Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

केन्यामा भारी वर्षाका कारण बाँध फुट्दा कम्तीमा ४० जनाको मृत्यु

केन्याको राजधानी नैरोबीको उत्तरी शहरमा बाँध फुट्दा ४० जनाको मृत्यु भएको पुष्टि भएको छ । अन्य धेरै बेपत्ता भएका स्थानीय प्रहरीले बताएको छ । आईतवारबाट शुरु भएको वर्षा र बाढी आज पनि जारी छ । वर्षाका कारण धेरै जनधन बगाएको बताइएको छ ।  


नैरोबीको उत्तरमा ६० किलोमिटर उत्तरमा रहेको माई महिउ क्षेत्रमा ठूलो खोजी र उद्धार कार्य जारी रहेको स्थानीय प्रहरीले बताएको छ । सोमवार भग्नावशेषबाट ४० शव निकालेको बताएको छ । खोज तथा उद्धार कार्य जारी रहेकाले धेरै मानिस बेपत्ता रहेको भन्दै स्थानीय अधिकारीहरूले हताहत बढ्न सक्ने बताएका छन् । सरकारका प्रवक्ता इसाक मवाउराले भारी वर्षाले ४७ काउन्टी प्रभावित भएको र बाढीले एक लाख ३१ हजार ४५० जना गरी २४ हजार १९६ घरधुरी बिस्थापित भएको बताए । देशका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी दिनमा ४० भन्दा बढी जिल्लामा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । उपराष्ट्रपति रिगाथी गचागुवाले सरकारले वर्षाको प्रभावको तत्काल प्रतिक्रियाका लागि चार अर्ब सिलिंग (करिब ३० मिलियन अमेरिकी डलर) विनियोजन गरेको घोषणा गर्नुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist