Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

केन्याद्वारा बाढी प्रतिकार्यका लागि ३० मिलियन अमेरिकी डलर विनियोजन

केन्याले देशका विभिन्न भागहरूमा भारी वर्षाका कारण आएको विनाशकारी बाढीको तत्काल प्रतिक्रियाको लागि ३० मिलियन अमेरिकी डलर विनियोजन गरेको छ । उपराष्ट्रपति रिगाथी गचागुवाले यसबारेमा जानकारी दिनुभएको हो । आगामी तीन दिनसम्म भारी वर्षा हुने मौसम विभागको चेतावनीका बाबजुद सरकारले निरन्तर बढेको वर्षा र बाढीका कारण हुने विपद् न्युनिकरणका प्रयासलाई तिब्रता दिएको गछागुवाले बताउनु भयो । भारी वर्षा शुरु भएदेखि अहिलेसम्म ७० जनाको ज्यान गएको छ । २२ जना घाइते भएका छन् भने आठ जना बेपत्ता भएको गछागुवाले बताउनु भयो । उहाँले वर्षाबाट १ लाख ३१ हजार १ सय ७९ जना प्रभावित भएको र आपतकालीन प्रतिकार्यको समन्वय बढाउन आकस्मिक योजना बनाएको बताउनु भयो । भारी वर्षाले जनजीवन, गाईवस्तु र खाद्यान्नको क्षति हुनुका साथै देशभरका सडक र पुलहरू भत्किएका छन् भने केही क्षेत्र देशका अन्य भागसँग सम्पर्कविच्छेद भएका छन् । गचागुवाले  राष्ट्रिय प्रकोप प्रतिक्रिया केन्द्र अवस्थाको निगरानी गर्न २४ घण्टा खुला रहने बताउनु भयो ।  केन्या मौसम विभागले मध्य र पश्चिमी केन्या भित्र पहिरोको जोखिममा रहेका क्षेत्रहरूमा बसोवास गर्ने मानिसहरूलाई खतरनाक अवस्थाबाट बच्न सावधान रहन सल्लाह दिएको छ । रिफ्ट भ्याली, नैरोबी, लेक भिक्टोरिया बेसिन र कोस्टका केही भागहरूमा आईतवारसम्म ४० मिलिमिटरभन्दा बढी वर्षा हुनेगरी आगामी तीन दिनसम्म देशका धेरै भागहरूमा भारी वर्षा हुने अनुमान गरिएको छ । 
विकास साझेदारहरू, स्थानीय लगानीकर्ताहरू र उच्च सरकारी अधिकारीहरू उपस्थित भएको बैठकमा, गचागुवाले केन्यालीहरूलाई सावधानी अपनाउन र आफ्नै जीवनको जिम्मेवारी लिन आग्रह गरिएको छ । पहिरोको जोखिममा रहेका र बाँध नजिकका क्षेत्रमा बसोबास गर्नेहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेका गर्नुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist