Latest
देशको अवस्था बदल्नुपर्छः प्रधानमन्त्री ओली
महानगर आफैँ डुबानमा
Next
Prev

सरकारलाई एमाले संसाद दाहालको प्रश्नः जलवायु परिवर्तनको असर न्युनिकरणमा के काम भइरहेका छन्


राष्ट्रिय सभामा नेकपा (एमाले)की सांसद तुलसाकुमार दाहालले जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्नका लागि के भईरहेको छ ? भनि सरकारलाई प्रश्न गर्नुभएको छ ।


सोमवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले जलवायु परिवर्तनलाई आफू अनुकुल बनाउन गरिएको कुटनीतिक प्रयासबारे पनि संसदलाई जानकारी गराउनुपर्ने बताउनु भयो । सांसद दाहालले हरित ऊर्जाको उपयोग गर्ने, वनजंगलको संरक्षण गर्ने, पानीको व्यवस्थापन गर्ने, पर्यावरणमैत्री वातावरणको लागि पहल गर्ने योजनाहरुको कार्यान्वयनमा जोड दिन पनि सरकारलाई सुझाव दिनुभयो । उहाँले जलवाय परिवर्तनको असर न्युनिकरण गर्दै दिगो विकास लक्ष्य हासिल गर्ने अभियानमा  अघि बढ्न पनि सरकारलाई सचेत गराउनु भयो । 
सांसद दाहालले भन्नुभयो, ‘नेपाल सरकारले जलवायु परिवर्तनले हाम्रो देशमा पारेको नकारात्मक प्रभावलाई कम गर्नका लागि राष्ट्रपति जलवायु परिवर्तन भनेर अघि सारेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि कूटनीतिक पहल के भईरहेको छ ? हामी कसरी जलवायु परिवर्तनलाई आफू अनूकुल बनाउने प्रयास गर्छौ । म नेपाल सरकारलाई प्रश्न गर्न चाहन्छु । सन २०३० सम्म दिगो विकास लक्ष्यहरु हासिल गर्ने, कसरी जलवायु परिवर्तनबाट भएका असरलाई न्युनिकरण गर्न अनुकुलताको लागि गर्नुपर्ने कार्यहरु हरित ऊर्जाको उपयोग गर्ने, वनजंगलको संरक्षण गर्ने, पानीको व्यवस्थापन गर्ने, पर्यावरणमैंत्री वातावरणको लागि पहल गर्ने योजनाहरुको कार्यान्वयनमा के भइरहेको छ ?  ’
सांसद दाहालले दिगो विकास लक्ष्य हासिल गर्ने अभियानमा पनि सरकारले दृढतापूर्वक काम गर्नुपर्ने बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist