• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

लगानी सम्मेलनका लागि भवानी राणाका पाँच सुझाव

नीतिप्रेस by नीतिप्रेस
March 26, 2024
in अन्य, राजनीति, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले विदेशी लगानी ल्याउनको लागि सरकारले एकद्वार प्रणालीलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

पूर्वअध्यक्ष राणाले सरकारले आगामी वैशाख १६ र १७ गते गर्न लागेको लगानी सम्मेलनमा विदेशी लगानीलाई सहज बनाउनको लागि स्थापना गरिएको एकद्वार प्रणालीलाई बलियो र गतिशिल बनाउन आवश्यक रहेको बताउनुभएको हो । उहाँले सरकारले विदेशी लगानीलाई सहज बनाउनको लागि स्थापना गरिएको एकद्वार प्रणालीलाई बलियो बनाउनसके मात्रै विदेशी लगानी सहज रुपमा आउनसक्ने दाबी गर्नुभयो । पूर्वअध्यक्ष राणाले विदेशी लगानीकर्ताहरु १० वटा निकायहरुमा धाउनुपर्ने वातावरणको अन्त्य गर्न सरकारलाई सुझाव दिनुभयो । उहाँले वनका समस्या,उद्योगका समस्या र अन्य मन्त्रालयगत समस्या झनझटबाट मुक्त हुनेगरी विदेशी लगानीलाई एकद्वार प्रणालीमार्फत भित्र्याउने विषयमा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले विदेशी लगानीका लागि एकद्वार प्रणाली धेरै महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । उहाँले विदेशी लगानीकर्ता नेपालमा आउँदा लगानी गर्ने वातावरण बनाउन पनि सुझाव दिनुभयो । पूर्वअध्यक्ष राणाले लगानीको लागि धेरै सम्भावना नेपालमा भएपनि विदेशी लगानीकर्ताहरु नेपालमा नआएर अन्य देशमा गइरहेको भन्दै विदेशी लगानीकर्तालाई आकर्षण गर्ने विषयमा सरकारले ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले विदेशी लगानीको वातावरण बनाउनको लागि मुलुकमा स्थिर सरकार र नीति आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले विदेशी लगानी आउनको लागि राजनीतिक स्थायित्व पनि आवश्यक रहेको बताउनु भयो । राणाले लगानी सम्मेलनले नेपालमा लगानी गर्ने वातावरण बनेको छ भन्ने आभास विदेशी लगानी कर्ताहरुलाई दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले लगानी सम्मेलन सफल बनाउन सरकारले लगानी सम्मेलन अघि केही नीतिगत समस्याहरु समाधान गर्न आवश्यक रहेको बताउनु भयो । विगतका लगानी सम्मेलनको समिक्षा गर्न आवश्यक रहेको पनि उहाँको भनाई छ । पूर्वअध्यक्ष राणाले नेपालका उद्योग व्यवसाय र गिरिरहेको निजी क्षेत्रको मनोबल उच्च बनाउने कुरामा प्रमुख प्राथमिकता दिन सुझाव दिनुभयो । उहाँले सरकारले स्वदेशी उद्योगहरुलाई महत्व नदिएसम्म र संरक्षण गर्न नसकेसम्म विदेशी लगानी दोस्रो कुरा हुने बताउनु भयो । उहाँले उद्योग व्यवसाय तथा लगानीको लागि आवश्यक नीतिहरु सम्मेलन अघि संशोधन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय ऊर्जा क्षेत्रले केही फड्को मारेको भन्दै केही वर्षमा जलविद्युतमा आत्मनिर्भर भइ निर्यात गर्ने अवस्थामा पुग्ने बताउनु भयो । स्वदेशी र विदेशी लगानीकर्ताको लागि अफ्ठ्यारा नीतिहरु संशोधन तथा परिमार्जन गरी समय सापेक्ष लगानी सम्मेलन अघि बनाउनुपर्नेमा जोड दिनुभयो ।पूर्वअध्यक्ष राणाका पाँच सुझाव यस्ता छन्ः१. सरकारले लगानी सम्मेलन गर्नुपर्छ । लगानी सम्मेलनले नेपालमा लगानी गर्ने वातावरण बनेको छ भन्ने आभास अन्य देशहरुलाई दिनुपर्छ । विगतमा पनि भइरहेका हो । तर सरकारले लगानी सम्मेलन अघि केही नीतिगत समस्याहरु समाधान गर्नुपर्छ । विगतका लगानी सम्मेलन पनि हेरिरहेका छौं । विगतमा कति लगानी आए,के त्रुटीहरु रहेछन् । त्यसको समिक्षा गर्न आवश्यक छ ।२.नेपालका उद्योग व्यवसाय गरिरहेको निजी क्षेत्रको मनोबल गिरेको अवस्था छ । त्यसलाई कसरी उकास्न सकिन्छ भन्ने कुरा सरकारले सोच्नुपर्छ । किन भने सरकारले जबसम्म स्वदेशी उद्योगहरुलाई सपोट गरेर संरक्षण गर्न सक्दैनौं तबसम्म विदेशी लगानी सेकेण्डरी कुरा हो । मुलुकभित्र भएका उद्योग व्यवसायलाई संरक्षण गरी रोजगारी सिर्जना गरी गर्ने भन्ने कुरामा ध्यान दिनुपर्छ ।३.उद्योग व्यवसाय तथा लगानीको लागि आवश्यक नीतिहरु संशोधन गर्नुपर्छ । पछिल्लो समय ऊर्जा क्षेत्रले केही फड्को मारेको छ । दुई चार वर्षमा धेरै विद्युत उत्पादन गरिसकेको छौँ । केही वर्षमा जलविद्युतमा नेपाल उत्पादन गरी आत्मनिर्भर भएर निर्यात गर्ने अवस्थामा पुग्छ । तर अहिले लगानी गरेका भारत लगायत अन्य देशका ठूला लगानीकर्ताहरु छन् । उनीहरुको भनाई नेपालको नीतिगत समस्याले गाह्रो भएका कुराहरु छन् । त्यसकारण जलविद्युत क्षेत्रमा अफ्ठ्यारा नीतिहरु छन् । जुन स्वदेशी र विदेशी लगानीकर्ताको लागि अफ्ठ्यारा नीतिहरु संशोधन तथा परिमार्जन गरी समय सापेक्ष लगानी सम्मेलन अघि बनाउनुपर्छ । लगानीकर्ताले तयारी भएका आयोजनाहरु खोज्छन् । सरकारले भएका राम्रा नीतिहरुलाई कार्यान्वयनमा जोड दिनुपर्छ ।४.विदेशी लगानीलाई एकद्वार प्रणालीमार्फत ल्याउने भनेका छौं । यो प्रणालीमा ल्याउनको लागि प्रणालीलाई बलियो बनाउनुपर्छ । विदेशी लगानीकर्ताहरु १० निकायहरुमा धाउनुपर्ने वातावरण बनाउनु भएन । वनका समस्या,उद्योगका समस्या र अन्य मन्त्रालयगत समस्या रहेकाले विदेशी लगानीलाई एकद्वार प्रणाली मार्फत आवश्यक प्रावधानअनुसार काम गर्ने विषयमा सरकारले ध्यान दिनुपर्छ । विदेशी लगानीका लागि एकद्वार प्रणाली धेरै महत्वपूर्ण छ । मन्त्रालयगत समन्वय गर्न जरुरी छ ।५.विदेशी लगानीकर्ता नेपालमा आउँदा लगानी गर्ने वातावरण बनाउन आवश्यक छ । लगानीको लागि धेरै सम्भावना नेपालमा भएपनि विदेशी लगानीकर्ताहरु नेपालमा नआएर अन्य देशमा गइरहेका छन् । छिमेकी देश भारतले कति धेरै विदेशी लगानी ल्याइरहेको छ । विदेशी लगानीकर्तालाई के गर्दा स्थिर बनाउन सक्छौं भन्ने कुरामा सरकारले ध्यान दिनुपर्छ । त्यसको लागि स्थिर सरकारको आवश्यकता छ । जुन सरकार स्थिर भएर नीति पनि स्थिर होस् । जुन सुकै सरकार आउँदा पनि यस्तो खालको नीतिमा काम गर्नसक्यो भने अन्तर्राष्ट्रिय देशहरुबाट लगानी आउन सक्छ । किनभने विदेशी लगानीकर्ताले मुलुकको राजनीतिक अवस्थाका बारेमा सोध्ने गर्छन् । विदेशी लगानी आउनको लागि राजनीतिक स्थायीत्व पनि आवश्यक छ । यस्तो भएका स्वदेशी लगानीकर्तामा उत्साह र विदेशी लगानी आउन सक्छ ।

Previous Post

मोरङमा नेपाली नागरिकता परित्याग गर्नेको संख्या बढ्यो

Next Post

जब चिहान खनेर मानव हड्डीबाट ड्रग्स बनाउन थालियाे, देशैभरी लगाइयाे आपतकाल

Next Post

जब चिहान खनेर मानव हड्डीबाट ड्रग्स बनाउन थालियाे, देशैभरी लगाइयाे आपतकाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन