• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

युनाइटेड क्लब पोखरा द्धारा बाग्लुङका अग्निपीडितलाई आर्थिक सहयोग

नीतिप्रेस by नीतिप्रेस
May 12, 2024
in गण्डकी प्रदेश, घटना, जीवनशैली, नेपाली समाचार आजको, विचार, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner =”6″]

पोखरा ,

युनाइटेड क्लब पोखराले बाग्लुङ नगरपालिका १२ डाँडाखेतको अग्निपीडितलाई आर्थिक सहयोग गरेको छ । गत बैशाख १९ गते जङ्गलमा फैलिएको आगो बस्तीमा पस्दा डाँडाखेतको यदुनाथ पाध्याको घर, गोठ, बस्तुभाउ र दधिराम पाध्याको दुईवटा गोठ र बस्तुभाउ जलेर नष्ट भएको थियो । तीनै पाध्या परिवारलाई युनाइटेड क्लबले आफ्नो विपद व्यवस्थापन कोष मार्फत राहत स्वरुप झण्डै एक लाख बराबरको आर्थिक सहयोग गरेको हो ।

 सो अवसरमा बोल्दै बाग्लुङ नगरपालिका वडा नं १२ का अध्यक्ष कोपिला मणि शर्माले पोखरामा रहेको युनाइटेड क्लबले बाग्लुङमा आइपुगेर आफ्नो वडामा आगलागीबाट क्षति भएको परिवारलाई राहत स्वरुप नगद सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै युनाइटेड क्लबको सिको अन्य क्लबहरूले समेत गर्न सकेको खण्डमा पीडितले सानो भएपनि राहत पाउने बताए । 

युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठले स्थापनाकालदेखि पोखरा महोत्सवको आयोजना गरी विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको युनाइटेड क्लबले २०७२ को विनाशकारी भुकम्प पश्चात विपदको क्षेत्रलाई समेट्ने गरी छुट्टै विपद व्यवस्थापन कोष निर्माण गरी अगाडि बढेको बताए । उक्त कोषका लागि हरेक वर्ष तिहारको अवसरमा देउसीभैलो कार्यक्रम मार्फत रकम संकलन गरी दैवी प्रकोपमा परेकालाई युनाइटेड क्लबले राहत रकम प्रदान गर्दै आइरहेको बताए ।

 क्लबको सामाजिक दायरा फराकिलो रहेको बताउँदै अध्यक्ष श्रेष्ठले क्लबले हाल सम्म पश्चिमको कैलालीको कैलाली गाउँपालिकाका हावाहुरी प्रभावित, पूर्वको उदयपुरको गढी गाउँपालिकाका हावाहुरी प्रभावित, कास्कीको सराङकोट पहिरो प्रभावित, जाजरकोट र पश्चिम रुकुमका भुकम्प प्रभावितलाई विपद व्यवस्थापन कोष मार्फत राहत प्रदान गरिसकेको र आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने बताए । 

सो अवसरमा बोल्दै आगलागीबाट पूर्ण रुपमा क्षति भएका यदुनाथ पाध्याले आफूहरू जङ्गलमा लागेको आगो निभाउन जाने बेलामा घरमा कोही नभएको अवस्थामा एक्कासि जङ्गलबाट आएको आगोले घर, गोठ, बस्तुभाउ केहीपनि बाँकी नरहेको बताउँदै सहयोगीहरूको साथले आफूमा आत्मबल थपिएको बताए । 

उक्त कार्यक्रम मा बागलुङ समाज पोखरा र बागलुङ अर्जेवा पोखरा सम्पर्क समाज बाट समेत आर्थिक सहयोग प्रदान गरिएको थियो । बाग्लुङ समाज पोखराबाट ३१ हजार १० र अर्जेवा पोखरा समाजबाट संकलित २० हजार रुपैयाँ बाग्लुङ समाज पोखराका अध्यक्ष ठाकुर प्रसाद सापकोटा र पदाधिकारी द्धारा आगलागी प्रभावितहरूलाई प्रदान गरिएको थियो । 

सो कार्यक्रममा बाग्लुङ नगरपालिका वडा नं १२ का वडा सदस्य महानन्द शर्मा, युनाइटेड क्लब का कोषाध्यक्ष सूर्य बहादुर बानियाँ, बागलुङ समाज पोखराका निवर्तमान अध्यक्ष डिल्ली प्रसाद शर्मा, बागलुङ समाज पोखरा का उपाध्यक्ष नरेश सुबेदी, कोषाध्यक्ष बालकृष्ण सापकोटा, दुमनाथ शर्मा लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा स्वागत मन्तव्य ठाकुर प्रसाद सापकोटा र युनाइटेड क्लबका कार्यसमिति सदस्य जयराम आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए ।

[adrotate banner =”3″]

[adrotate banner =”4″]

[adrotate banner =”5″]

Previous Post

विश्व रेडक्रस दिवसमा वृक्षारोपण

Next Post

सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन

Next Post

सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन