• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सार्वजनिक खरिद ऐन,२०६३ को दोस्रो संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन निर्माण व्यवसायीको माग

नीतिप्रेस by नीतिप्रेस
April 4, 2024
in अन्य, राजनीति, विचार, विविध, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate vanner =”6″]


नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन माग गरेको छ । 


बिहीवार पत्रकार सम्मेलनमार्फत ३० बँुदे मकवानपुर घोषणापत्र सार्वजनिक गर्दै महासंघले सरकारसँग सार्वजनिक खरिद ऐन,२०६३ को दोस्रो संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन माग गरेको हो । महासंघले उक्त ऐनमा लागत अनुमानको १५ प्रतिशतभन्दा बढी घट्ने बोलपत्रदाताले थप कार्य सम्पादन जमानत राख्नुपर्ने हालको व्यवस्था खारेज गर्न पनि माग गरेको छ । महासंघले निर्माण कार्यको ठेक्का तोडपछि सम्पूर्ण कार्य सम्पादन जमानत जफत गरी कालोसूचीमा राखेपछि पनि रकम असुली गर्ने प्रावधान खारेज गर्न माग गरेको छ । पत्रकार सम्मेलनमा बोल्दै महासंघका महासचिव रोशन दाहालले निर्माण कार्यमा  १५ प्रतिशत भन्दा बढी घटी जान नपाउने व्यवस्था गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले निर्माण व्यवस्था ऐन २०५५ को पहिलो संशोधनको मस्यौदामा भएको समयानुकुल हुनेगरी इजाजत–पत्र नविकरण गर्र्ने अवधि,निर्माण कम्पनीहरु मर्जर हुने व्यवस्था गरिदिनुपर्ने बताउनु भयो । उहाँले बोलपत्रको सिलिङ रकम वर्गको आधारमा भाग लिन पाउने व्यवस्था गरी वर्ग कामय गर्न पनि सरकारसँग माग गर्ने बताउनु भयो । महासचिव दाहालले सार्वजनिक खरिद १३ औं नियमावली संशोधनमा केही समस्या समाधान गरेतापनि मूल्य समायोजन,भुक्तानी समस्या,सुबिस्ताको आधारमा ठेक्का अन्त्य,बीमा प्रिमियम दरमा भएको वृद्धि,कर समस्या लगायतका भएको समहमति तत्काल कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेको उल्लेख गर्नुभयो । 

महासंघका अध्यक्ष रवि सिंहले म्याद भएका आयोजनाको २० अर्ब गरी ६० अर्ब रुपैयाँ निर्माण व्यवसायीहरुलाई राज्यले भुक्तानी दिनसक्दा मात्रै अर्थतन्त्र चलायमान हुनसक्ने बताउनु भयो । उहाँले लगानी सम्मेलन भन्दा पहिला नै निर्माण व्यवसायीहरुको भुक्तानी समस्या समाधान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले चैत मसान्तभित्रै निर्माण व्यवसायीहरुको बाँकी रकम भुक्तानी हुने विश्वास रहेको बताउनु भयो । उहाँले चैतमा भुक्तानी दिन नसकेको रकम वैशाख पहिलो हप्ताभित्रै प्राप्त गर्ने आशा रहेको बताउनु भयो । उहाँले निर्माण क्षेत्र लामो समयदेखि समस्यामा रहेकाले निर्माण कार्यहरु ठप्प जस्तै रहेको बताउनु भयो । अध्यक्ष सिंहले सरकारले समयमा भुक्तानी नगर्दा लगायत अन्य सार्वजनिक खरिद नियमावली १२ औं संशोधनले निम्त्याएका समस्याले आयोजनाले बील बनाएपछि ३० दिनमा दिन प्रचलन अनुरुप निर्माण व्यवसायीहरुले काटेको चेक बाउन्स हुँदा कालोसूचिमा परेको बताउनु भयो । अध्यक्ष सिंहले सरकारले निर्माण व्यवसायीहरुको रकम भुक्तानी गरिदिए चालु आर्थिक वर्षमा विकास निर्माणको ७० प्रतिशत काम गर्नसक्ने बताउनु भयो । 

महासंघले मकवानपुर ३० बुँदे घोषणापत्रमा सार्वजनिक खरिद ऐन,निर्माण व्यवसायी ऐन,मुलुकी अपराध संहिता,सार्वजकिन खरिद नियमावली मूल्य अभिवृद्धिकर रकम फिर्ता,करको रकम किस्ता बन्दीमा भुक्तानी गर्नुपर्ने, मिसम्यास,कर समायोजन चेक अनादर,सवारी साधानको नविकरण शुल्क,भन्सार सहुलियत,मूल्य समायोजन,भुक्तानी शान्ति सुरक्षा लगायतका विषयमा सरकारको ध्यानाकषर्ण गराएको छ । 

[adrotate banner=”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

बम आक्रमणको चेतावनी पछि नर्वेको संसद भवन बन्द

Next Post

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल आज हुदै

Next Post

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल आज हुदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन