• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान

नीतिप्रेस by नीतिप्रेस
May 1, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हेमजा,वैशाख १८ । पोखरा महानगरपालिका२५, हेमजामा २०७० सालमा स्थापना भई सक्रिय सामाजिक तथा खेलकुद संस्थाका रूपमा आफ्नो पहिचान बनाउन सफल हेमजा युनाइटेड को आठौँ वार्षिक साधारण सभा तथा २०८३ सालको संस्थागत वार्षिक कार्यपालिका सहितको भित्ते पात्रो विमोचन एवं खेलाडी सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा संस्थाका सचिव महादेव अधिकारीले आर्थिक वर्ष २०८१-८२ का संस्थागत गतिविधिहरूको समीक्षा सहित आगामी योजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष निराजन अधिकारीले सोही आर्थिक वर्षको आर्थिक प्रतिवेदन पेश गरेका थिए। प्रस्तुत आर्थिक प्रतिवेदन सभाबाट पारित गरिएको छ।

साथै, हेमजा युनाइटेड अन्तर्गत सञ्चालनमा रहेको एकेडेमीको प्रतिनिधित्व गर्दै दोस्रो पोकोमेट खुला महिला फुटसल फुटबल प्रतियोगिता–२०८३ मा प्रथम स्थान हासिल गर्न सफल खेलाडीहरूलाई बधाई ज्ञापन गर्दै नगद, दोसल्ला र प्रमाणपत्रसहित विशेष सम्मान गरिएको थियो। उक्त प्रतियोगिता पोकोमेट पोखराको आयोजनामा २०८३ वैशाख ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको थियो। सम्मानित खेलाडीहरूले प्राप्त सम्मानले थप उत्साह र प्रेरणा मिलेको बताएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगर कार्यपालिका सदस्य एवं वडा नं। २५, हेमजाकी कार्यवाहक अध्यक्ष धनकुमारी पोखरेल तिमिल्सिनाले हेमजा क्षेत्रमा खेलकुद विकास, युवाहरूको क्षमता अभिवृद्धि तथा सामाजिक एकतामा हेमजा युनाइटेडले खेलेको भूमिका महत्त्वपूर्ण रहेको धारणा व्यक्त गरिन्। साथै, वडा नं। २५ हेमजाका निवर्तमान अध्यक्ष एवं हेमजा युनाइटेडका सल्लाहकार शोभाकर तिम्सिना तथा सल्लाहकार नबराज अधिकारीले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाको निरन्तर प्रगतिका लागि सफलताको कामना गरेका थिए।

संस्थाका अध्यक्ष कृष्णमान श्रेष्ठले आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा खेलकुद तथा सामाजिक गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

अध्यक्ष श्रेष्ठकै अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सदस्य मनोज त्रिपाठीले गरेका थिए भने सञ्चालन सचिव महादेव अधिकारीले गरेका थिए। कार्यक्रममा , स्थानीय जनप्रतिनिधि, सल्लाहकार , खेलप्रेमी, बिभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधि ,समाजसेवी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Previous Post

जनस्वास्थ्य तथा कर वीज्ञहरुले भने-‘सुर्तीजन्य पदार्थमा कर बृद्धि गरिनु पर्छ

Next Post

वालेन्द्र शाह सरकारको कडा निर्णय : १ हजार ५ सय ९४ पदाधिकारी एकैपटक पदमुक्त- हेर्नुहोस् को को मुक्त भए

Next Post

वालेन्द्र शाह सरकारको कडा निर्णय : १ हजार ५ सय ९४ पदाधिकारी एकैपटक पदमुक्त- हेर्नुहोस् को को मुक्त भए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन