Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आइजिपी नियुक्तिमा अन्तरिम आदेश अस्वीकार

नीतिप्रेस by नीतिप्रेस
November 26, 2026
in Samachar, समाचार
0
आइजिपी नियुक्तिमा अन्तरिम आदेश अस्वीकार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा । प्रहरी महानिरीक्षक (आइजिपी) पदमा डा मनोजकुमार केसीको बढुवा र नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै निवेदक दानबहादुर कार्कीको मागअनुसार अन्तरिम आदेश नदिने निर्णय गरेको हो ।

निवर्तमान आइजिपी कार्कीले आफूलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने सरकारको निर्णयविरुद्ध रिट दिएका थिए । उनले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, प्रहरी प्रधान कार्यालय र डा मनोजकुमार केसीसहितलाई विपक्षी बनाएका थिए ।

अन्तरिम आदेश नदिनुको मुख्य आधार पदभार सम्हालिसकेको अवस्था, विषयको संवेदनशीलता र सुविधा सन्तुलनलाई अदालतले मानेको छ । इजलासले यसमा चार वटा आधार देखाएको छ ।

पहिलो आधारमा डा केसीले कार्यभार सम्हालिसकेको अवस्थालाई राखिएको छ । गत कात्तिक १८ को सरकारी निर्णयअनुसार उनी आइजिपीमा बढुवा भई सोही दिन नियुक्ति लिएर कार्यभारसमेत सम्हालिसकेको मिसिलबाट देखिएको आदेशमा उल्लेख छ ।
दोस्रो आधारमा सार्वजनिक महत्त्व र शान्ति सुरक्षाको संवेदनशीलतालाई लिइएको छ । यो विषय देशको शान्ति सुरक्षा जोगाउने प्रहरी संगठनको नेतृत्वसँग जोडिएको सार्वजनिक महत्वको संवेदनशील विषय भएको इजलासले ठहर गरेको छ ।

कानुनी प्रश्न अन्तिम सुनुवाइमै टुंगिने विषयलाई अर्को आधार बनाइएको छ । मागिएको न्यायिक उपचार र उठेका कानुनी प्रश्न अहिले अन्तरिम आदेशबाट नभई अन्तिम सुनुवाइ हुँदाका बखत निरूपण र सम्बोधन हुने प्रकृतिको देखिएको अदालतले प्रस्ट पारेको छ ।

सुविधा सन्तुलनलाई पनि अर्को आधार मानिएको छ । यी अवस्था र तथ्य केलाउँदा सुविधा सन्तुलनका हिसाबले समेत अहिले अन्तरिम आदेश दिनुपर्ने अवस्था नदेखिएको निष्कर्ष इजलासले निकालेको छ ।

अन्तरिम आदेश नदिए पनि अदालतले मुद्दालाई उच्च प्राथमिकतामा राखेर छिटो सुनुवाइ गर्ने बाटो खोलेको छ । राज्यको शान्ति सुरक्षा तथा प्रहरी संगठनको नेतृत्व र नियन्त्रण प्रणाली (चेन अफ कमान्ड) सँग जोडिएको विषयको महत्त्व, गम्भीरता र संवेदनशीलता हेर्दा छिटो सुनुवाइ र निर्णय हुन वाञ्छनीय देखिएको आदेशमा भनिएको छ ।

विपक्षीबाट लिखित जवाफ आएपछि वा लिखित जवाफ दिने म्याद सकिएपछि ७ दिनभित्र पेसी चढाउन इजलासले आदेश दिएको छ । पेसी हटाउन नपाउने पूर्वसूचना दुवै पक्षलाई दिएर नियमानुसार पेस गर्न भनिएको छ ।

अन्तरिम आदेश छलफलमा निवेदक कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू राधेश्याम अधिकारी, बद्रीबहादुर कार्की, सतिषकृष्ण खरेल, पूर्णमान शाक्य, डा दिनमणि पोखरेल, अमर थापा, ललितबहादुर बस्नेत र केदारप्रसाद कोइरालाले बहस गरे । अधिवक्ताहरू माधवकुमार बस्नेत, टिकाबहादुर कुँवर, सुजाता केसी र आभास रेग्मीले पनि निवेदकका तर्फबाट बहस गरे ।

प्रत्यर्थी नेपाल सरकारका तर्फबाट महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले बहस गरे । नायव महान्यायाधिवक्ताहरू लोकराज पराजुली, खेमराज ज्ञवाली र ध्रुवकुमार चौहान तथा सहन्यायाधिवक्ताहरू दिनेशप्रसाद घिमिरे र सोमकान्ता भण्डारीले पनि सरकारका तर्फबाट बहस गरे ।
डा केसीका तर्फबाट वरिष्ठ अधिवक्ता तुलसी भट्ट तथा अधिवक्ताहरू डा सुभाष आचार्य, अपूर्व खतिवडा र सञ्जीवराज रेग्मीले बहस गरे । प्रहरी प्रधान कार्यालयका तर्फबाट अधिवक्ता करुणाकर मल्लिकले बहस गरे ।

Previous Post

स्वावलम्बन जीवन पद्धति केन्द्रमा अन्जना

Next Post

एक्स्ट्रिम इनर्जी ड्रिंकको ५ नयाँ स्वाद

Next Post
एक्स्ट्रिम इनर्जी ड्रिंकको ५ नयाँ स्वाद

एक्स्ट्रिम इनर्जी ड्रिंकको ५ नयाँ स्वाद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन