• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

जनताको समृद्धि र विकास नै गणतन्त्रको मूल लक्ष्य : मुख्यमन्त्री पाण्डे

नीतिप्रेस by नीतिप्रेस
May 29, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ले मुलुकलाई आत्मनिर्भर र समृद्ध राष्ट्रका रूपमा स्थापित गर्नु नै गणतन्त्रको मुख्य दायित्व भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे ।

नेपालमा संघीय शासन प्रणाली लागू भएको ८ वर्ष पूरा भइसकेको उल्लेख गर्दै उनले संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यबाट संघीयतालाई थप मजबुत बनाउने काम भइरहेको बताए । ‘नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी प्रदेश सरकारले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै काम गरिरहेको छ,’ मुख्यमन्त्री पाण्डेले उल्लेख गरेका छन् । जनताको अपेक्षा अनुरूप विकास र सेवा प्रवाहमा प्रदेश सरकार प्रतिबद्ध रहेको पनि उनले बताएका छन् ।

सकारात्मक सोच र सामूहिक प्रयासबाट मात्रै समस्याको दिगो समाधान सम्भव हुने मुख्यमन्त्री पाण्डेले बताएका छन् । गत भदौ २३ र २४ गते भएका ध्वंसात्मक घटनातर्फ संकेत गर्दै उनले यस्ता गतिविधिबाट तत्काल परिवर्तन सम्भव नहुने स्पष्ट पारे । विकास, स्थायित्व र आत्मविश्वासका साथ अघि बढ्नु नै अहिलेको आवश्यकता रहेको उनको भनाइ छ ।

गण्डकी प्रदेश सरकारले ‘आत्मनिर्भर र समुन्नत प्रदेश : सुखी प्रदेशवासी’ भन्ने लक्ष्यसहित काम गरिरहेको उल्लेख गर्दै उनले उक्त उद्देश्य पूरा गर्न राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा आम नागरिकको साथ र सहयोग आवश्यक रहेको बताए । शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा र स्वच्छ खानेपानीजस्ता आधारभूत अधिकारको प्रभावकारी कार्यान्वयनमा गणतन्त्र दिवसले थप प्रेरणा दिने विश्वास उनले व्यक्त गरे । साथै, यस ऐतिहासिक दिवसले राष्ट्रिय एकता, स्वाधीनता र सार्वभौमिकतालाई अझ सुदृढ बनाउन ऊर्जा मिल्ने पाण्डेको भनाइ छ ।मुलुकमा लोकतन्त्र स्थापना र संरक्षणका लागि जीवन उत्सर्ग गर्ने अमर सहिदहरूप्रति उनले श्रद्धाञ्जली व्यक्त गरे । विभिन्न आन्दोलनका क्रममा बेपत्ता भएका, घाइते तथा अपांगता भएका नागरिकहरूको योगदानको उच्च कदर गर्दै मुख्यमन्त्री पाण्डेले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।

Previous Post

सन्दीप लामिछाने र ब्रिज इन्टरनेशनलबीच पाँच वर्षको सम्झौता

Next Post

धनबहादुर गुरुङ सांगीतिक साँझबाट ३५ लाखभन्दा बढी बचत, तमु कल्याणकारी कोषमा जम्मा

Next Post

धनबहादुर गुरुङ सांगीतिक साँझबाट ३५ लाखभन्दा बढी बचत, तमु कल्याणकारी कोषमा जम्मा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन