• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विश्वभरका नेपालीलाई भाषा र साहित्यको सूत्रमा जोड्ने व्यक्तित्व हुन् भानुभक्त : प्रदेश प्रमुख भट्ट

नीतिप्रेस by नीतिप्रेस
July 13, 2026
in समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यले विश्वभर रहेका नेपालीलाई भाषा, साहित्य र संस्कृतिमार्फत एकताबद्ध बनाउने ऐतिहासिक भूमिका निर्वाह गरेको बताउनुभएको छ।

भानु वाङ्मय प्रतिष्ठान, पोखराले आयोजना गरेको आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले भानुभक्तको साहित्यिक योगदानले नेपाली भाषालाई साझा पहिचानका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।

प्रदेश प्रमुख भट्टका अनुसार संस्कृतमा सीमित रहेको रामायणलाई सरल नेपाली भाषामा रूपान्तरण गरेर भानुभक्तले साहित्यलाई जनजीवनसँग जोड्न सफल हुनुभएको हो। उहाँका कृतिले नेपाली भाषा, राष्ट्रिय एकता, सांस्कृतिक चेतना र नेपालीपनको भावनालाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिएको उहाँले बताउनुभयो।

भट्टले भानुभक्तका रचनामा धार्मिक पक्षसँगै नैतिकता, मानवता, सामाजिक उत्तरदायित्व, कर्तव्यबोध र लोककल्याणको सशक्त सन्देश रहेको उल्लेख गर्दै आजको पुस्ताले उहाँका कृतिलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी डिजिटल माध्यम, अनुसन्धान तथा सिर्जनात्मक अभ्यासमार्फत नयाँ पुस्तासम्म पुर्‍याउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

गण्डकी प्रदेश भाषा, साहित्य, कला र संस्कृतिको दृष्टिले समृद्ध रहेको उल्लेख गर्दै उहाँले यहाँका साहित्यिक संस्था, शैक्षिक प्रतिष्ठान तथा स्रष्टाले नेपाली भाषा र साहित्यको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर योगदान दिइरहेकोमा प्रशंसा व्यक्त गर्नुभयो।

साथै, नेपाली भाषा र साहित्यको विकासमा योगदान पुर्‍याउँदै उत्कृष्ट विद्यार्थी तथा शिक्षकलाई सम्मान गर्दै आएको भानु वाङ्मय प्रतिष्ठानको कार्यको समेत उहाँले सराहना गर्नुभयो।

Previous Post

गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन