जबरजस्ती करणी मुद्दामा १३ वर्ष ८ महिना १० दिन कैद सजाय भुक्तान गर्न बाँकी रही
कारागार कार्यालय कास्कीमा थुनामा रहेका प्रतिवादी मिति २०७०।१०।१२ गते कारागार
कार्यालय कास्कीबाट भागी फरार रहेका जिल्ला कास्की मादी गाउँपालिका वडा नं. ७ घर
भई हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १३ बाझपाटन बस्ने बर्ष ३२ का हेम
कुमार तामाङलाई यस कार्यालय मातहत वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट
खटिएको प्रहरी टोलीले मिति २०८३।०१।१४ गते जिल्ला कास्की पोखरा म.न.पा.वडा नं.
१३ दुई कुलाको मुहानबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि कारागार कार्यालय
कास्कीमा बुझाइएको ।






