• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

मौद्रिक नीति व्यवहारिक रुपमा कार्यान्वयन हुनेगरी ल्याउनुपर्छः घरजग्गा महासंघ

नीतिप्रेस by नीतिप्रेस
July 14, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

नेपाल घरजग्गा तथा आवास विकास महासंघले मौद्रिक नीति व्यवहारिक रुपमा कार्यान्वयन हुनेगरी ल्याउन माग गरेको छ ।


महासंघले मुलुकको अर्थतन्त्र संकुचित भएको अवस्थामा राष्ट्र बैंकले ल्याउन लागेको मौद्रिक नीति व्यवहारिक रुपमा कार्यान्वयन हुनेगरी ल्याउनुपर्ने माग गरेको हो । महासंघका अध्यक्ष भेषराज लोहनीले मुलुकको अर्थतन्त्रलाई स्थायित्व दिनेगरी लचिलो मौद्रिक नीति ल्याउनुपर्ने अलिहेको अवश्यकता रहेको बताउनु भयो । उहाँले नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबार सुस्त हुँदा मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको विषयलाई ध्यान दिएर मौद्रिक नीति ल्याउनुपर्ने बताउनु भयो । उहाँले राष्ट्र बैंक घरजग्गा कारोबारप्रति कठोर नभई उदार भएर मौद्रिक नीति तर्जुमा गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले घरजग्गा कारोबारमा कर्जा आम्दानी अनुपातलाई न्युनतम ८० प्रतिशत पु¥याउन माग गर्नुभयो । अध्यक्ष लोहनीले घर जग्गा कर्जाको हकमा पनि लोन टु भ्यालु रेसियो ८० प्रतिशत नै पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले घरजग्गा कारोबारमा कर्जाको रि–स्ट्रक्चर र रि–सेडुल गर्ने व्यवस्था मौद्रिक नीतिले गर्नुपर्ने बताउनु भयो । उहाँले घरजग्गा कारोबार कर्जाको जोखिम भारलाई १२५ बाट घटाएर १०० प्रतिशतमा ल्याउन माग गर्नुभयो । उहाँले कसिलो मौद्रिक नीति कायम हुँदा सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल हुुन नसकेको भन्दै आर्थिक वृद्धिलाई प्राथमिकतामा राखेर मौद्रिक नीति आउनुपर्ने बताउनु भयो । उहाँले बैंकहरुमा ६ खर्ब बढी रकम पैसा थुप्रिँदा पनि कर्जा प्रवाह हुन नसकेको बताउनु भयो । 
उहाँले भन्नुभयो,‘मुलुकको अर्थतन्त्र संकुचित भएको पृष्ठभूमिमा खुकुलो मौद्रिक नीति ल्याउनुपर्छ । राष्ट्र बैंकले उदार ढङ्गले मौद्रिक नीति ल्याउनुपर्छ । घरजग्गा कारोबारमा कर्जा आम्दानी अनुपातलाई न्युनतम ८० प्रतिशत पु¥याउनुपर्छ । घर जग्गा कर्जाको हकमा पनि लोन टु भ्यालु रेसियो ८० प्रतिशत नै पु¥याउनुपर्छ । रियल स्टेडलाई कर्जालाई रिस्ट्रक्चर नगरेको अवस्था छ । यो पटक घरजग्गा कारोबारमा कर्जाको रि–स्ट्रक्चर र रि–सेडुल गर्ने व्यवस्था गर्नुपर्छ । कर्जाको जोखिम भारलाई १२५ बाट घटाएर १०० प्रतिशतमा ल्याउनुपर्छ भन्ने राष्ट्र बैंकलाई हाम्रो सुझाव हो । कसिलो मौद्रिक नीति कायम हुँदा सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल हुुन सकेको छैन । बैंकहरुमा ६ खर्ब बढी रकम पैसा थुप्रिएर बसेको छ कर्जा प्रवाह हुन सकेको छैन । धेरै व्यवसायीहरु धरासाही हुने स्थिति छ । निजी क्षेत्र धरासायी हुँदै जाने बैंकहरुमा खराब कर्जा बढ्दै जाने हो भने बैंकहरुमा समेत यसको असर पर्नसक्छ । यस्तो अवस्थामा मौद्रिक नीति कठोर आउनु हुँदैन । लचिलो मौद्रिक नीति राष्ट्र बैंकले ल्याउनुपर्छ । कर्जा प्रवाहमा कठोर नीति लिँदा चालु आर्थिक वर्षमा १३ प्रतिशत कर्जा प्रवाहको अपेक्षा गरेको थियो । अहिले त्यसको ५० प्रतिशत पनि हुन सकेको छैन । व्यवसायीहरु कर्जा लिन नसक्ने बैंकहरुमा कर्जा थुप्रिएर बस्ने हुँदा मुलुकको अर्थतन्त्र संकटमा पर्ने देखिन्छ । कागजी रुपमा मौद्रिक नीति ल्याउने मात्रै होइन व्यवहारिक रुपमा कार्यान्वयन हुने गरी ल्याउनुपर्छ ।’


उहाँले लचिलो कर्जा प्रवाहमा कठोर नीति लिँदा चालु आर्थिक वर्षमा १३ प्रतिशत कर्जा प्रवाहको अपेक्षा गरे पनि अहिलेसम्म ५० प्रतिशत पनि हुन नसकेको बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

काजुको व्यावसायीक खेतीतर्फ आकर्षित हुँदै किसान

Next Post

गल्ती गर्ने कोही बच्नु हुँदैन, मेरो बारेमा पनि अनुसन्धान गर्नुस्ः गृहमन्त्री लामिछाने

Next Post

गल्ती गर्ने कोही बच्नु हुँदैन, मेरो बारेमा पनि अनुसन्धान गर्नुस्ः गृहमन्त्री लामिछाने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन