• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पाँच दिने राष्ट्रिय ह्याण्डबल रेफ्री प्रशिक्षण पोखरामा सम्पन्न, दक्ष जनशक्ति उत्पादनमा जोड

नीतिप्रेस by नीतिप्रेस
May 3, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । नेपाली ह्याण्डबल खेलको प्राविधिक विकास र दक्ष रेफ्री उत्पादन गर्ने उद्देश्यसहित आयोजित पाँच दिने राष्ट्रिय ह्याण्डबल रेफ्री प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न भएको छ । नेपाल ह्याण्डबल संघको आयोजना तथा बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा सञ्चालित उक्त प्रशिक्षण कार्यक्रम आइतबार औपचारिक रूपमा सम्पन्न भएको हो ।

पोखरा ह्याण्डबल एकेडेमीमा आयोजित समापन कार्यक्रममा राष्ट्रिय ओलम्पिक एकेडेमीका अध्यक्ष तेजबहादुर गुरुङले सहभागी प्रशिक्षार्थीहरूलाई दीक्षित भएको प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा बोल्दै उनले नेपाली ह्याण्डबलको विकाससँगै आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि यस्ता प्रशिक्षण कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताए ।

प्रशिक्षणबाट हासिल गरेको ज्ञान, सीप र अनुभवलाई व्यवहारमा लागू गर्दै सक्षम युवा खेलाडी तथा दक्ष रेफ्री उत्पादनमा सक्रिय भूमिका निर्वाह गर्न सहभागीहरूलाई अध्यक्ष गुरूङले आग्रह गरे । साथै, राष्ट्रिय ओलम्पिक एकेडेमीले आगामी दिनमा विभिन्न खेलका प्रशिक्षण तथा खेलाडी उत्पादन केन्द्रित कार्यक्रमहरू अगाडि बढाउने जानकारी समेत दिए ।

नेपाल ह्याण्डबल संघका अध्यक्ष पिताम्बर तिम्सिनाले ह्याण्डबल खेलको लोकप्रियता बढाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा यसको गरिमा उकास्ने लक्ष्यसहित संघ अघि बढिरहेको बताए । उनले सातै प्रदेशमा युवा प्रतिभा पहिचान, खेलाडी उत्पादन र प्राविधिक विकासका कार्यक्रमलाई थप प्रभावकारी बनाइने उल्लेख गर्दै भने हामी ह्याण्डबललाई देशव्यापी रूपमा विस्तार गर्न चाहन्छौँ । यसका लागि खेलाडी मात्र होइन, दक्ष प्रशिक्षक र रेफ्री उत्पादन पनि उत्तिकै आवश्यक छ ।

रेफ्रि प्रशिक्षण कार्यक्रमले नेपाली ह्याण्डबल खेलको विकासका लागि कोशेढुङ्गा सावित हुने बताउँदै अध्यक्ष तिम्सिनाले भने केही व्यक्ति विशेषहरु संघका गतिविधि ठप्प पार्न अझै पनि उद्धत रहेका छन् । उनीहरुको त्यो कोठा भित्रबाट गरेको प्रयासले नेपाली ह्याण्डबलको गतिलाई अब रोक्न सक्दैन ।

कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी भारतका ह्याण्डबल मुख्य प्रशिक्षक अनुप सिंह काश्वानले नेपाल भारतबीच ह्याण्डबल खेलको विकासका लागि सहकार्यका नयाँ आयामहरू खोल्न आफू सदैव सकारात्मक रहेको बताए । उनले खेलले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उल्लेख गर्दै बदलिँदो समयसँगै ह्याण्डबलका नयाँ नियम र प्रविधिप्रति खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरू सजग हुनुपर्नेमा जोड दिए । उनले नेपाली खेलाडीहरूको अनुशासन, समर्पण र उच्च खेलभावनाको प्रशंसा गर्दै भविष्यमा नेपाली ह्याण्डबलले अझ राम्रो सम्भावना बोकेको बताए ।

समापन कार्यक्रममा नेपाल ह्याण्डबल संघका महासचिव तथा गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष केशव पाठक, भारतका प्रशिक्षक तेजवीर सिंह लगायतले पनि ह्याण्डबलको उज्ज्वल भविष्यका लागि सामूहिक सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।

पाँच दिनसम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा पाँच प्रदेश तथा विभागीय टोलीका गरी २५ जना रेफ्रीहरूको सहभागिता रहेको थियो । प्रशिक्षण अवधिमा खेलका नवीन नियम, रेफ्रीको भूमिका, खेल सञ्चालनका प्राविधिक पक्ष तथा व्यवहारिक अभ्यासहरू समेटिएको थियो ।

प्रशिक्षणले नेपाली ह्याण्डबलमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्दै खेलको स्तर अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन् । पोखराबाट सुरु भएको यो सकारात्मक अभियानले देशभर ह्याण्डबलको नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ ।

Previous Post

वालेन्द्र शाह सरकारको कडा निर्णय : १ हजार ५ सय ९४ पदाधिकारी एकैपटक पदमुक्त- हेर्नुहोस् को को मुक्त भए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन