• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

आफूले लगानी गरेको मात्रै विद्युत खरिद गर्ने भारतको अडानप्रति एमालेको असन्तुष्टि

नीतिप्रेस by नीतिप्रेस
June 17, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले भारतले नेपालबाट आफूले लगानी गरेको मात्रै विद्युत खरिद गर्ने अडानप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।


आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सचिव भट्टराईले असन्तुष्टि जनाउनुभएको हो । उहाँले भारत सरकारले नेपालको विद्युत खरिदमा भारत सरकारले भँगेराको जस्तो छाती भन्दा पनि ठूलो छाती बनाउन आवश्यक रहेको भन्दै भारत सरकारलाई विद्युत व्यापारको सम्बन्धमा ध्यानाकर्षण गराउनु भयो । उहाँले नेपालको भारतसँग बहुआयामिक सम्बन्ध भएकाले विद्युत व्यापार सम्बन्धमा संकुचन अडान राख्न नहुने धारणा राख्नुभयो । सचिव भट्टराईले भारत नेपालको विद्युत खरिदका सम्बन्धमा आफ्नो लगानीमा बनेको आयोजनाबाट मात्रै विद्युत खरिद गर्ने संकुचित अडानमा लचिलो बन्न आग्रह गर्नुभयो । उहाँले भारतलाई विद्युत आपूर्ति गर्नुपर्ने र नेपाल भारतलाई विद्युत निर्यात गर्न तयार रहेको अवस्थामा भारतले चीन वा अन्य कुन देशको लगानीमा बनेको आयोजना भन्ने विषयमा चासो राख्न जरुरी नभएको धारणा व्यक्त गर्नुभयो । उहाँले चीन—भारत दुवै देश ट्रिलियन डलरमा व्यापार पर्ने तर नेपालबाट विद्युत खरिदमा नेपालको जलविद्युत आयोजनामा चीन वा अन्य देशको लगानीका विषयमा खोजी गर्न आवश्यक नभएको उल्लेख गर्नुभयो । उहाँले नेपालको जलविद्युतमा जुनसुकै देशको लगानीमा बनेका आयोजना भएपनि नेपालको ट्रान्समिसन लाइनमार्फत भारतमा विद्युत निर्यात हुने भएकाले लगानीको विषयमा भारत सरकारले चासो राख्न जरुरी नभएको विचार व्यक्त गर्नुभयो । उहाँले नेपाल जस्तो अल्पविसित देशलाई भारत जस्तो ठूलो देशले उदारता देखाउन आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘नेपालको भित्र राष्ट्र भारतसँग बहुआयामिक सम्बन्ध छ । केही कुरामा हामी अफ्ठ्यारोमा पनि परेका छौं । संसद मार्फत भित्र राष्ट्र भारत सरकारलाई विद्युत व्यापारको सम्बन्धमा ध्यानाकर्षण गराउन चाहन्छु । उहाँहरुले ठूलो देशको ठूलो छाती देखाउनु पर्ने हो । त्यो देखाउनु भएको छैन । भगेराको जस्तो छाती भयो । कुन आयोजनाबाट बनेको,चीनको लगानी भएको छ की छैन । अरु कसको लगानी भएको छ वा छैन । आफू दुई देश ट्रिलियन डलरमा व्यापार गर्छन । चीन र भारतले अनि नेपालमा कुन देशको लगानी छ भन्ने खोट्याउनु पर्ने के आवश्यकता छ ? भारतलाई विद्युत आपूर्तिको माग छ । नेपाल विद्युत दिन तयार छौं । कसले लगानी गरेको हो भन्दा पनि नेपालको ट्रान्समिसन लाइनबाट जान्छ । त्यसमा भारतले किन ठाउँको दुखाउने ? यसमा उद्वारता पूर्वक भारत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । बंलादेशसँग ५ हजार मेगावट विद्युत बेच्दैछौं । त्यस अनुसारको ट्रान्समिसन लाइन भारतबाट जानु पर्ने हुन्छ । त्यसमा भारत सरकारले सहजिकरण गरिदिनुप¥यो । नेपाल जस्ता अल्पविकसित मुलुकलाई सहजिकरण गर्नुपर्छ । तब मात्रै एउटा छिमेकीको न्यानोपन नेपालले प्राप्त गर्नसक्छौं ।’
सचिव भट्टराईले नेपालले बंलादेशमा ५ हजार मेगावट विद्युत निर्यात गर्ने भारतको भूमि हुँदै ट्रान्समिसन लाइन जाने भएकाले भारत सरकारले सहजिकरण गर्न माग गर्नुभयो । उहाँले अल्पविकसित मुलुक नेपाललाई विद्युत व्यापारमा सहजिकरण गरे मात्रै छिमेकीको न्यानोपन नेपालले प्राप्त गर्न सक्ने उल्लेख गर्नुभयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

जाम्बियाले बालविवाह अन्त्य गर्ने खाका बनायो

Next Post

मधेस प्रदेशमा हत्याका घटना बढे, सक्रियता अपनाउन आवश्यक छः सांसद मैनाली

Next Post

मधेस प्रदेशमा हत्याका घटना बढे, सक्रियता अपनाउन आवश्यक छः सांसद मैनाली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन