• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न सांसद पन्तले गराए ध्यानाकर्षण

नीतिप्रेस by नीतिप्रेस
June 18, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नेकपा(एमाले)का सांसद रघुजी पन्तले संघीय संसद सचिवालयका कर्मचारीलाई अतिरिक्त समय काम गरेको भत्ता दिलाउन सरकारलाई आग्रह गर्नुभएको छ ।


मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले संघीय संसद सचिवालयका कर्मचारीहरुलाई अतिरिक्त समय काम गरेको भत्ता उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभएको हो । उहाँले अन्य कर्मचारीहरुले नियमानुसारको अतिरिक्त समय काम गरेको भत्ता पाइरहेको भएपनि संसदका कर्मचारीहरुले नपाएको भन्दै संसदका कर्मचारीहरुमाथि अन्याय भएको बताउनु भयो । उहाँले संसदमा सांसदहरुका लागि पढ्न राखिने अखबारहरुमा समेत कटौती भएको भन्दै मुलुकको आर्थिक अवस्था सांसदहरुको अखबारमा कटौती गर्नुपर्ने अवस्थामा पुगेको हो भनि प्रश्न समेत गर्नुभयो । 
उहाँले भन्नुभयो – ‘जुन सुविधा अरु कर्मचारीले पाएका छैनन् । त्यो सुविधा संसदको कर्मचारीहरुले पनि पाउनुपर्छ भन्ने मेरो भनाई पनि छैन । तर जे सुविधा अरु मन्त्रालयका कर्मचारीहरुले पाएका छन्, त्यो सुविधा संसद सचिवालयका कर्मचारीहरुले नपाउने कुरा चाहीँ हुँदैन । उहाँहरुले कोभिड यता उहाँहरुले ओभरटाइम गरेको कुनैपनि भत्ता पाउनुभएको छैन । हिजोको मागिराख्नु भएको छैन । नियम, कानुन अनुसारको भत्ता अहिले पनि नपाउने भन्नेकुरा त अन्याय भयो नि । त्यो अर्थ मन्त्रालयका कर्मचारीले पाउने । अन्तका कर्मचारीले पाउने । संसदका कर्मचारीले चाहीँ किन नपाउने ? आज यहाँ देखिरहेका छौँ, सभामुखज्यूलाई सहयोग गर्न बस्नुपर्ने कर्मचारीहरु सबै हुनुहुन्न । वहाँ बाहिर धर्नामा हुनुहुन्छ । संसदभित्र यो दृश्य उपस्थित हुनु आफैँमा दुःखद् हो कि होइन । ६, ७ महिना अगाडी जति अखबार सांसदहरुलाई पढ्न भनेर त्यहाँ राखिन्थ्यो, महत्वपूर्ण कतिपय अखबारहरु कटौती भएको छ । के हाम्रो मुलुकको आर्थिक अवस्था त्यति कमजोर भएको हो ? सांसदहरुलाई दिइने पत्रिका पनि कटौती गर्ने अवस्थामा पुगेको हो र ? म सरकारलाई आग्रह गर्छु, नियमले दिने सुविधाहरु, भत्ताहरु अहिले कटौती गर्नु भएन । उनीहरुलाई अब त दिन थालियोस् ।’
सांसद पन्तले संसदलाई सरकारले सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्री जन्माउने संसदका कर्मचारीहरुको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सांसद शर्माको ध्यानाकर्षण

Next Post

इजरायलको सेनाद्वारा रफाहमा हमासका आधा सेना पराजित गरेको दाबी

Next Post

इजरायलको सेनाद्वारा रफाहमा हमासका आधा सेना पराजित गरेको दाबी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन