• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

नयाँ सत्ता समिकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास

नीतिप्रेस by नीतिप्रेस
July 5, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नेपाली काँग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै निजी क्षेत्र उत्साहित देखिएको छ ।


मुलुकका दुई ठूला राजनीतिक दलबीच भएको सत्ता समिकरणसँगै संकुचनमा पुगेको अर्थतन्त्र लयमा फर्किने र बजारमा आत्माविश्वास बढ्ने प्रतिक्रिया दिएका छन् । नयाँ सत्ता समिकरण बनेसँगै अर्थतन्त्रमा सुधार ल्याउने र व्यवसायीहरुलाई लगानीको वातावरण बन्नेमा निजी क्षेत्र आशावादी देखिएको छ । दुई ठूला राजनीतिक दलहरुबीचको सत्ता सहकार्यका लागि भएका संविधान संशोधन, निर्वाचन प्रणाली र प्रदेश संरचना हेरफेर लगायतका विषयहरूले थप आशावादी र उत्साहित बनाएको धारणा व्यक्त गरेका छन् । उद्योगी व्यवसायीहरुले पुराना ठूला राजनीतिक शक्ति एक ठाउँमा आएर स्थिर सरकार बन्नु निजी क्षेत्रको लागि सुखद् पक्ष भएको भन्दै राजनीतिक स्थिरतासँगै आर्थिक र नीतिगत स्थायीत्वमा जोड दिनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । देशको अर्थतन्त्रलाई ठोस कार्यदिशा र सबल अर्थतन्त्र बनाउन दुई राजनीतिक दलको सत्ता समिकरण उचित देखिएको निजी क्षेत्रका उद्योगी व्यवसायीहरुले उल्लेख गरे । 
अर्थतन्त्र सुस्ताएर घरजग्गा कारोबार खुम्चिएको,उद्योग व्यवसाय ३० देखि ४० प्रतिशत क्षमतामा मात्रै सञ्चालन भएको, उद्योगी व्यवसायीहरुले बैंकको ब्याजदर तिर्न नसकेको र पुँजीबजार माथि उठ्न नसकेको अवस्थामा नयाँ समिकरणले यी समस्या समाधान गर्नेमा आशावादी बनाएको उनीहरुको भनाई छ । व्यवसायीहरुले ६–६ महिनामा सरकार परिवर्तन हुनु अस्थिरता भएपनि अब बन्ने सत्ता समिकरणले राजनीतिक स्थायित्व र स्थिर सरकार दिनेमा निजी क्षेत्रलाई आशावादी बनाएको प्रतिक्रिया दिए । उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले दुई ठूला दल मिल्नु राजनीतिक स्थिरता र आर्थिक स्थायित्व हुने अपेक्षा गरेको बताउनु भयो । उहाँले राजनीतिसँगै आर्थिक स्थायित्वका लागि दुई ठूला राजनीतिक दलको सत्ता समिकरण उपयुक्त भएको धारणा राख्नुभयो । उहाँले नयाँ सत्ता समिकरण प्रशासनिक खर्च कम गर्न प्रशासनिक पुनरावलोकनका लागि संविधान संशोधन गर्ने,आर्थिक विकास गर्ने लगायतका सहमति निजी क्षेत्रको लागि स्वागतयोग्य रहेको उल्लेख गर्नुभयो । पूर्वअध्यक्ष राणाले देशको आर्थिक उन्नतिका लागि सबै राजनीतिक दलहरू मिल्नुको विकल्प नभएको भन्दै निजी क्षेत्रलाई सबल बनाए मात्र देशको अर्थतन्त्रको सबलीकरण हुन सक्ने उल्लेख गर्नुभयो । 
पूर्वअध्यक्ष राणाले  केही वर्षदेखि धरासायी भएको मुलुकको अर्थतन्त्र राजनीतिक स्थिरता भएमात्रै लयमा आउने बताउनु भयो । उहाँले ३० देखि ४० प्रतिशत क्षमतामा उद्योगहरु सञ्चालनमा भएको अवस्थामा नयाँ सत्ता समिकरणसँगै चलायमान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुख्य भन्सारहरुमा नै राजश्व संकलन कम हुँदै  मुलुकको अर्थतन्त्र आरालो लागेको अवस्थामा राजनीतिक दलहरुले ठिक समयमा समिक्षा गरेर गरेको गठबन्ध स्वागतयोग्य भएको उल्लेख गर्नुभयो । उहाँले सत्ता समिकरण परिवर्तन भएको चार महिनामा दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार चलाउने र अर्थतन्त्रको विकास गर्ने सहमति सकारात्मक रहेको बताउनु भयो । पूर्वअध्यक्ष राणाले ठूला दल मिलेर सरकार बनेको सरकार स्थिर हुन आवश्यक रहेको बताउनु भयो । 
पूर्वअध्यक्ष राणाले नयाँ बन्ने सरकार पनि तीन÷चार महिनामा परिवर्तन हुर्ने परिस्थिति आए फेरि अर्थतन्त्र संकटमा जानसक्ने बताउनु भयो । उहाँले दुई ठूला राजनीतिक दलको सत्ता समिकरणले अर्थतन्त्र सबल बनाउनको लागि नयाँ सोच बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले  निजी क्षेत्रले लिएका सुझावलाई आत्मसाथ गरेर सरकार अघि बढ्दा व्यापार व्यवसाय र उत्पादन वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । पूर्वअध्यक्ष राणाले सरकारले पर्यटन क्षेत्रको विकासका लागि ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरु सञ्चालन गर्ने, कृषिलाई आधुनिकिकरण र व्यवसायीकरण गरी निजी क्षेत्रसँगको सहकार्य गर्ने विश्वास रहेको धारणा राख्नुभयो । 
उहाँले दुई ठूला राजनीतिक दलको सत्ता समिकरणले नयाँ परिवर्तन भएको जस्तो आभाष निजी क्षेत्रलाई भएको बताउनु भयो । उहाँले सरकारले अर्थतन्त्रलाई प्राथमिकता दिनेमा पनि आशावादी रहेको बताउनु भयो । उहाँले वर्तमान सरकारले ल्याएको बजेटले संकुचनमा रहेको अर्थतन्त्रलाई माथि उठाउन नसक्ने भन्दै अब आउने सरकारले परिमार्जन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नयाँ सरकारले निजी क्षेत्रमैत्री व्यवहार गर्ने अपेक्षा पनि जगाएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,‘मुलुकमा राजनीतिक स्थिरता भए मात्रै अर्थतन्त्रको विकास हुने हो । केही वर्षदेखि मुलुकको अर्थतन्त्र धरासाही भएको कुरा सबैलाई जानकारी नै छ । उद्योगहरु क्षमता भन्दा पनि कम ३० देखि ४० प्रतिशतमा चलिरहेका छन् । विगतको भन्दा मुलुकका मुख्य भन्सारहरुमा नै राजश्व संकलन कम हुँदै गएको छ । त्यस कारणले मुलुकको अर्थतन्त्र आरालो लागेको अवस्थामा राजनीतिक दलहरुले समिक्षा गर्नुपर्ने बेला भएको थियो । अहिले ठिक समयमा गरे भन्नुपर्छ । सत्ता समिकरण परिवर्तन भएको चार महिनामा दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार चलाउने र अर्थतन्त्रको विकास गर्नेकुरा आएको छ । अर्को कुरा संविधान संशोधन गर्नेकुरा आएको छ । अहिलेको सत्ता समिकरणले गर्ने भनेको संविधान संशोधन राम्रो पक्ष हो । संविधानलाई संशोधन गर्नुपर्ने समय आएको थियो । मुलुकको प्रशासनिक खर्चको कारणले पनि मुलुकको अर्थतन्त्र ओरालो लाग्न थालेको थियो । त्यस्तो अवस्थामा स्थानीय तह कम गर्ने र प्रशासनिक खर्च कम गर्नेकुरा सकारात्मक छ । प्रदेशको विषयमा पनि विचार गर्नुपर्छ । प्रशासनिक खर्च अर्थात कर्मचारीहरुलाई तलव भत्ता पनि ऋण लिएर दिनुपर्ने अवस्था छ । संविधान संशोधन गर्दा साना राजनीतिक दलहरुलाई पनि समेटेर जानुपर्छ । दुई दलबीच मिलेर बनेको सरकारले बिग्रिएको अर्थतन्त्रलाई कसरी जोगाउने र हरेक उद्योगी व्यवसायीहरु उदास भएको अवस्था छ । युवाहरु बाहिरी रहेको अवस्था छ । अर्थतन्त्र संकुचन भइ डिमाण्ड र सप्लाई सन्तुलन नभएर अर्थतन्त्र नाजुक अवस्था छ । ठूला दल मिलेर सरकार बनेको सरकार स्थिर हुनुपर्छ । यो सरकार तीन चार महिनामा परिवर्तन हुर्ने परिस्थिति हुँदा अर्थतन्त्र संकटमा जानसक्छ । दुई ठूला राजनीतिक दलको सत्ता समिकरणले अर्थतन्त्र सबल बनाउनको लागि नयाँ सोच बनाएर लैजानुपर्छ । त्यसको लागि निजी क्षेत्रलाईसँगै लैजानुपर्छ । निजी क्षेत्रले लिएका सुझावलाई आत्मसाथ गरेर सरकार अघि बढ्यो भने उद्योग व्यवसाय,उत्पादन वृद्धि हुने देखिन्छ । प्रजातन्त्र आउँदा मुलुकको अर्थतन्त्रमा ठूलो परिवर्तन भएको थियो । पर्यटन क्षेत्रमा पनि विगतको तुलनामा ठूलो परिवर्तन आउन सकेको छैन । ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरु बनेका छन् तर सञ्चालन गर्न सकिएको छैन । त्यसलाई सोच्नुपर्ने र कृषिलाई आधुनिकिकरण र व्यवसायीकरण निजी क्षेत्रसँगको सहकार्यमा नयाँ सरकारले गर्ने आशावादी भएका छौं । दुई ठूला राजनीतिक दलको सत्ता समिकरणले नयाँ परिवर्तन भएको जस्तो लागेको छ । अर्थतन्त्रलाई प्राथमिकता दिनेमा पनि आशावादी छौं । संविधान संशोधनमा पनि अर्थतन्त्रलाई चलायमान बनाउने विषयलाई समावेश गराएर जानुपर्छ । वर्तमान सरकारले ल्याएको बजेटले संकुचनमा रहेको अर्थतन्त्रलाई माथि उठाउन सक्दैन । अब आउने सरकारले परिमार्जन गर्नुपर्छ ।’


नेपाल चेम्बर अफ कमर्सका निःवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आर्थिक एजेण्डामा नयाँ गठबन्धनले समान धारणा बनाएर काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले दुई ठूला राजनीतिक दलहरुबीच सत्ता समिकरण गरेर स्थिर सरकार बनाउनुले निजी क्षेत्र खुशी रहेको प्रतिक्रिया दिनुभयो । उहाँले दुई ठूला राजनीतिक दलको सत्ता समिकरणको लागि संविधान संशोधन गर्ने र आर्थिक स्थायित्व दिने सहमतिले अर्थतन्त्रमा सुधार आउने निजी क्षेत्र आशावादी भएको बताउनु भयो । उाहँले अर्थतन्त्र अस्तव्यस्त भएको अवस्थामा स्थिर सरकार बनाउने गरी भएको सत्ता समिकरणलाई निजी क्षेत्रले स्वागत गरेको उल्लेख गर्नुभयो । राजनीतिक स्थायित्वसँगै अब बन्ने सरकारले आर्थिक स्थायित्वलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो । मल्लले अहिले देशका दुई ठूला राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमाले सत्ता समिकण गरेर जाने र साना दललाई पनि समेटेर संविधान संशोधन गरी अर्थतन्त्रलाई सवल बाटोमा लैजानुपर्ने बताउनु भयो । 
निःवर्तमान अध्यक्ष मल्लले  नयाँ सत्ता समिकरणको सरकारले मुुलुकको अर्थतन्त्रलाई सबल बनाउने विश्वास रहेको भन्दै सधैँ राजनीतिक खिचातानी भन्दा पनि आर्थिक स्थायित्वको बाटोमा लैजान जरुरी भएको बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्रमा आएको सुस्तता अस्थिर राजनीति र अस्थिर सकारको कारण भएको भन्दै दक्षिण एशियामा सबै भन्दा कमजोर आर्थिक अवस्था भएको मुलुक बनेको बताउनु भयो । उहाँले मुलुकमा राजनीतिक स्थायित्व हुन नसक्दा आर्थिक स्थिति अस्तव्यस्त् भएको बताउनु भयो। उहाँले राजनीतिक स्थायित्वको लागि दुई पार्टीले अन्य पार्टीहरुलाई पनि समेटेर मुलुकको अर्थतन्त्र सबल बनाउने गरी काम गर्ने निजी क्षेत्रलाई आशा रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘अहिले देशका दुई ठूला राजनीतिक दल नेपाली काँग्रेस र नेकपा एमाले सत्ता समिकण गरेर जाने र साना दललाई पनि समेटेर संविधान संशोधन गरी अर्थतन्त्रलाई सबल बाटोमा लैजाने कुराहरु आएको छ । त्यसले निजी क्षेत्र आशामा छ । अब बन्ने सत्ता समिकरणको सरकारले मुुलुकको अर्थतन्त्रलाई सवल बनाउनुपर्छ । सधैँ राजनीतिक खिचातानी भन्दा पनि आर्थिक स्थायित्वको बाटोमा लैजानुपर्छ । अहिले जुन किसिमको प्रतिवद्धता आएको छ । दुवै दललाई अर्थतन्त्रको विषयमा विज्ञता छ । आर्थिक रुपमा मुलुकलाई सधैँ सुस्त गतिमा डो¥याएर हुँदैन । हामीले छिमेकी देश हेरौं भने धेरै फड्को मारिसकेका छौं । दक्षिण एशियामा पनि विगतमा हामी धेरै बलियो थियौं । अहिले सबैभन्दा कमजोर भयौं । यसको मुख्य कारण राजनीतिक अस्थिरता हो । राजनीतिक स्थिरता नभए पनि सम्पूर्ण दलहरुले आफ्नो लोकतान्त्रिक अभ्यासबाट सत्तामा जाने फरक धारणा भएपनि राजनीतिक एजेण्डामा सम्पूर्ण राजनीतिक दलहरु आर्थिक स्थायित्वको लागि आर्थिक नीतिमा एउटै धारणा बनाउनुपर्छ । सत्ता समिकरणले मुलुकमा भएको खर्चको लागत कम गर्न स्थानीय तहरु घटाउने,संसदहरुको सख्या कम गर्ने,समानुपातिकलाई राष्ट्रिय सभामा लैजाने कुराहरु बाहिर आएको छ । त्यसले डुइङ विजनेस लागत घट्छ । राजनीतिक स्थायित्व हुन नसक्दा आर्थिक स्थिति डलमलिन गयो । त्यसैले राजनीतिक स्थायित्वको लागि दुई पार्टीले अन्य पार्टीहरुलाई पनि समेटेर मुलुकको अर्थतन्त्र सबल बनाउने गरी काम गर्नु जरुरी छ । त्यो हुन्छ भन्ने आशा छ ।’


नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले नयाँ सत्ता समिकरणसँगै पुँजीबजारमा सुधार हुने अपेक्षा गरेको बताउनु भयो । उहाँले अस्थिर रहेको सरकारलाई स्थिरता दिनेगरी भएको दुई ठूला राजनीतिक दलको समिकरण लगानीकर्ताको लागि सुखद् पक्ष भएको बताउनु भयो । उहाँले राजनीतिक अनिश्चितताका कारण पूँजीबजारले गुमाएको आत्मविश्वास लयमा आउने विश्वास रहेको बताउनु भयो । 
अध्यक्ष ढकालले मुलुकले नेकपा एमाले र नेपाली काँग्रेसबीच बनेको नयाँ सत्ता समिकरण मुलुकको आवश्यकता भएको दाबी गर्नुभयो । उहाँले नयाँ समिकरणले उद्योगी व्यवसायी,लगानीकर्ता र समग्र निजी क्षेत्रलाई उत्साह जगाएको उल्लेख गर्नुभयो । उहाँले स्थिर सरकार बनाउँदै आर्थिक नीतिहरु स्थिर बनाउँदै निजी क्षेत्रमैत्री सरकार बन्नुपर्ने बताउनु भयो । अध्यक्ष ढकालले स्थिर सरकार भएसँगै निजी क्षेत्र उत्साहित भएर लगानीको वातावरण बन्ने आशावादी भएको बताउनु भयो । उहाँले उद्योग व्यवसाय,घरजग्गा कारोबार सुस्त भएको कारण बैंकको ब्याजदर व्यवसायीहरुले तिर्न नसकेको अवस्थामा त्यस्ता समस्या साधानको लागि सरकारले निजी क्षेत्रसँग समन्वय गरेर समस्या समाधान हुनेमा आशा पलाएको उल्लेख गर्नुभयो । 
उहाँले भन्नुभयो,‘नेकपा एमाले र नेपाली काँग्रेसबीच नयाँ सत्ता समिकरण बनेको छ । यो समिकरण देशले खाजेको थियो । यो समिकरणले उद्योगी व्यवसायी,लगानीकर्ता र समग्र निजी क्षेत्रलाई उत्साह जगाएको छ । मुलुकले स्थिर सरकार खाजेको छ । स्थिर सरकारहुँदा नीतिहरु स्थिर हुने र निजी क्षेत्रको लागि राम्रो हुनेछ । स्थिर सरकार भएसँगै निजी क्षेत्र उत्साहित हुन्छ । लगानीको वातावरण बन्छ । स्थिर सरकारले बनाएको नीति कम्तिमा तीन वर्षसम्ममा अर्थतन्त्रका सुधार हुन्छ । उद्योग व्यवसाय,घरजग्गा कारोबार सुस्त भएको कारण बैंकको ब्याजदर व्यवसायीहरुले तिर्न नसकेको अवस्था छ । त्यस्ता समस्या साधानको लागि सरकारले निजी क्षेत्रसँग समन्वय गरेर समस्या समाधान गर्छ भन्ने आशा पलाएको छ ।’


गत सोमवार नेकपा एमाले र नेपाली काँग्रेसबीच नयाँ समिकरण बनाएर राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो । उक्त सहमतिसँगै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई एमालले दिएको समर्थन र मन्त्रीहरुसमेत फिर्ता गरेको छ । योसँगै दुई ठूला दलको नयाँ सत्ता समिकरणले अर्थतन्त्रमा पनि विशेष प्रभाव पारेको छ । त्यसैले नयाँ सत्ता समिकरणले वर्तमान आर्थिक,सामाजिक समस्यालाई समाधान गर्दै मुलुकलाई आर्थिक र राजनीतिक स्थायीत्व दिन जरुरी छ ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

अमेरिकी निजी क्षेत्रद्वारा जुनमा १ लाख ५० रोजगारी सिर्जना

Next Post

अमेरिकी निजी क्षेत्रद्वारा जुनमा १ लाख ५० रोजगारी सिर्जना

Next Post

अमेरिकी निजी क्षेत्रद्वारा जुनमा १ लाख ५० रोजगारी सिर्जना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन