Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

देउवा पक्षीय कांग्रेसको प्रदेश सभापतिमा मेखलाल र महामन्त्रीमा पोषनाथ घोषणा, किरण पौडेलले झिके बखेडा

नीतिप्रेस by नीतिप्रेस
November 22, 2026
in Samachar, समाचार
0
देउवा पक्षीय कांग्रेसको प्रदेश सभापतिमा मेखलाल र महामन्त्रीमा पोषनाथ घोषणा, किरण पौडेलले झिके बखेडा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । शेरबहादुर देउवा पक्षीय नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनको सुरुवातमै प्रक्रियागत विवाद चर्किएको छ । शनिबार अधिवेशनको उद्‌घाटनलगत्तै निर्वाचनको औपचारिक प्रक्रिया सुरु नहुँदै प्रदेश सभापतिमा मेखलाल श्रेष्ठ र महामन्त्रीमा पोषनाथ शर्मा निर्विरोध चयन भएको घोषणा गरिएपछि पार्टीभित्र असन्तुष्टि सतहमा आएको हो ।

मुख्य निर्वाचन अधिकृत वीरेन्द्र केसीले उद्‌घाटन सत्र सकिएलगत्तै श्रेष्ठलाई सभापति र शर्मालाई महामन्त्री पदमा निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरेका थिए । तर, चुनावी कार्यतालिका र प्रक्रिया नै अघि नबढाई हतारमा निर्विरोध घोषणा गरिएको भन्दै नेताहरूले प्रश्न उठाएका छन् ।

निर्वाचन प्रक्रिया सुरु नहुँदै पद बाँडफाँट र निर्विरोध घोषणा गरिएको भन्दै कांग्रेस नेता किरण शर्माले कडा विरोध जनाएका छन् । उनले लोकतान्त्रिक अभ्यास र स्थापित निर्वाचन विधिविपरीत निर्णय गरिएको भन्दै आपत्ति प्रकट गरे ।

नेता शर्माका अनुसार मतदाता नामावली समेत प्रकाशन नभएको र निर्वाचन प्रक्रिया विधिवत् सुरु नभएको अवस्थामा निर्विरोध घोषणा गरिनु अस्वाभाविक र आपत्तिजनक छ । उनले कम्तीमा मनोनयनपत्र वितरण गरी आकांक्षीहरूको औपचारिक सूची तयार पारेर आवश्यक छलफल र प्रक्रिया पूरा गरेपछि मात्र टुङ्गो लगाइनुपर्ने तर्क अघि सारेका छन् ।

अधिवेशनका संयोजक समेत रहेका श्रेष्ठले केही साथीहरुले फरक मत राखे पनि सर्वसम्मत रुपमै कार्यसमिति चयन गरिने बताए । यसका लागि एघार वटै जिल्लाका सभापति र ४ जना केन्द्रीय सदस्य रहेको बोर्ड बनाइएको छ । यही बोर्डले आकांक्षीहरुसँग छलफल गरी नामावलीको टुंगो लगाउने छ ।

आयोजक समितिका अनुसार गण्डकी प्रदेश अधिवेशनमा एक हजार ६ सयभन्दा बढी प्रतिनिधिको सहभागिता छ । अधिवेशनका लागि विभिन्न तह र क्षेत्रबाट प्रतिनिधि छनोट तथा समावेश गरिएको छ ।

विवरणअनुसार प्रदेशका ३६ वटा प्रदेश निर्वाचन क्षेत्रबाट २१ जनाका दरले ७५६ जना प्रदेश प्रतिनिधि सहभागी छन् । त्यसैगरी, १८ वटा संघीय निर्वाचन क्षेत्रबाट ३५ जनाका दरले ६३० जना केन्द्रीय महाधिवेशन प्रतिनिधि अधिवेशनमा रहेको आयोजक समितिले जनाएको छ ।

अधिवेशनमा प्रदेश र संघीय निर्वाचन क्षेत्रका सभापति, ३६ प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति र १८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सभापति अधिवेशनमा सहभागी छन् ।

यसका अतिरिक्त गण्डकी प्रदेशका ८५ वटै पालिकाका पार्टी सभापति र सभापतिबाट मनोनीत ४० जना प्रदेश प्रतिनिधि पनि अधिवेशनमा समेटिएका छन् । विभिन्न भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि तथा प्रदेशसभा सांसदहरूको समेत सहभागिता रहेको आयोजक समितिले जानकारी दिएको छ ।

Previous Post

एपेक्स कास्कीको स्पोटर्स मिट

Next Post

तेस्रो प्रयासमा सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, फाइनलमा जर्ज मन्सेको शतक

Next Post
तेस्रो प्रयासमा सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, फाइनलमा जर्ज मन्सेको शतक

तेस्रो प्रयासमा सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल च्याम्पियन, फाइनलमा जर्ज मन्सेको शतक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन