Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

यमनका हुथी विद्रोहीद्वारा भूमध्यसागरमा इजरायलसँग जोडिएका सबै व्यापारिक जहाजमा आक्रमण गर्ने चेतावनी

यमनको हुथी समूहले भूमध्यसागर पार गर्ने सबै इजरायली–सम्बन्धित व्यावसायिक जहाजहरूमा आफ्नो ब्यालिस्टिक मिसाइल आक्रमण गर्ने घोषणा गरेको छ । हुथी सैन्य प्रवक्ता याह्या सारियाले भूमध्यसागरमा इजरायलतर्फ जाने वा सम्पर्क राख्ने सबै जहाजहरू आफूहरुको आक्रमणको निशाना हुने बताउनु भयो । प्रवक्ताले इजरायलले दक्षिणी गाजामा रफाह विरुद्ध आक्रामक सैन्य कारबाही शुरु गरे हुथीहरूले इजरायली बन्दरगाहहरूसँग सम्झौता गर्ने सबै जहाजहरू र कम्पनीहरूलाई निशाना बनाउने बताउनु भयो । इजरायलले आफ्नो युद्ध बन्द नगरेसम्म र गाजा पट्टीमा नाकाबन्दी नहटाएसम्म हामी सैन्य वृद्धिलाई निरन्तरता दिन नहिच्किचाउने बताउनु भयो । यमनको लामो गृहयुद्ध सन् २०१४ मा शुरु भयो । जब हुथी समूहले राजधानी साना र रणनीतिक रेड सी बन्दरगाह शहर होडेडाहसहित देशको उत्तरी भागमा आफ्नो नियन्त्रण कब्जा गरेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist