• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सरकारले अर्थतन्त्रको वस्तुगत धरातलमा आधारित भएर बजेट ल्याउनुपर्छः उपसभापति डा.वाग्ले

नीतिप्रेस by नीतिप्रेस
March 14, 2024
in अन्य, राजनीति, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्ले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा वस्तुगत धरातलमा आधारित भएर ल्याउन अर्थमन्त्रीलाई सुझाव दिनुभएको छ । 


बिहीवार प्रतिनिधि सभा बैंठकको बजेटका प्राथामिकता र सिद्धान्तमाथि छलफलमा भाग लिँदै उपसभापति वाग्लले यस्तो सुझाव दिनुभएको हो । उहाँले पछिल्लो समय मुलुकको सार्वजनिक वित्तमा संकट देखिएको भन्दै त्यो विषयमा सरकार गम्भिर हुन आवश्यक रहेको बताउनु भयो । डा. वाग्लले चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय अवस्था दयनिय रहेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको ८ महिना ८ खर्ब खर्च रहेको भन्दै चालु खर्च ५ खर्ब ८२ अर्ब, पुँजीगत खर्च ८१ अर्ब  र वित्तीय व्यवस्थापन १ खर्ब ३८ अर्ब रहेको बताउनु भयो । उहाँले राजश्व संकलन ६ खर्ब ३९ अर्ब रुपैयाँ रहेको भन्दै लक्ष्य पूरा गर्न नसक्ने अवस्थामा रहेको बताउनु भयो । उहाँले निःवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महत ८ महिनामा बजेट कार्यान्वयन गर्न नसक्ने असफल अर्थमन्त्रीका रुपमा प्रश्तुत भएको दाबी गर्नुभयो । उहाँले गत वर्ष आफूले अर्थमन्त्रीलाई भनेका कुराहरु सत्य सावित भएको बताउनु भयो । उहाँले सरकारको सार्वजनिक वित्तको अवस्था खराब भएकाले सुधारको लागि गम्भिर हुन आवश्यक रहेको बताउनु भयो । उहाँले आगमी बजेटमा सरकारले विकासलाई स्पष्ट प्राथमिकता निर्धारण गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले बजेटको सिद्धान्त र प्राथमिकता प्राथमिकता छरिएको र विकासको स्पष्ट सोच नभएको टिप्पणी गर्नुभयो ।


उहाँले भन्नुभयो,‘चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय अवस्था दयनिय छ । १७ खर्ब ५१ अर्बको बजेटलाई अर्धवार्षिक समिक्षामा २ खर्ब घटाएर १५ खर्ब ३० करोडमा ल्याउनु भयो । खर्च हेर्दा ८ खर्ब खर्च गरेका छौं । चालु खर्च ५ खर्ब ८२ अर्ब र पुँजीगत खर्च ८१ अर्ब छ । वित्तीय व्यवस्थापन १ खर्ब ३८ अर्ब जति छ । राजश्व संकलन ६ खर्ब ३९ अर्ब रुपैयाँ छ । हिजोसम्मको ग्याप नै १ खर्ब ६० अर्बको छ । अर्थतन्त्र भयावह छ । कुनै हालतमा सफल हुँदैन भन्दा सकिन्छ गर्छु भन्नु भएको थियो । असफल बजेटको सर्जक निर्वमान अर्थमन्त्री हुनुहुन्न । उहाँलाई उत्तरदायी बनाउन सकिएन । गत वर्ष भनेका कुराहरु सत्य सावित भएका छन् । सरकारको सार्वजनिक वित्तको अवस्था अत्यन्तै खराब छ । आगामी वर्षको बजेट निर्माण गर्दा पनि यथार्थ धरातललाई हेरेर निर्मम हुन उत्प्रेरित गर्छ । अहिले रहेको सार्वजनिक वित्तको संकटलाई हेरेर सरकार गम्भिर हुनुपर्छ । विकासको भिजन र गन्तव्य तय हुनुपर्छ । अर्थतन्त्रका संरचनामा आएका हलचलहरुलाई स्वीकार गरौं ।’

उहाँले दिगो विकासका लक्ष्यसहित मुलुक निर्माणको स्पष्ट गन्तव्य तर्जुमा हुनुपर्ने बताउनु भयो । उहाँले औद्योगिकीकरण र हरित अर्थतन्त्रमा ध्यान दिँदै अर्थतन्त्रमा सुधारका लागि आँट र अठोट सरकारसँग हुनुपर्ने बताउनु भयो । उहाँले बजेटको सिद्धान्त र प्राथमिकतालाई पुनःलेखन नगर्दा पनि हुने भन्दै नीति तथा कार्यक्रम र बजेट वास्तविक धरातलका आधारमा ल्याउन सुझाव दिनुभयो । 

Previous Post

आफूबिरुद्ध लागेका मुद्दामा चलखेल नगर्न गृहमन्त्री लामिछानेलाई रामहरि खतिवडाको चेतावनी

Next Post

टिकटक र फेसबुकलाइ पछि पार्दै इन्स्ट्राग्राम बन्यो विश्वको नम्बर १ एप्

Next Post

टिकटक र फेसबुकलाइ पछि पार्दै इन्स्ट्राग्राम बन्यो विश्वको नम्बर १ एप्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन