Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

विकेन्द्रित बजेट बिनियोजन र एचआइभी एड्स कार्यक्रमको सामाग्री खरिद संयन्त्र कार्यक्रम सम्पन्न

 गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना र ए.एच.एफ. नेपालको सहयोगमा “ विकेन्द्रीकृत बजेट बिनियोजन र एचआइभी एड्स कार्यक्रमको सामाग्री खरिद संयन्त्र” विषयमा कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । 

उक्त गोष्ठीमा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य सचिव डा. रोशन पोखरेलले दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभयो ।

ए.एच.एफ. नेपालका कन्ट्री प्रोग्राम म्यानेजर दिव्य राज जोशीले अहिलेको एचआइभी को अवस्थाको बारेमा एचआइभीको उपचार, हेरचाह तथा सहयोग र यौनरोगको रोकथाम तथा नियन्त्रण कार्यक्रम ७७ वटा जिल्लाहरूमा अवस्थित बिभिन्न स्वास्थ्य संस्थाहरू मार्फत प्रदान गर्ने जानकारी दिनुभयो । थप्दै उनले ए.एच.एफ. नेपालको २०२३ को वार्षिक प्रतिवेदन को विमोचन पनि  गर्नुभयो ।

उक्त गोष्ठीमा विशिष्ट अतिथि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले विगतमा जस्तै आगामी कार्यक्रम पनि सर्वसाधारणहरूलाई सुसूचित गर्दै स्वास्थ्यसम्बन्धी जनचेतना जगाउन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

 साथै गण्डकी कार्यक्रम संयोजक विद्या कोइरालाले ए.एच.एफ. नेपालले गर्ने कार्यहरूको बारेमा बारेमा विश्लेषण गर्नुभयो । 

कार्यक्रम लेकसाइड होटल निवासमा प्रदेश स्वास्थ्य निर्देशकको सभापतित्व मा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist