• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

राष्ट्रिय सभा उपाध्यक्षका लागि काँग्रेस र एमालेबाट उम्मेदवारी दर्ताः सभाको गरिमा बढाउने उम्मेदवारहरुको प्रतिवद्धता

नीतिप्रेस by नीतिप्रेस
April 9, 2024
in अन्य, राजनीति, विचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]

राष्ट्रिय सभा उपाध्यक्षका लागि नेपाली काँग्रेस र नेकपा एमालेबाट उम्मेदवारी दर्ता भएको छ । 


मंगलवार संसद भवनमा नेपाली काँग्रेसबाट राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी र नेकपा एमालेबाट विमला घिमिरेले राष्ट्रिय सभा उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । पुडासैनीको प्रश्तावकमा प्रश्तावक दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट हुनुहुन्छ भने घिमिरेको प्रश्तावकमा भगवती न्यौपाने, सकर्थक नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर सार्की अछामी हुनुहुन्छ । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसकी नेतृ विष्णुदेवी पुडासैनीले राष्ट्रिय सभालाई गरिमामय बनाउन आफूले काम गर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सभामा भाषण भन्दा बढी काम गर्नुपर्ने बताउनु भयो । उहाँले आफूसँग स्थानीय तहमा अध्यक्ष भएर काम गरेको पुरानो अनुभव रहेको बताउँदै महिलाहरुको क्षेत्रमा पनि लामो समयसम्म काम गरेको अनुभवलाई मिलाएर उपाध्यक्षमा जितेपछि सोहीअनुसार काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले राष्ट्रिय सभा कर्मकाण्डी बन्ने नभइ आफूले सभाको गरिमा बनाउनेतर्फ बाम गर्ने बताउनु भयो । उहाँले सभामा जनताको मन छुने आवाज उठाउनुपर्ने बताउँदै सबैले आफूलाई निर्वाचित गर्नेमा विश्वस्त रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभालाई गरिमामय बनाउनुपर्छ भन्ने पहिलादेखिको धारणा थियो । उम्मेदवार हुन पाउनुमा मलाई खुशी पनि लागेको छ । भाषण भन्दा काम गर्नुपर्छ भन्ने पक्षको हो म । २०४९ को गाविस अध्यक्ष भएर पनि मैले काम गरिसकेको छु, मसँग अनुभव पनि छ । महिलाहरुको क्षेत्रमा पनि लामो समयसम्म काम गरेको छु । राष्ट्रिय सभाको गरिमा बढाउने काममा लाग्नेछु । कर्मकाण्डी बन्नु हुँदैन भन्ने पक्षमा छ । जनताको मन छुने आवाज उठाउनुपर्छ भन्ने पक्षमा छु । सबैले मलाई भोट दिनुहुन्छ, म नै जित्छु ।’

उपाध्यक्षमा उम्मेदवारी दर्ता गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमाले नेतृ विमला घिमिरेले राष्ट्रिय सभालाई एउटा मर्यादित सभा बनाउने गरी काम गर्ने बताउनु भयो । उहाँले राष्ट्रिय सभा अझ गरिमायुक्त बनाउन सबैसँग सहकार्य गरी अघि बढ्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘सबै सांसदज्युहरुलाई मेरो उम्मेदवारी छ, सबैले मतदान गरेर मलाई निर्वाचित गराउन आग्रह गर्दछु । राष्ट्रिय सभामा अध्यक्ष,उपाध्यक्षले नै सरकारले मिलेर काम गर्ने कुरा हो । राष्ट्रिय सभालाई एउटा मर्यादित सभा बनाउँदै आएका छौँ । अझै माथि लैजान सबैसँग सहकार्य गरेर अघि बढ्नेछाँै । राष्ट्रिय सभालाई मर्यादित सभा र त्यसबाट विधेयकबाट पास गर्न छिटो छरितो बनाउने कुरामा सहायेग हुनेछ ।’

उहाँले सभाबाट विधेयकहरु छिटो छरितो पास गर्न र सहज बनाउन आफूले सहयोगी भुमिका खेल्ने प्रतिवद्धता जनाउनु भयो ।

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner = “5”]

Previous Post

कृषिकर्जा खेत किन्नेलाई भन्दा खेती गर्नेलाई दिनपर्छः अध्यक्ष मल्ल

Next Post

कांग्रेसको प्रश्न- गल्ति छैन भने भने छानबिनको लागि किन तयार नभएको ?

Next Post

कांग्रेसको प्रश्न- गल्ति छैन भने भने छानबिनको लागि किन तयार नभएको ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन