• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

होलीका लागि प्रहरीको सुरक्षा व्यवस्था मजबुतः काठमाडौंमा ९० ठाउँमा चेकिङ, ड्रोनबाट निगरानी हुने

नीतिप्रेस by नीतिप्रेस
March 23, 2024
in अन्य, जीवनशैली, धर्म/संस्कृति, नेपाली समाचार आजको, फिचर, रोचक जानकारी, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जिल्ला प्रहरी परिसर काठमाडौंले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको छ । 


आईतवार पहाड र सोमवार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदैछ । होलीको लागि प्रहरीले देशभरका सबै ठाउँमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको हो । शनिवार न्युज एजेन्सी नेपालसँग कुरा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भूपेन्द्रबहादुर खत्रीले होली पर्व आम नेपालीहरुको लागि मेलमिलापको पर्व भएकाले मर्यादित रुपमा मनाउन आग्रह गर्नुभयो । उहाँले प्रहरीले विगतका घटनाहरुलाई मध्यनजर गरेर सुरक्षा प्रवन्ध मजबुत बनाएको बताउनु भयो । जसका लागि काठमाडौंमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं परिसरका जनशक्तिहरुलाई संयुक्त रुपमा परिचालन गरी ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङको व्यवस्था गरिएको बताउनु भयो । उहाँले सम्भावित घटनाहरु हुन नदिनका लागि भीडभाड हुने ठाउँहरुमा ड्रोनबाट पनि निगरानी गर्ने तयारी गरेको बताउनु भयो । उहाँले होली मर्यादित रुपले मनाउन सामाजिक सञ्जालबाट पनि नेपाल प्रहरीले सचेत गराएको बताउनु भयो । उहाँले होली खेल्न नचाहनेहरुका लागि जबरजस्ती रङ दल्ने, लोला हान्ने काम नगर्न सचेत गराउँदै सुरक्षित र संयमित भएर होली मनाउन अनुरोध गर्नुभयो । 


उहाँले भन्नुभयो, ‘होली पर्व आम नेपालीहरुको लागि एउटा रङको पर्व, मेलमिलापको पर्व पनि भएको हुँदा हामीले विगतदेखि नै यस्ता पर्वहरुमा हामीले विगतका घटनाहरुलाई मध्यनजर गरेर सुरक्षा प्रवन्ध मिलाएका छौँ । राजधानीको सुरक्षा व्यवस्थाको सन्दर्भमा सभ्य, सुरक्षित र व्यवस्थित बनाइ सद्भावपूर्ण र उल्लासमय ढंगले होली पर्व मनाउनको लागि सुरक्षा प्रवन्ध मिलाएका छाँै । विगतमा भएका जोखिमहरुको मूल्यांकन गरेर कुन ठाउँमा कसरी के कस्ता घटनाहरु भएका थिए, त्यसको आधारमा हामीले हाम्रो सुरक्षा रणनीतिहरु बनाएका छौँ । त्यही अनुसारको प्रहरी परिचालन गरेका छौँ । मादक पदार्थ सेवा गरी सवारी चलाउनेको संख्या अत्याधिक हुने गर्दछ, झैझगडा, चोरी, पकेटमारी र सवारी दुर्घटना हुँदा ज्यानै जानसक्ने भएकाले त्यसलाई मध्यनजर गरेर संयुक्त रुपमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं परिसरका जनशक्तिहरुलाई संयुक्त रुपमा विभिन्न ठाउँहरुमा चोकहरुमा, ९० भन्दा बढी स्थानमा संयुक्त चेकिङ हुन्छ । जसले सम्भवित घटनाहरुलाई न्युनिकरण गर्दछ । अहिले भइरहेका कन्ट्रोल रुम भेकल छन्, त्यसमा कुनै ठाउँमा केही घटना भयो भने तत्काल परिचनालन गर्दछौँ र हाम्रा मोबाइल भ्यानहरु अरु रिजर्भहरु सँगै भइरहेका क्विक रेस्पोन्स टिमलाई साधन श्रोतयुक्त बनाएका छौँ । भीडभाड हुनेकुलाई मध्यनजर गरी ड्रोनबाट पनि निगरानी गर्नेछाँै । होली पर्वमा हुनसक्ने विभिन्न अवाञ्छित र अपराधिक घटनाहरुलाई मध्यनजर गरी सुरक्षित बनाउन हामीले सामाजिक सञ्जालमा पनि अपिल गरेका छौँ । होली खेल्न नचाहनु हुने व्यक्तिलाई जबरजस्ती रङ दल्दिने लगायतका गतिविधि गरे कारबाही हुन्छ । सुरक्षित र संयमित भएर होली मनाउन अनुरोध गर्दछु । कुनै त्यस्ता नराम्रा गतिविधि गरे प्रहरीको टोल प्रिm नम्बर १०० र जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुखले प्रयोग गर्ने नम्बर ९८५१२०५५५५ मा सम्पर्क गरिदिन आग्रह गर्दछु ।’

प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले नराम्रा गतिविधि गरेको देखे वा थाहा पाए नेपाल प्रहरीको टोल फ्रि नम्बर १०० र जिल्ला प्रहरी परिसर काठमाडौं प्रमुखको नम्बर ९८५१२०५५५५ मा सम्पर्क गरिदिन आग्रह गर्नुभयो ।

Previous Post

मस्कोमा गोली चल्दा कम्तीमा ६० जनाको मृत्य, सय बढी घाइते

Next Post

आज फागु पूर्णिमा, होली खेलेर मनाइदै

Next Post

आज फागु पूर्णिमा, होली खेलेर मनाइदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन