Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

पाकिस्तानमा तीन सवारीसाधन एकआपसमा ठोक्किँदा ८ जनाको मृत्यु, ३० जना घाइते

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको जामशोरो जिल्लामा बुधवार तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका उद्धार सेवाले जनाएको छ । दुर्घटना जिल्लाको मांझन्द क्षेत्र नजिकै सिन्धु राजमार्गमा बिहान सबेरै भएको थियो जब एक तेल ट्याङ्कर, एक ट्रक र एक यात्रु बस एकआपसमा ठोक्किँदा मृत्यु भएको थियो । सुरुमा तेल ट्याङ्कर र ट्रक एकआपसमा ठोक्किएपछि केही सेकेण्डमै बसले पछाडीबाट ठक्कर दिएको थियो । जसका कारण मृत्यु भएको हो । खबर पाएलगत्तै उद्धारकर्मी घटनास्थलमा पुगेर घाइतेहरुलाई नजिकैका विभिन्न अस्पतालमा लगिएको उद्धार सेवाले जनाएको छ । मृत्यु हुनेमा तेल ट्याङ्करका क्लिनर र चालक रहेका छन् । दुर्घटनाग्रस्त बस सिन्धको लारकाना सहरबाट प्रान्तीय राजधानी कराँचीतर्फ गइरहेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist