• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा ‘नम्बर वान’ बनाउन चाहन्छौंः मेयर महर्जन

नीतिप्रेस by नीतिप्रेस
September 25, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा पहिलो महानगरपालिका बनाउन चाहेको मेयर चिरिबाबु महर्जनले बताउनुभएको छ ।


बुधवार ललितपुरमा आगलागि नियन्त्रण सचेतना अभियान शुभारम्भ गर्दै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । मेयर महर्जनले ललितपुरको महानगर क्षेत्रमा विपद् व्यवस्थापनका लागि ४ मिनेटभित्र आवश्यक दमकल लगायतका सामग्रीहरु पु¥याई सक्नेगरी योजना तय गरिएको पनि बताउनु भयो । हाम्रो उद्देश्य भनेको नेपालमा रहेको २९३ वटा नगरपालिकाहरुमध्ये विपद्मा ललितपुर महानगरपालिका पहिलो बनाउनु रहेको उहाँको भनाई थियो । मेयर महर्जनले तत्काल विपद् व्यवस्थापनका लागि आफ्नो तर्फबाट गर्नुपर्ने कामहरु राम्रोसँग अघि बढाएको दाबी समेत गर्नुभयो । उहाँले विपद् व्यवस्थापनका लागि पुल्चोक दमकल सेन्टरलाई केन्द्र भागमा राखेर अन्य ठाउँमा पनि ४ वटा सवस्टेशनहरु बनाउने गरी अध्ययन गराइएको र सो कामलाई चालु आर्थिक वर्ष भित्रैबाट शुरु गर्ने समेत जानकारी दिनुभयो । 
मेयर महर्जनले भन्नुभयो, ‘हाम्रो उद्देश्य भनेको नेपालमा २९३ वटा नगरपालिकाहरु छन् भने ती सबै नगरपालिकाहरुमध्ये विपद्मा हामी ललितपुर महानगरपालिका नम्बर वान हुन चाहन्छौ । यसका निमित्त हाम्रो तर्फबाट गर्नुपर्ने काम कुराहरु एकदमै राम्रोसँग अगाडि बढिरहेको छ । र हालसालै हामीले एउटा अध्ययन पनि गराएका छौँ कि ललितपुर नगर क्षेत्रमा कुनैपनि ठाउँमा विपद् हुँदाखेरी ४ मिनेट भित्रमा हाम्रो विपदका अवयवहरु दमकल, एम्बुलेन्सलगायतका सामग्रीहरुको त्यो ठाउँमा पुग्नुपर्छ भन्ने किसिमको अध्ययन गरिएको छ । त्यही प्रतिवेदन अनुसार ललितपुर महानगर क्षेत्रमा पुल्चोकको जुन दमकल छ । त्यसलाई सेन्टरमा पारेर ४ वटा थप ठाउँमा सवस्टेशन खोल्नुपर्छ भन्ने उहाँहरुको सुझाव छ । र सोही सुझाव अन्तर्गत हामीले अहिले यो वर्ष ललितपुर महानगरपालिकाको रातो पुस्तिकामा त्यो बजेटको व्यवस्था पनि गरेका छौँ । तर यो भन्न सजिलो, गर्न महाभारत छ । गर्न धेरै गाह्रो छ । तर पनि यो वर्ष हामी त्यसको शुभारम्भ गर्दैछौं । मलाई जहाँसम्म लाग्छ–१÷२ वर्ष लाग्ला तर त्यो पूरा हुन्छ भन्ने कुरा मैले यहाँहरुलाई निवेदन गरेँ ।’


मेयर महर्जनले ललितपुर महानगरपालिकाले आफ्नो महानगर क्षेत्र भित्रको मात्रै नभई ललितपुर जिल्लाका सबै स्थानीय तहलाई पनि विपद् व्यवस्थापनमा सहयोग गर्ने लक्ष्य लिएको पनि बताउनु भयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

मधेस प्रदेश सरकारका सय दिने कार्य विवरण सार्वजनिक

Next Post

न्यायपालिका पनि संसदको काममा प्रभावी हुने गरेको छः सभामुख घिमिरे (अन्तरवार्ता)

Next Post

न्यायपालिका पनि संसदको काममा प्रभावी हुने गरेको छः सभामुख घिमिरे (अन्तरवार्ता)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन