• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विपद् व्यवस्थापनको नीतिगत आधार नै वैज्ञानिक छैन, अन्तरनिकाय समन्वयको पनि अभाव देखियोः डाक्टर वसन्तराज अधिकारी

नीतिप्रेस by नीतिप्रेस
October 1, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]


विपद् व्यवस्थापनको नीतिगत आधार नै वैज्ञानीक नभएका कारण विपद्जन्य अवस्थामा सधँै अन्तर निकाय समन्वयको अभाव देखिने गरेको छ ।


सरकारका योजनाहरु विज्ञानले प्रतिपादन गरेको तथ्यमा आधारित हुन नसक्दा विकासले विनास निम्त्याइरहेका छन् । विश्वविद्यालय तहमा भएका अध्ययन प्रतिवेदन तथा सरोकारवाला सरकारी निकायका सुझावहरुलाई पनि समयमै सम्बोधन गर्न नसकेका कारण पनि विपद्जन्य घटनाबाट हुने जोखिम न्युनिकरण गर्न नसकेको देखिन्छ । मुलुकले पछिल्ला दिनमा भोग्नुपरेको विपद्जन्य घटनाको हानी नोक्शानी अपूरणीय छ । सरकारका नीति नियम, ऐन र योजनाहरु विज्ञानमा आधारित तथ्यमा टेकेर तर्जुमा हुन नसकेका कारण पनि मुलुकले ठूलो क्षति व्यहोर्नुपरेको हो । सबै प्रकारका विपद्हरु मानव नियन्त्रणमा नहुने भएपनि क्षति न्युनिकरण गर्नसक्ने प्रशस्त सम्भावना हुँदाहँुदै अन्तर निकायबीचको समन्वय अभावका कारण ठूलो क्षति व्यहोर्नुपरेको यस क्षेत्रमा कार्यरत विज्ञको धारणा छ ।
सबै प्रकारका विपद् व्यवस्थापन प्रयोजनका लागि गठन भएको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको भुमिका प्रभाकारी बन्न नसकेको भन्दै आलोचना भइरहेका बेला विपद् विज्ञले पनि सरकारी निकायबीच समन्वय हुन नसकेको टिप्पणी गरेका हुन् ।
इन्जिनियरिङ अध्ययन संस्थान, विपद् अध्ययन केन्द्रको निर्देशक डाक्टर वषन्तराज अधिकारीले वैज्ञानिक आधार विनाका सरकारका नीति र अन्तर निकाय समन्वय अभावका कारण विपद्जन्य घटनाबाट ठूलो हानी नोक्शानी व्यहोर्नुपरेको बताउनु भयो । उहाँले कुनैपनि प्राकृतिक प्रकोप अथवा विपदलाई रोक्न नसकिने भएपनि प्रभावकारी पूर्वतयारी र विपद प्रतिकार्यबाट हानी नोक्शानीलाई कमगर्न सकिने बताउनु भयो । तर त्यसका लागि अन्तर सरकारी निकायबीच आवश्यक समन्वय हुनुपर्ने तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो “अन्तर निकायबीचको समन्वय भएन विपद व्यवस्थापनमा भनेर विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण बन्यो । त्यसको काम नै विश्वविद्यालय, संघ,संस्थाहरु, नेपाल सरकारसँग भएका निकायहरुलाई समन्वय गरेर वृहत्तर विपद व्यवस्थापनको जोखिम न्यूनिकरण गर्ने हो   अथवा विपद व्यवस्थापन गर्ने हो । तर एक अर्का निकायबीचको समन्वय नभएको देखिन्छ । हामीले साइन्स बेस डिसिजन मेकिङ प्रोसेस अथवा इभिडेन्स बेस डिसिजन मेकिङ प्रोसेस हुनुपर्छ भनिरहेका छौँ । तथ्यगत आधारमा नीति बन्नुपर्छ । विश्वविद्यालयतहमा भएका अध्ययनका तथ्यहरुलाई राज्यले नीति निर्माणको तहमा लागू गरेको देखिँदैन ।”
उहाँले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्बन्धी ऐन बन्नु र छुट्टै निकाय गठन हुनु कोशेढुंगा सावित भएको उल्लेख गर्नुभयो । त्यसैगरी विपद् व्यवस्थापनमा सुरक्षा, कामकारबाही, विश्वविद्यालय तहमा भएका अध्ययन तथा नेपाल सरकारका नीति, ऐन, कार्यक्रम, निर्देशिका, कार्यादेश, रणनीतिहरु लगायतले नेपाल दक्षिण एशियामा नै निकै राम्रो अवस्थामा रहेको भएपनि केन्द्र, प्रदेश र स्थानीय सरकारबीचको समन्वय भने अझै अभाव रहेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो “नेपालमा विपद् व्यवस्थापनमा हेर्ने हो भने पहिला भन्दा निकै नै राम्रोसँग आगाडि बढेको देखिन्छ । सन् २०१७ मा कानून बनायौ । त्यो नेपालको विपद् व्यवस्थापनको एउटा कोशेढुंगा हो । विपद् व्यवस्थापनमा हाम्रो सुरक्षा, कामकारबाही, विश्वविद्यालय तहमा भएका अध्ययन तथा नेपाल सरकारका नीति, ऐन, कार्यक्रम, निर्देशिका, कार्यादेश, रणनीतिहरु हेर्दा हामी कानूनी हिसावले दक्षिण एशियामा नै निकै राम्रो अवस्थामा छौँ । तर विपद् व्यवस्थापनमा केन्द्रिय सरकार र स्थानीय सरकारबीच राम्रो समन्वय हुन सकेको छैन ।”
उहाँले पछिल्ला दिनहरुमा सबै विपद्का घटनालाई जलवायुजन्य घटना भनेर हल्ला टिप्पणी हुने गरेको उल्लेख गर्दे पर्याप्त तथ्य बिना सबै कुराहरु जलवायु परिवर्तनका कारण भएका हुन भन्ने भाष्य निर्माण गर्नु सही नहुने तर्क गर्नुभयो । 
उहाँले भन्नुभयो “सबै कुराहरु जलवायु परिवर्तनका कारण भएका हुन भन्ने भाष्य निर्माण गर्नु सही होइन । हाम्रो हिमालय पर्वतमा हुने सम्पूर्ण क्रियाकलापहरुलाई जलवायु परिवर्तन नै हो भनेर ठोकुवा गर्न वैज्ञानिक तथ्यहरुको आवश्यक्ता पर्दछ । अन्तर्राष्ट्रिय रुपमा यो जलवायु परिवर्तनको कारणले भएको हो भन्न तथ्यको विश्लेषण हुनुपर्छ । मेलम्चीको बाढीलाई हेर्ने हो भने जलवायु परिवर्तनका कारण भएको हुन सक्ला । तर जुन ठाउँबाट सेग्मेन्टहरु आयो, त्यहाँ कसरी आयो भन्ने कुरा अहिले पनि हामीले अनुमानको आधारमा भनिराखेका छौं । गोर्खाको वीरेन्द्र तालको सवाल पनि त्यस्तै छ । त्यो ताल फुटेको होइन । पानी मात्रै बाहिर आएको हो । माथिको हिमनदी फुटेर तालमा खस्यो । हेर्दाखेरी चाहीँ तापक्रम वृद्धिले गर्दा हिमनदी फुटेजस्तो देखिन्छ । तर त्यहाँ हाम्रो तापक्रम नाप्ने स्टेशन छैन । तर त्यो प्रक्रिया चाहीँ जलवायु परिवर्तनको कारण भएको भन्न सकिन्छ । थामेकै उदाहरण हेर्ने हो भने पनि त्यहाँ अरु त कुनैपनि कारण देखिएको छैन । हिमालमा हिउँ पग्लियो अनि तालमा पानी बढी भयो । सन् २०१५ को लामटाङ घटना बारे केही समय अघि एउटा अध्ययन प्रकाशित भएको छ । अध्ययनले २०७२ सालको भूकम्प अगाडि नै त्यहाँ तापक्रम बढेर एक प्रकारको परिर्वतन आएको थियो र भूकम्पले अझ बढी जोखिम ल्याईदियो भन्ने देखाउँछ । त्यसैले यस्ता घटना चाँही जलवायुजन्य प्रकोप नै हो भन्न सकिन्छ तर सबै कुराहरुलाई जलवायु परिर्वतनकै कारण भएको भन्न चाहीँ सकिँदैन । ”
उहाँले विपद् र प्रकोप तथा मानव श्रृजित विपद्बारे स्पष्ट हुनु जरुरी रहेको बताउनु भयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

विपद्मा परेका २५८ जनाको हवाई उद्धार, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र ललितपुरमा उद्धार जारी

Next Post

विपद् पीडितलाई सहयोग गर्न एमाले सांसदहरुले आधा महिनाको पारिश्रमीक राहत कोषमा जम्मा गर्ने

Next Post

विपद् पीडितलाई सहयोग गर्न एमाले सांसदहरुले आधा महिनाको पारिश्रमीक राहत कोषमा जम्मा गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन