टर्कियाको सबैभन्दा ठूलो शहर इस्तानबुलमा बन्दुक आक्रमणमा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । इस्तानबुल गभर्नरको कार्यालयले शहरको युरोपेली भागमा पर्ने कागीठाने जिल्लामा भएको हो । मृतक र घाइतेमध्ये एक विदेशी नागरिक रहेको बताइएको छ । अपराध स्थलमा प्रहरी एकाइहरूले एक साइलेन्स पेस्तोल फेला पारेका छन् । घाइते दुई जनाको अस्पतालमा उपचार भइरहेको र एकको अवस्था गम्भीर रहेको र घटनामा संलग्नलाई पक्राउ गर्न व्यापक अनुसन्धान थालिएको बताउनु भयो ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।