Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

सहकारी ठगिमा मुछिएका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई कारबाही गर्न सांसद यादवको माग


नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगि र सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई कारबाही गर्न माग गर्नुभएको छ । 


बिहीवारको प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको भन्दै कारबाहीको माग गर्नुभएको हो । उहाँले पुनलाई कारबाही नगरे गणतन्त्रप्रति नै जनतामा निराशा आउने र सरकारको बिरुद्धमा जनताहरु सडकमा उत्रिने बताउनु भयो । उहाँले देश भ्रष्टाचारी र तस्करीको नबनाउन आग्रह गर्नुभयो । 


उहाँले भन्नुभयो – ‘हामी देशमा सुशासन, समृद्धि चाहन्छौँ । हामी आम जनता र जनप्रतिनिधिमा छाएको निराशालाई आशामा परिणत गर्न चाहन्छौँ । यो देश तस्करीहरुको देश नबनोस् । यो देश भ्रष्टाचारीहरुको देश नबनोस् । यो देश गणतन्त्र र संविधानको विपक्षमा काम गर्नेहरुको देशको रुपमा परिचित नहोस् । सहकारी ठगि र सुन प्रकरणमा पनि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको छ । यदि यस्तो भयो भने यो देशमा आम जनताले बलिदानीबाट संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको छ । त्यसप्रति निराश हुनेछन् । र वर्तमान सरकारको विरुद्धमा जनता सडकमा आउनेछ । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’


उहाँले गर्मी मौसममा आगलागीका घटनाहरु हुने भन्दै त्यसप्रति समयमै सचेत भएर पूर्वतयारीमा लाग्न सरोकारवाला निकायको ध्यानाकर्षण गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist