Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

१५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजनहरु जनकपुर धाम फर्किए

१५ दिने मिथिला माध्यमिकी परिक्रमा गरी भक्तजनहरु आज जनपुरधाम फर्किएका छन् ।

१४ औं दिन भारतको विशौलमा विश्राम गरी परिक्रमा टोली आज जनकपुर फर्किएको हो । यात्रीहरु अहिले जनधपुर धाम फर्किने क्रम जारी छ । जनकपुरधाम फर्किने परिक्रमा यात्री आज जनकपुरधामको ऐतिहासिक बाह्रविघा रंगभूमि मैदान, तिरहुतियागाछी लगायत जनकपुरधामको विभिन्न स्थानमा बास बस्ने गर्दछन् ।

फागुने औंशीको दिन गत फागुन २७ गतेदेखि धनुषाको मिथिला नगरपालिका ८ कचुरीस्थित मिथिला बिहारीको मन्दिरबाट मिथिला बिहारीको डोला जनकपुरधाम आइपुगेपछि अन्यमठ मन्दिरबाट किशोरीजीको डोला समावेश भएपछि परिक्रमा विधिवत शुरु भएको थियो । फागु पूणिर्माको दिन पुनः आज जनकपुरधाम फर्किेरहेका परिक्रमा यात्री भोलि सोमवार अन्तगरगृह परिक्रमा गरेपछि परिक्रमा सम्पन्न हुन्छ ।

मिथिलाको महाकुम्भ मानिने १५ दिने मध्यमा परिक्रमा जनकपुरको हनुमान नगर, बिहारको कलना स्थित कल्यानेश्वर, भारतकै फुलहर स्थित गिरिजा स्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर, औरही, भारत बिहारको करुणा, विसौल र जनकपुरधामसहित १ सय ३३ किलो मिटर भू–भागको पद यात्रा गरिन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist