• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्री ओलीको आह्वानः मुलुकमा आइपरेको विपत्तिको मिलेर सामना गरौँ

नीतिप्रेस by नीतिप्रेस
October 2, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबान पीडितको राहत, उद्धार, सहयोग र पुनर्निर्माणको कामका जुट्न आह्वान गर्नुभएको छ ।


मुलुकमा विपद्ले निम्त्याएका संकट समाधानलगायतका विषयमा मंगलवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले सरकारले पीडित जनताको उद्धार तथा राहतका लागि सक्दो पहल गरेको र केही कमजोरी भए त्यसलाई सच्याएर अघि बढ्ने बताउनु भयो । पीडित जनताको उद्धार, राहत, सहयोग, पुनर्निर्माणका कामहरु गर्ने बेला भएकाले यसमा सम्पूर्ण नेपालीहरु एकजुट हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले सिंगो मुलुक विपदमा परेको उल्लेख गर्दै त्यसलाई सबैले मिलेर सामना गर्नुपर्ने बताउनु भयो । विपत्तिले कुनै राजनीतिक रंग, कुनै पेशा, कुनै व्यवसाय केही छुट्याएर मर्का पारेको नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसको सामना गर्ने कुरामा सबै लाग्नुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो,‘यो बेला भनेको जनताले भोगी रहेको पीडा जुन छ । त्यस पीडामा उद्धार, राहत, सहयोग, पुनर्निर्माणका कामहरु गर्ने हो । यतिबेला यस्ता कुराहरुमा हामी नेपालीहरु सम्पूर्ण एक हुनुपर्दछ । एक भएर यो साझा विपत्तिको सामना गर्नुपर्दछ । यस विपत्तिले कुनै राजनीतिक रंग, कुनै पेशा, कुनै व्यवसाय केही छुट्टयाएर मर्का पारेको हुँदैन । सबैलाई यसले मर्का पारेको हुन्छ । यो साझा राष्ट्रिय पीडाको कुरा हो । त्यसकारण देशले ३ दिन शोक मनाउने, आधा झण्डा झुकाउने भन्ने निर्णय गरेको छ सरकारले । यतिबेला कमी कमजोरीहरु कहीँ छन् । त्यो देखाउन सकिन्छ । तर केही राम्रा कामहरु पनि भएका होलान । सरकारले राम्रो काम पनि गरेको होला । सुरक्षाकर्मीहरुले पनि गरेका होलान । ४ हजार भन्दा बढी मानिसलाई रेस्क्यु नगरेको भएत उनीहरु बाँच्न गाह्रो थियो नि त । चार हजार भन्दा बढि मानिसलाई त बचाइएको छ । चार हजार भन्दा बढिको उद्धार गरेर उहाँहरुको जीवन जोगाएको छ । यो कुराहरु पनि हामीले देख्नु पर्छ भन्ने लाग्छ मलाई । केही गर्दै नगरेको होइन । सक्दो गरेको छ । यसमा कहीँ कमीकमजोरी भएको पनि हुनसक्छ । ती आगामी दिनहरुमा गम्भिरताका साथ लिनुपर्दछ । र सच्याउनु पर्दछ त्यस्ता कुराहरु । कमीकमजोरीहरु हुन दिनु हुँदैन । सच्याउनु पर्छ । हामीसँग भएको, राज्यसँग भएको, समाजसँग भएको, यो खाली राज्यको मात्रै विषय पनि होइन । किन, राज्यको मात्रै विषय भए अहिले पुनर्निर्माणको लागि, रेस्क्यु अपरेशनका लागि अथवा अरु राहत, सहयोगका लागि विभिन्न संघ, संस्थाहरुले, व्यक्तिहरुले, व्यवसायीहरुले कोषमा सहयोग पु¥याउनु हुनुहुने थिएन । यो सरकारको मात्रै विषय पनि होइन । यो सिंगो समाजको विषय हो । सिंगो नेपाल यसबाट मर्माहत छ । अत्यन्त दुःखित छ । केही ठाउँमा ढिलो भएको पनि हुनसक्छ । तर जानीजानी ढिलो गर्ने, लापरबाही गर्ने कुरा त कसरी भयो होला र । ’
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले केही ठाउँमा उद्धारको काम ढिलो भएको  हुनसक्ने स्वीकार गर्दै अब तिब्रताका साथ अघि बढ्ने पनि बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छः गृहमन्त्री लेखक

Next Post

व्यवसायी भन्छन्ः ‘दशैं आयो तर व्यापार छैन’

Next Post

व्यवसायी भन्छन्ः ‘दशैं आयो तर व्यापार छैन’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन