• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नेपालमा लगानी बढाउन उद्योगी, व्यवसायीहरुसँग उपसभामुखको आह्वान

नीतिप्रेस by नीतिप्रेस
April 4, 2024
in अर्थ/वाणिज्य, जीवनशैली, नेपाली समाचार आजको, फिचर, राजनीति, लेख / आलेख, विचार, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]

उपसभामुख इन्दिरा रानाले नेपालमा लगानी बढाउन उद्योगी, व्यवसायीहरुसँग आह्वान गर्नुभएको छ । 


बुधवार साँझ काठमाडौंमा रेष्टुरेण्ट एण्ड बार एशोसिएशनको ३४ औं वार्षिक साधारण सभा तथा ११ औं महाधिवेशनको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । उहाँले निजी क्षेत्रले नेपालमा कमाएर विदेशमा लगानी गर्ने भन्दा मेरो देश आफैँ बनाउँछु भन्ने नारासहित नेपालमै लगानी गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपाली खानेकुराहरुलाई ब्राण्डिङ गरी विश्वमा पु¥याउनसके नेपाली युवाहरुलाई धेरै भन्दा धेरै रोजगारी दिन सकिने बताउनु भयो । उहाँले होटल तथा रेष्टुरेण्टहरुमा बढी भन्दा बढी अग्र्यानिक खानेकुराको प्रयोग गर्न आग्रह गर्नुभयो । उपसभामुख रानाले निजी क्षेत्रको काम गराइले सरकार पनि बाध्य भएर देश विकासका लागि काम गर्ने हुटहुटी हुनेगरी निजी क्षेत्र देश विकासमा लाग्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘युवाहरुलाई हामीले नेपाली फुडहरु यहीँ आफैँले गरेर रेष्टुरेण्टक्रै छेउमा फलाएर, देखाएर हामीले अग्र्यानिक प्रयोग गरेका छौँ भन्नेतिर लाग्यौँ भने हामी अग्र्यानिकको लागि रिसोसेर्सका लागि हामी धनी छौँ । प्राकृतिक श्रोतको लागि पनि हामी धनी छौँ । वागमतीको गनाइरहेको खोलाहरुलाई बरु हामीले बोरिङ गरेर भएपनि हामीले सुन्दरी जलको पानी कसरी हुन्छ सरकारलाई हुटहुटी लगाएर सरकारसँग सहकार्य गरेर हामी पनि सँगै लाग्छौँ यो देश बनाउन भनेर लाग्नुपर्छ । यहाँ कमाएको पैसा अरु देशमा लगानी गर्ने भन्दा । हामीले हामीसँग भएको श्रोत, साधनको प्रयोग गरी नेपाली उत्पादनहरुलाई ब्राण्डिङ गर्नुपर्छ । यहीँ हामीले धेरै कुरा ब्राण्डिङ गरेर हामीले युवाहरुलाई रोक्न सक्छौँ । अरु देशको कन्फ्रेन्सहरु यहाँ गर्नसक्छाँै । क्लाइमेट चेन्जले गर्दा अलिकति इको टुरिजमलाई प्रमोट गर्नुपर्छ ।’

कार्यक्रममा रेष्टुरेण्ट तथा बार एशोसिएशन नेपाल (रेबान) का नवनिर्वाचित अध्यक्ष संघर्ष बिष्टले रेबानको विधान संशोधन गरी रेबानलाई देशभर फैल्याउने योजना रहेको बताउनु भयो । उहाँले रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अहिले ६÷७ वटा जिल्लामा मात्रै सिमित रहेको भन्दै देशभर फैल्याउनका लागि नेपाल उद्योग वाणिज्य महासंघ लगायतका संघ संस्थाहरुसँग् सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले रेबान बलियो भए अन्य निजी संघसंस्थाहरु बलियो हुने बताउनु भयो । 
विधान संशोधन गरेर अघि बढाउने र रेबानलाई देशभर फैल्याउने हाम्रो योजना छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अहिले ६÷७ वटा जिल्लामा मात्रै छाँै । अब हामी चाहन्छाँै, विधान संशोधन गरेर नेपाल अधिराज्यभर फैल्याउन चाहन्छाँै । हामी बलियो भयो भने एफएनसिसिआईहरु बलियो हुने हो । हामी एक अर्कासँग मिलेर अघि बढ्नुपर्छ ।

उहाँले नेपाल सम्भावना नै सम्भावना बोकेको देश भएकाले सबैले आफ्नो क्षेत्रबाट सकेको काम गर्नुपर्ने बताउनु भयो । रेबानको नयाँ कार्यसमितिमा अध्यक्षमा संघर्ष बिष्ट, प्रथम उपाध्यक्षमा नरेशध्वज श्रेष्ठ, क्षेत्रगत उपाध्यक्षमा लक्ष्मण बराल पोखरा, क्षेत्रगत उपाध्यक्षमा नरेश गिरी, सौराह,महासचिवमा शरदकुमार दाहाल, कोषाध्यक्षमा विप्लव भट्ट, सचिवमा सचिन कर्माचार्य, सहकोषाध्यक्षमा उद्धव ढकाल निर्वाचित हुनुभएको छ । कार्यसमिति सदस्यमा अनुपलाल कक्षपती, नृपेश श्रेष्ठ, गुणराज श्रेष्ठ, तैजससुन्दरलाल कक्षपती, रितेश श्रेष्ठ, डोलबहादुर थापा सारु, निःवर्तमान अध्यक्ष अरनिको राजभण्डारी, पदेन सदस्यमा नरेश भट्टराई, ध्रुव गिरी, जितेन्द्रलाल भूमी, अच्युत भट्ट, मनोनित सदस्यमा एकराज अधिकारी र देवेन्द्र गिरी हुनुहुन्छ ।

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

गण्डकीमा अहिले राप्रपा नभइ कुनैपनि मुख्यमन्त्रीले विश्वासको मत लिन सक्दैनः मुख्यमन्त्री पाण्डे

Next Post

बम आक्रमणको चेतावनी पछि नर्वेको संसद भवन बन्द

Next Post

बम आक्रमणको चेतावनी पछि नर्वेको संसद भवन बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन