Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सव तयारी पूरा, भोलि रक्तदान

नीतिप्रेस by नीतिप्रेस
November 19, 2026
in Samachar, समाचार
0
लायन्स क्लब अफ पोखराको स्वर्ण महोत्सव तयारी पूरा, भोलि रक्तदान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । लायन्स क्लब अफ पोखराको स्थापनाको ५०औँ वर्ष अर्थात् स्वर्ण महोत्सव विशेष समारोहको तयारी पूरा भएको छ । मंसिर ५ गते पोखरा इभेन्ट सेन्टरमा हुने समारोहको पूर्वसन्ध्यामा क्लबले भोलि मंसिर ४ गते शुक्रबार बृहत रक्तदान कार्यक्रम गर्दै छ ।

पोखरा इभेन्ट सेन्टरमै बिहान ८ बजेदेखि सुरु हुने रक्तदानमा सहभागी हुन क्लबले सबैमा आग्रह गरेको छ । रक्तदान जीवनदानसरह पुण्यको काम भएकाले कार्यक्रममा सहभागी भई रक्तदान गर्न संयोजक सुशील श्रेष्ठले अनुरोध गरे ।

स्वर्ण महोत्सव समारोहमा नेपालभरका ५ हजारभन्दा बढी लायनहरूको सहभागिता रहने मूल समारोह समितिका मुख्य संयोजक सुशीलकुमार गोशलीले जानकारी दिए । समारोहमा क्लबका संस्थापक सदस्य, पूर्वअध्यक्ष तथा समाजमा विशिष्ट योगदान पुर्‍याउने अग्रजहरूलाई सम्मान गरिने छ ।

क्लबको स्थापनादेखि हालसम्म क्लबमार्फत सेवा गर्ने सबैलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ । सोही अवसरमा क्लबका संस्थापक कोषाध्यक्षसमेत रहेका सुशीलकुमार गोशलीलाई ‘लायन अफ द गोल्डेन जुब्ली अवार्ड’ बाट सम्मान गरिने भएको क्लबका पूर्व अध्यक्ष एवं डिस्ट्रिक्ट एनएलएफ चिफ दीपेन्द्र कोइरालाले जानकारी दिए ।

समारोहमा क्लबको पाँच दशक लामो सामाजिक सेवायात्रा, उपलब्धि, ऐतिहासिक अभिलेख र लेखहरू समेटिएको विशेष स्वर्ण महोत्सव स्मारिका विमोचन हुने छ ।

स्वर्ण महोत्सवकै सन्दर्भ पारेर क्लबले विन्ध्यवासिनी प्राकृतिक चिकित्सालयमा आरोग्य भवन निर्माण गरी हस्तान्तरण गरिसकेको छ । साथै तुलसी घाटमा शवदाहस्थल शिलान्याससमेत गरेको छ ।

स्वर्ण महोत्सव विगतको योगदान स्मरण गर्नुका साथै आगामी पुस्तालाई सामाजिक सेवाप्रति प्रेरित गर्ने अवसर भएको क्लबका अध्यक्ष डा माधव तिवारीले बताए । पाँच दशकको सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक योगदानको समीक्षा तथा अग्रजहरूको सम्मानका रूपमा समारोह आयोजना गरिएको मूल समारोह समितिका मुख्य संयोजक गोशलीको भनाइ छ ।

सन् १९७६ नोभेम्बर १० अर्थात् विसं २०३३ सालमा स्थापित लायन्स क्लब अफ पोखरा नेपालकै छैटौँ तथा तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रकै पहिलो लायन्स क्लब हो । लायन नवराज पटेल तथा उनको टोलीको पहलमा पोखरामा क्लब स्थापनाको अभियान सुरु भएको थियो ।

प्रारम्भमा पृथ्वीनारायण क्याम्पसका तत्कालीन प्रमुख तथा शिक्षासेवी जर्ज जोनलाई संस्थापक अध्यक्षका रूपमा प्रस्ताव गरिएको थियो । तर उनी शैक्षिक तथा प्रशासनिक जिम्मेवारीमा व्यस्त रहेकाले पोखराका व्यवसायी फणिन्द्रमान श्रेष्ठको अध्यक्षतामा क्लबलाई अघि बढाइएको थियो ।

स्थापनाकालदेखि क्लबले शिक्षा, स्वास्थ्य, रक्तदान, वातावरण संरक्षण, छात्रवृत्ति, विपद् व्यवस्थापन, मानवीय सहायता र सामुदायिक विकासमा योगदान पुर्‍याउँदै आएको छ ।

Previous Post

पोउवा संघ सदस्यमा नन्दकुमारी मनोनित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन