आज १० औं अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विश्व अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंको दशरथ रंगशाला परिसरमा पनि योगा गरेर योग दिवस मनाइएको छ । सो क्रममा विभिन्न योगासनहरु प्रश्तुत गरिएको थियो । संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रश्ताव अनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो । सोही अनुसार शिक्षा मन्त्रालयको संयोजनमा प्रत्येक वर्ष २१ जुनमा विश्व योग दिवस मनाउँदै आएको छ । ‘योगा फर सेल्फ एण्ड सोसाइटी’ भन्ने मुल नाराका साथ दशौं विश्व योग दिवस मनाउन लागिएको हो । योगबारे जानकारी दिँदै योग साधक एवं वागमती प्रदेश योग खेलकुदसंघका अध्यक्ष केदारनाथ बस्ताकोटी यो स्वास्थ्यका लागि भएको बताउनु भयो । मानसिक एवं शारीरिक स्वस्थताका लागि योग अपरिहार्य भएको बताउनु भयो । उहाँले आसन र प्राणयामलाई केन्द्रित गरेर शरीरलाई स्वस्थ बनाउन सकिने बताउनु भयो ।
युवालाई आसनको माध्यमबाट योग सिकाउनसके युवाहरु योगमा आकर्षित गर्न सकिने बताउनु भयो । उहाँले योग सम्पूर्ण खेलकमा जोडिनुपर्ने बताउनु भयो ।