• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

घुस लिँदा कास्कीका प्रहरी हवल्दार पक्राउ

नीतिप्रेस by नीतिप्रेस
April 26, 2026
in कास्की, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लागुऔषध सम्बन्धी मुद्दामा मिलाइदिने आश्वासन दिँदै सेवाग्राहीसँग घुस लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीका वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले शनिबार उनलाई ५० हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको हो। उनी कास्की प्रहरीको मुद्दा फाँटमा कार्यरत रहेका छन्।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, थापा क्षेत्रीले लागुऔषध मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रकम मागेका थिए। प्राप्त सूचनाका आधारमा खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।पोखरा १६ दीपका अमृत गुरुङका अनुसार हवल्दार क्षेत्रीले आफूलाई समेत लामो समयसम्म दुख दिएको बताएका छन्। आफूले नलिएको ऋणमा परिवारका सदस्यहरूको नाम जोडिएपछि त्यसको विरोध गर्दा झन् समस्या भोग्नुपरेको उनले बताए। गुरुङ भन्छन्, छिटो अनुसन्धान गरिदिनु भन्दा उल्टै फाइल नै हराएर हैरानी दिने काम हुन्थ्यो।

उनका अनुसार मुद्दा शाखामा कार्यरत हवल्दार थापाको फाइल लुकाउने र सेवाग्राहीसँग बार्गेनिङ गर्ने बानी पुरानै रहेको छ। जनतालाई दुःख दिने, तर हाकिमलाई रिझाएर पुरस्कार पाउने उनको शैली थियो, गुरुङको आरोप छ। उनले थापा विरुद्ध अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र, मुख्यमन्त्री कार्यालय हुँदै प्रधानमन्त्री कार्यालयसम्म उजुरी दिएको जानकारी पनि दिए।

यसैबीच, अर्का एक सहकारी पीडितले पनि हवल्दार थापाबाट आफूले निकै सास्ती भोग्नुपरेको बताएका छन्। उनका अनुसार, नलाग्ने मुद्दामा समेत फसाउन जालसाजी गर्ने र बार्गेनिङ गर्ने उनको व्यवहार थियो। उनले थपे, हामी मात्रै होइन, धेरै सोझासादा सर्वसाधारण पनि उनीबाट पीडित भएका छन्।

जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने उजुरी र घटनाको अनुसन्धानपछि मुद्दा तयार गरी अदालतसम्म पुर्‍याउने काम जिल्ला सरकारी वकिलको कार्यालयले गर्छ । तर सो कार्यालयमा पठाइने अनुसन्धान फाइल तयार गर्ने जिम्मेवारी जिल्ला प्रहरी कार्यालयकै मुद्दा शाखाको हुन्छ । प्रहरी कार्यालयभित्र यो शाखालाई अत्यन्त प्रभावशाली मानिन्छ । यही शाखाबाट प्रमाण लुकाउने वा नभएका प्रमाणका आधारमा समेत आरोप निर्माण गरी लेनदेन गर्ने गरेको आरोप वरिष्ठ हवल्दार थापामाथि लागेको छ । सेवाग्राहीलाई दुःख दिने तर माथिल्लो तहका अधिकारीलाई खुसी पारेर पुरस्कारसमेत पाउने भन्दै आलोचित थापा २०८१ सालमा पुरस्कृत भएका थिए ।

यसअघि २०८१ माघ महिनामा थापा क्षेत्रीलाई ‘महिनाकै उत्कृष्ट प्रहरी का रूपमा सम्मान गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई पुस महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको थियो । तत्कालीन प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर ओलीले २०८१ पुस १९ गते सूचना जारी गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको उल्लेख गरेका थिए ।

सम्मानसम्बन्धी सूचनामा उल्लेख गरिएअनुसार, अपराध अनुसन्धान शाखामा कार्यरत रहँदा सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानमा प्रभावकारी भूमिका निर्वाह गर्दै प्रमाण संकलन र व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै उनलाई सम्मान गरिएको थियो ।

संगठनको नीति निर्देशनअनुसार दिइएको जिम्मेवारी इमानदारी, निष्ठा र उच्च व्यावसायिक क्षमताका साथ पूरा गरी नेपाल प्रहरीको छवि उकास्न योगदान पुर्‍याएको भन्दै उनलाई प्रशंसा गरिएको थियो । सो समय उनी प्रहरी चौकी अरुणखोला (बर्दघाट सुस्ता पूर्व, नवलपरासी) बाट सरुवा भई जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा शाखामा कार्यरत थिए ।

Previous Post

पोखरा चाइल्ड स्टार सिजन ५ मा शिक्षिता र प्रनिश विजेता

Next Post

गीतकार नेपाल रानाभाटको सायद मैले सकिनँ कि… को म्युजिक भिडियो सार्वजनिक

Next Post

गीतकार नेपाल रानाभाटको सायद मैले सकिनँ कि... को म्युजिक भिडियो सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन