकाका वडाहरू जिल्ला भित्रै अर्को पालिकामा गाभ्न मिल्ने अवस्था भए त्यसो गर्नुपर्ने पोखरेलले बताए । ‘जनतालाई भौगोलिक निकटताका आधारमा सेवा दिनु नै सबैभन्दा राम्रो हुन्छ,’ उनले भने । सहर र गाउँको सुविधामा ठूलो अन्तर भएकाले यसलाई मिलाउन पुनर्संरचना आवश्यक रहेको उनले बताए । भौतिक पूर्वाधारको अवस्था र वडा कार्यालय पुग्ने दुरीलाई आधार मान्नुपर्ने उनको सुझाव छ । कास्कीमा कम्तीमा ७ वा ८ वटासम्म पालिका बनाउनुपर्ने अवस्था उनले देखेका छन् । मादी गाउँपालिकाले सिक्लेस, ताङतिङ र नामार्जुङलाई टाढा बनाएको उनले बताए । माछापुच्छ«े र अन्नपूर्ण गाउँपालिकाको समस्या पनि उस्तै रहेको उनले उल्लेख गरे ।

पोखरा महानगरका मेयर धनराज आचार्य पनि कास्कीमा ७ वटा स्थानीय तह बनाउनुपर्ने पक्षमा छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो सुझाव दिएका हुन् । संविधान संशोधनमार्फत २० वर्षपछि पुनर्संरचना गर्न सकिने व्यवस्थालाई उनले आधार मानेका छन् । कास्कीमा १ महानगर, १ उपमहानगर, १ नगरपालिका र कम्तीमा ३ गाउँपालिका हुनु उपयुक्त देखिन्छ, उनले लेखेका छन् । पोखरा महानगर क्षेत्रफलमा ललितपुर भन्दा १४ गुणा र काठमाडौंभन्दा १० गुणा ठूलो छ । यस्तो अवस्थामा सेवा प्रवाह चुनौतीपूर्ण रहेको उनले बताए । उनले यस विषयमा खुला बहस र छलफलका लागि आफू तयार रहेको उल्लेख गरे । क्षेत्रीय स्वार्थ भन्दा माथि उठेर कास्कीको हितका लागि बहस गर्न उनले आग्रह गरे ।

मादी गाउँपालिका १ का वडाध्यक्ष देवीजंग गुरुङ पनि भूगोल र जनसंख्याका आधारमा पुनर्संरचनाको माग गर्छन् । राज्य पुनर्संरचना हुनुअघि नै मादीमा दुई वटा गाउँपालिका बनाउने माग उठेको उनले बताए । तत्कालीन जिल्ला विकास समितिले ‘मादी १ र मादी २ को अवधारणा प्रस्ताव गरेको उनले जानकारी दिए । तर सरकारले एउटै गाउँपालिका बनाइदिएको उनले बताए । अहिले फेरि पुनरावलोकनको अवसर आएको उनले उल्लेख गरे ।

संघीय सरकारले सिमाना हेरफेरका लागि सुझाव मागेपछि मादीका पूर्वी वडाका बासिन्दाले छुट्टै पालिका मागेका छन् । मादीका ८, ९, १०, ११ र १२ नम्बर वडाका बासिन्दाले नयाँ प्रशासनिक एकाइ आवश्यक रहेको निष्कर्ष निकालेका छन् । पूर्वी वडाबाट गाउँपालिकाको केन्द्र पुग्न २ देखि ३ दिन लाग्ने अवस्था छ । सेवा प्रवाह सहज बनाउन मादीलाई टुक्राउनुपर्ने उनीहरूको माग छ । यसका लागि स्थानीयले ‘सरोकार समिति’ र ‘सल्लाहकार समिति समेत गठन गरेका छन् ।

जनताको गुनासो सम्बोधन गर्न सरकारले आगामी स्थानीय तहको निर्वाचन अघि नै संख्या र सिमाना हेरफेर गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसका लागि गृहकार्य सुरु गरेको छ । १० वर्षदेखि पालिकाको संख्या पुनरावलोकन नभएकाले मन्त्रालयले नयाँ मापदण्ड २०८३ को मस्यौदा तयार गरेको छ ।

मन्त्रालयले ७ वटै प्रदेशका मुख्यमन्त्री कार्यालयलाई पत्राचार गरी सुझाव मागेको छ । संख्या, सिमाना र वर्गीकरण पुनरावलोकन गर्न ३ दिनको समय दिइएको छ । तोकिएको मापदण्ड पुगेमा गाउँपालिका नगरपालिकामा र नगरपालिका उपमहानगर वा महानगरमा पदोन्नति हुनसक्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहालले बताए ।

Previous Post

अनुपमको उद्घोषण, भाषण कला तथा हस्तलेखन तालिम सम्पन्न

Next Post

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. भरत खत्रीले पोखराको सिमपानीमा मुटु रोग अस्पताल निर्माण

Next Post

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. भरत खत्रीले पोखराको सिमपानीमा मुटु रोग अस्पताल निर्माण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन