Latest
समुन्नत नेपाल सबैको सपना होः सभापति देउवा
Next
Prev

विविधतामा एकता नै नेपालको सुन्दरताः सभामुख मण्डल


मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले विविधतामा एकता नै नेपालको सुन्दरता भएको बताउनुभएको छ । 


मुस्लिम समुदायको जारी रमजान पर्वको अवसरमा आयोगद्वारा जनकपुरधाममा आयोजित इफ्तार कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख मण्डलले विविधतामा एकता नै नेपालको सुन्दरता भएको बताउनु भयो । उहाँले मुस्लिम समुदायको पवित्र महिनाको रुपमा रहेको रमजानले आपसी भाइचारा तथा सामाजिक सद्भाव वृद्धि गर्ने बताउनु भयो । सभामुख मण्डलले विविधतामा एकता नै देशको विशेषता रहेकाले हिन्दु—मुस्लिमबीच सद्भाव कायम राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मुस्लिम आयोगका समिम मियाँ अन्सारीले मन्दिर र मस्जिद आस्थाको केन्द्र भएकाले सबैले आफ्नो धर्मअनुसार काम गर्न पाउनुपर्ने बताउनु भयो । अध्यक्ष अन्सारीले नेपालमा वर्षौंदेखि हिन्दु मुसलमान एकसाथ बस्दै आएको विशेषता रहेको र यही देशको पहिचान विविधतामा एकता रहेको बताउनु भयो । विचौलियाहरुले धार्मिक सहिष्णुता बिगार्न खोजेको आरोप लगाउनु भयो । 

मुस्लिम समुदायको पवित्र महिनाको रुपमा रहेको रमजान पर्वले सामाजिक सद्भाव, आपसी भाइचारा बढाएर शान्ति तथा मुलुकवासीमा समृद्धि हासिल हुने सहभागीहरुले अपेक्षा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist