Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

पाकिस्तानको ग्वादरमा आक्रमणः ८ आतंककारी मारिए

पाकिस्तानी कानून प्रवर्तन एजेन्सीहरूले बुधवार देशको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको ग्वादर जिल्लामा रहेको सरकारी भवनमा भएको आतंकवादी हमलालाई सफलतापूर्वक विफल पारेका छन् ।

जसमा आठ सशस्त्र आतंककारी मारिएको अधिकारीहरुले बताएका छन् ।

ग्रेनेड र स्वचालित राइफलसहित सशस्त्र आतंककारीहरूको समूहले ग्वादर बन्दरगाह प्राधिकरणको कार्यालय भवनमा आक्रमण गर्ने प्रयास गरेको थियो । जसमा धेरै महत्वपूर्ण कार्यालयहरू साथै कानून प्रवर्तनकर्ता र कर्मचारीहरूको आवासहरू रहेको ग्वादरका वरिष्ठ प्रहरी अधीक्षक जोहाइब मोहसिनले बताउनु भयो ।

आक्रमणपछि ठूलो संख्यामा प्रहरी र सुरक्षा बल घटनास्थलमा पुगेर क्षेत्रलाई घेराबन्दी गरेको थियो । आतंककारीहरूले आक्रमण शुरु गरेपछि यस क्षेत्रमा धेरै विस्फोटहरू भएको रिपोर्ट गरिएको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार आक्रमणमा धेरै भवनहरू पनि क्षतिग्रस्त भएका छन् । प्रतिवन्धित बलुचिस्तान लिबरेशन आर्मीले आक्रमणको जिम्मेवारी लिएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist