• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सेवाग्राहीको काम नहुनुको कारणबारे सरकारी कार्यालयहरुले लिखित जवाफ दिने व्यवस्था गर्नुपर्छः काँग्रेस सांसद पौडेल

नीतिप्रेस by नीतिप्रेस
June 11, 2024
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]


प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले सरकारी कार्यालयहरुले सेवाग्राहीको काम गर्न नसक्नुको कारणबारे लिखित रुपमा जवाफ दिने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।


मंगलवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले महिला, गरिव नागरिकहरुलाई सरकारी कार्यालयहरुले हेप्ने गरेको उल्लेख गर्दै उनीहरुलाई सेवा दिन नसक्नुको कारणबारे लिखित रुपमा जवाफ दिने व्यवस्था गर्न सरकारलाई सचेत गराउनुभएको हो । पहुँच पुगेका मानिसहरुको काम हुने, अरुको काम नहुने सरकारी कार्यालयले गरेको व्यवहारका कारणले धेरै युवाहरु निराश भएको भन्दै सांसद पौडेलले त्यस्तो अवस्थाको अन्त्य गर्न सरकारले ढिलाई गर्न नहुने बताउनु भयो । उहाँले भ्रष्टाचारको न्यूनिकरण र सेवाग्राहीको सेवालाई सहज र सुलभ बनाउन पनि सरकारले सो व्यवस्थालाई अनिवार्य रुपमा लागू गराउन आवश्यक रहेको तर्क समेत गर्नुभयो । 
सांसद पौडेलले भन्नुभयो,  ‘खासगरी यो सरकारी कार्यालयहरुमा सेवाग्राही जाँदा राम्रो व्यवहार नहुने अवस्थामा छ । पहुच पुगेका मानिसहरुको काम हुने, अरुको काम नहुने, विशेष गरी महिला, निमुखा, विपन्न मान्छेहरुलाई असाध्यै जाँदा हेप्ने सरकारी कार्यालयले गरेको व्यवहारका कारणले धेरै युवाहरु निराश भएको स्थिति छ । त्यसकारण म आग्रह गर्न चाहन्छु–सेवाग्राहीले लगेको काम सेवा केन्द्रले किन नगरेको हो ? काम नभएको कारण खुलाएर सेवा केन्द्रले लिखित रुपमा जवाफ दिने अनिवार्य व्यवस्था गरौं । सबै सरकारी कार्यालयले सेवाग्राहीको काम हुन कानून नमिलेको कारणले, के कानूनी समस्या भएको कारणले काम नभएको हो ? लिखित रुपमा अनिवार्य जवाफ दिने व्यवस्था गरियोभने भ्रष्टाचार पनि न्यूनिकरण हुन्छ । सरकारी सेवा केन्द्रले सेवाग्राहीहरुलाई सुलभ रुपमा सेवा, सुविधा उपलब्ध गराउन पनि सक्छ । सरकारको प्रभावकारिता पनि देखिन्छ । त्यसैले अनिवार्य रुपमा लिखित जवाफ दिनुपर्ने व्यवस्था गर्नका निम्ति सबै सरकारी कार्यालयहरुमा त्यो व्यवस्था गर्नका निम्ति सभामुखमार्फत म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद पौडेलले सरकारको कामलाई प्रभावकारी बनाउन पनि सरकारी कार्यालयहरुलाई सेवाग्राहीप्रति जवाफदेही बनाउन आवश्यक रहेको स्पष्ट पार्नुभयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

सरकारले तत्काल नेपाल अस्पताल सञ्चालन ऐन ल्याउन जरुरी छः डा. तोसिमा कार्की

Next Post

प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल शुरु

Next Post

प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन