• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

पाँचौँ सिटीवान तीज मेलाको हेल्थ पार्टनर नेपाल मणिपाल अस्पताल

नीतिप्रेस by नीतिप्रेस
August 24, 2026
in समाचार
0
पाँचौँ सिटीवान तीज मेलाको हेल्थ पार्टनर नेपाल मणिपाल अस्पताल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरामा आयोजना हुने पाँचौँ संस्करणको सिटीवान सांस्कृतिक तीज मेलाको हेल्थ पार्टनरका रुपममा नेपाल मणिपाल शिक्षण अस्पताल रहने भएको छ ।
सम्झौतासँगै अस्पतालले मेला स्थलमा बृहत् स्वास्थ्य शिविर पनि सञ्चालन गर्नेछ। सिटीवान टेलिभिजनको आयोजनामा हुने प्रदेशस्तरीय पाँचौँ खुला तीज गीत प्रतियोगिता २०८३ भदौ २३ र २४ गते गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुँदैछ।
मेलामा आउने दर्शक तथा सहभागीको स्वास्थ्यलाई लक्षित गरी मणिपाल शिक्षण अस्पतालले स्वास्थ्य शिविर सञ्चालन गर्ने टेलिभिजनसँग सम्झौता भएको हो । मेलास्थलमै आवश्यक प्राथमिक उपचार, स्वास्थ्य परामर्श तथा महिलाका लागि आवश्यक विशेष स्वास्थ्य सेवाको व्यवस्था गरिनेछ। यसका लागि सिटीवान टेलिभिजन र मणिपालबीच सहकार्यको सम्झौता भएको आयोजकले जनाएको छ।

सम्झौताअनुसार मेलामा सहभागी हुने तथा दर्शकका लागि मणिपालले वर्षभरि प्रयोग गर्न मिल्ने एकपटकको डिस्काउन्ट कार्ड उपलब्ध गराउनेछ। उक्त कार्डमार्फत अस्पतालको ओपीडी टिकटमा ५० प्रतिशत छुट, ल्याब परीक्षणमा १५ प्रतिशतसम्म छुट, एमआरआई तथा सिटी स्क्यानमा १० प्रतिशत छुट र अपरेशन सेवामा १० प्रतिशत छुट उपलब्ध हुने जनाइएको छ।
मेलामा विशेषगरी महिला तथा दर्शकलाई आवश्यक पर्न सक्ने प्राथमिक उपचार सेवा उपलब्ध गराइनेछ। साथै, महिलासँग सम्बन्धित स्वास्थ्य समस्याका लागि आवश्यक परामर्श तथा विशेष उपचार सेवाका विषयमा समेत जानकारी र सहजीकरण गरिने आयोजकले जनाएको छ। स्वास्थ्य शिविरलाई मेलाको सामाजिक उत्तरदायित्वसँग जोडिएको महत्वपूर्ण कार्यक्रमका रूपमा लिइएको छ।
सिटीवान टेलिभिजनका प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले तीज संस्कृति संरक्षणसँगै मेलालाई स्वास्थ्य, सामाजिक चेतना र समुदायसँग जोड्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको बताइन्। उनका अनुसार मनोरञ्जनसँगै सहभागी तथा दर्शकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
मेलामा करिब ६० समूहको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगितामा महिला हिंसा, पर्यटन प्रवर्द्धन, सरसफाइ, बीमा तथा वैदेशिक रोजगार, उद्यमशीलता, शिक्षा, लागूऔषध दुव्र्यसन, खानेपानी तथा ऊर्जा, वित्तीय सचेतना र स्वास्थ्यजस्ता समसामयिक विषयलाई तीज गीतमार्फत प्रस्तुत गरिनेछ।
प्रतियोगितामा प्रथम हुने समूहले ५० हजार, द्वितीयले ३० हजार, तृतीयले २० हजार र सान्त्वना पुरस्कार १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट नृत्य, भेषभूषा र शब्दका लागि पाँचपाँच हजार रुपैयाँ पुरस्कार राखिएको छ।
मेलाको अवसरमा तीज संस्कृति र आजको आवश्यकता विषयमा प्रदेशस्तरीय राउण्ड टेबल कार्यक्रमसमेत हुनेछ। साथै, सहभागीलाई दर संस्कृतिबारे जानकारी गराउनुका साथै दर खुवाउने कार्यक्रम राखिएको छ। मेलामा महिला उद्यमी तथा नेपाली उत्पादनका २५ भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ।पाँचौँ सिटीवान तीज मेलाको हेल्थ पार्टनर नेपाल मणिपाल अस्पताल

पोखरामा आयोजना हुने पाँचौँ संस्करणको सिटीवान सांस्कृतिक तीज मेलाको हेल्थ पार्टनरका रुपममा नेपाल मणिपाल शिक्षण अस्पताल रहने भएको छ ।
सम्झौतासँगै अस्पतालले मेला स्थलमा बृहत् स्वास्थ्य शिविर पनि सञ्चालन गर्नेछ। सिटीवान टेलिभिजनको आयोजनामा हुने प्रदेशस्तरीय पाँचौँ खुला तीज गीत प्रतियोगिता २०८३ भदौ २३ र २४ गते गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुँदैछ।
मेलामा आउने दर्शक तथा सहभागीको स्वास्थ्यलाई लक्षित गरी मणिपाल शिक्षण अस्पतालले स्वास्थ्य शिविर सञ्चालन गर्ने टेलिभिजनसँग सम्झौता भएको हो । मेलास्थलमै आवश्यक प्राथमिक उपचार, स्वास्थ्य परामर्श तथा महिलाका लागि आवश्यक विशेष स्वास्थ्य सेवाको व्यवस्था गरिनेछ। यसका लागि सिटीवान टेलिभिजन र मणिपालबीच सहकार्यको सम्झौता भएको आयोजकले जनाएको छ।

सम्झौताअनुसार मेलामा सहभागी हुने तथा दर्शकका लागि मणिपालले वर्षभरि प्रयोग गर्न मिल्ने एकपटकको डिस्काउन्ट कार्ड उपलब्ध गराउनेछ। उक्त कार्डमार्फत अस्पतालको ओपीडी टिकटमा ५० प्रतिशत छुट, ल्याब परीक्षणमा १५ प्रतिशतसम्म छुट, एमआरआई तथा सिटी स्क्यानमा १० प्रतिशत छुट र अपरेशन सेवामा १० प्रतिशत छुट उपलब्ध हुने जनाइएको छ।
मेलामा विशेषगरी महिला तथा दर्शकलाई आवश्यक पर्न सक्ने प्राथमिक उपचार सेवा उपलब्ध गराइनेछ। साथै, महिलासँग सम्बन्धित स्वास्थ्य समस्याका लागि आवश्यक परामर्श तथा विशेष उपचार सेवाका विषयमा समेत जानकारी र सहजीकरण गरिने आयोजकले जनाएको छ। स्वास्थ्य शिविरलाई मेलाको सामाजिक उत्तरदायित्वसँग जोडिएको महत्वपूर्ण कार्यक्रमका रूपमा लिइएको छ।
सिटीवान टेलिभिजनका प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले तीज संस्कृति संरक्षणसँगै मेलालाई स्वास्थ्य, सामाजिक चेतना र समुदायसँग जोड्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको बताइन्। उनका अनुसार मनोरञ्जनसँगै सहभागी तथा दर्शकलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई प्राथमिकता दिइएको छ।
मेलामा करिब ६० समूहको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगितामा महिला हिंसा, पर्यटन प्रवर्द्धन, सरसफाइ, बीमा तथा वैदेशिक रोजगार, उद्यमशीलता, शिक्षा, लागूऔषध दुव्र्यसन, खानेपानी तथा ऊर्जा, वित्तीय सचेतना र स्वास्थ्यजस्ता समसामयिक विषयलाई तीज गीतमार्फत प्रस्तुत गरिनेछ।
प्रतियोगितामा प्रथम हुने समूहले ५० हजार, द्वितीयले ३० हजार, तृतीयले २० हजार र सान्त्वना पुरस्कार १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट नृत्य, भेषभूषा र शब्दका लागि पाँचपाँच हजार रुपैयाँ पुरस्कार राखिएको छ।
मेलाको अवसरमा तीज संस्कृति र आजको आवश्यकता विषयमा प्रदेशस्तरीय राउण्ड टेबल कार्यक्रमसमेत हुनेछ। साथै, सहभागीलाई दर संस्कृतिबारे जानकारी गराउनुका साथै दर खुवाउने कार्यक्रम राखिएको छ। मेलामा महिला उद्यमी तथा नेपाली उत्पादनका २५ भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ।

Previous Post

जघन्य अपराधको सजाय पुनरावलोकन गर्ने विषयमा सरकार र पीडित पक्षबीच सहमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन