इजरायली सेनाले बिहीवार उत्तरी गाजापट्टीको बेइट हानौन सहरमा भएको हवाई हमलामा हमासका एक कमाण्डर मारिएको पुष्टि गरेको छ । इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले बेइट हानौन क्षेत्रमा स्नाइपर अपरेशनको नेतृत्व गर्ने र इजरायली सेनाहरू विरुद्ध आतंकवादी कार्यमा भुमिका खेल्ने अहमद अल–सवारकालाई सैन्य विमानले मारेको बताउनु भयो । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बिहीवार आइडिएफ सेनाहरूले मध्य गाजापट्टी र दक्षिणी रफाह क्षेत्रमा काम गर्न जारी राखेका छन् । गाजाका स्वास्थ्य अधिकारीहरूले बिहीवारसम्म इजरायली सैन्य कारबाहीबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३७ हजार ४३१ पुगेको छ र ८५ हजार ६५३ घाइते भएको बताएका छन् ।