Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आईसीसी क्रिकेट विश्वकप लिग-२ : ओमानसँग खेल्दै नेपाल

Niti Academy by Niti Academy
October 13, 2026
in खेलकुद समाचार, समाचार
0
आईसीसी क्रिकेट विश्वकप लिग-२ : ओमानसँग खेल्दै नेपाल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले मंगलबार घरेलु टोली ओमानसँग खेल्दैछ। मस्कटमा हुने खेलमा जित निकाल्दै नेपाल अंकतालिकामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा हुनेछ।

नेपाल र ओमान दुवैले अघिल्लो खेलमा क्यानडालाई हराएका थिए। ओमानले शुक्रबार क्यानडालाई ४१ रनले पराजित गरेको थियो भने नेपालले आइतबार २१ रनको जित निकालेको थियो। रोहित पौडेलको शतकको मद्दतमा नेपालले क्यानडालाई हराएको थियो।

लिग–२ को अंकतालिकामा ओमान २९ खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ। नेपाल भने ३३ खेलबाट २६ अंक जोड्दै छैटौँ स्थानमा छ। सातौँ स्थानको क्यानडाको ३४ खेलबाट २५ अंक छ।

ओमानलाई हराउन सके नेपालले क्यानडासँगको अंकदूरी तीन अंक पुर्‍याउनेछ। त्यसैले मंगलबारको खेल नेपालका लागि शीर्ष ६ मा आफ्नो स्थान बलियो बनाउने अवसर हो।

ओमानसँगको खेलपछि नेपालले लिग–२ मा थप दुई खेल खेल्न बाँकी रहनेछ। क्यानडाका पनि दुई खेल बाँकी छन्। आठौँ स्थानको यूएईले ३२ खेलबाट १९ अंक जोडेको छ। बाँकी तीन खेलमध्ये कम्तीमा एकमा जित निकाले नेपाललाई यूएईले अंकमा भेट्टाउन सक्ने छैन।

क्यानडामाथिको जितपछि उत्साहित नेपालले ओमानविरुद्ध पनि राम्रो प्रदर्शन गर्नुपर्नेछ। मंगलबारको नतिजाले नेपालको अंकतालिकाको स्थिति थप बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।

Previous Post

बडादशैँको तेस्रो दिन: आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

Next Post

आज हिमाली क्षेत्रमा हिमपात, पहाडमा हल्का वर्षाको सम्भावना

Next Post
कस्तो रहला आज देशभरको मौसम ?

आज हिमाली क्षेत्रमा हिमपात, पहाडमा हल्का वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन