• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

सार्वजनिक लेखा समितिको सभापति तत्काल प्रतिपक्षले पाउनुपर्छः माओवादी केन्द्रका सांसद सापकोटा

नीतिप्रेस by नीतिप्रेस
August 5, 2024
in राजनीति, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]


प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षले पाउनुपर्ने बताउनुभएको छ ।


सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उहाँले सो माग गर्नुभएको हो । सांसद सापकोटाले सो समितिका सभापति ऋषिकेश पोखरेलले अनुचित ढंगले डेडिकेटेड तथा ट्रंक लाईन वक्यौता रकम नतिरेका व्यापारीहरुसँग रहस्यमय ढंगले भेट गरेको जिकिर गर्दै सो घटनाका लागि छानविनका लागि सरकारलाई रुलिङ गर्न पनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनु भयो । सभापति पोखरेलले अघिल्लो सार्वजनिक लेखा समितिले सो वक्यौता रकम असुली गर्नका लागि दिएको निर्देशन विपरित लागेकाले उनीमाथि कारबाही हुनुपर्नै उहाँको भनाई थियो । सांसद सापकोटाले नेपाल विद्युत प्राधिकरणका बोर्ड सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाउनु भयो । 
उहाँले भन्नुभयो,‘सरकार नेपाल विद्युत प्राधिकरणको बोर्ड सदस्यको बर्खास्तीसम्म पुग्दा कपिल आचार्य र भक्तबहादुर पुन दुई जनालाई नियम उलंघन गरेर सरकारले बर्खास्ती गरेको छ । म यो घटनाको जोडदार ढंगले खण्डन गर्न चाहन्छु । भत्सर्ना गर्न चाहन्छु । र सरकार यो देशमा अटाक्रेसी चलाउन खोजिराखेको छ भन्ने आशंका व्यक्त गर्न चाहन्छु । अघिल्लो संसदको सार्वजनिक लेखा समितिले एउटा उपसमिति गठन गरेर डेडिकेटेड फिडर र ट्रंक लाईनका बारेमा छानविन गर्ने समिति बनाएको थियो । यसले ८ महिना लगाएर एउटा प्रतिवेदन समितिलाई दिएको थियो । यो प्रतिवेदन हामीले सहजै हेर्नसक्छौं । सार्वजनिक लेखा समितिको सभापति तत्काल प्रतिपक्षलाई दिईयोस । र, अहिलेको सार्वजनिक लेखा समितिका सभापति जे रहस्यमय घटनाक्रम अगाडि बढाइराख्नुभएको छ । यसका लागि म सम्माननीय सभामुखमार्फत रुलिङ चाहन्छु । र यसको लागि सिंगो संसदको ध्यानाकर्षण गराउन चाहन्छु ।’
सांसद सापकोटाले सरकारले विद्यमान नियम विपरित प्राधिकरणका बोर्ड सदस्यहरुलाई बर्खास्त गरेको दाबी समेत गर्नुभयो । 

[adrotate banner = “6”]

[adrotate banner= “5”]

[adrotate banner= “4”]

Previous Post

अर्थमन्त्रीको एक सूत्रीय अभियानः निजी क्षेत्रको परिचालन

Next Post

वर्षासँगै डुबानमा काठमाडौं (तस्बिरहरु)

Next Post

वर्षासँगै डुबानमा काठमाडौं (तस्बिरहरु)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन