• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

केन्द्रिय कारागार अस्पतालको सेवा र जनशक्ति बढाउनुपर्नेमा जोड

नीतिप्रेस by नीतिप्रेस
October 2, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

काठमाडौंको त्रिपुरेश्वरस्थित केन्द्रिय कारागार अस्पतालको सेवा, सुविधा र जनशक्ति बढाउनुपर्नेमा सरोकारवाला निकायहरुले जोड दिएका छन् ।


बुधवार केन्द्रीय कारागार अस्पताल त्रिपुरेश्वरको वार्षिक प्रगति प्रतिवेदन तथा स्मारिका, २०८१ सार्वजनिक कार्यक्रममा बोल्दै सरोकारवाला सरकारी निकायका प्रतिनिधिहरुले यसको सेवा, सुविधा र जनशक्ति बढाउनुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा बोल्दै  गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले केन्द्रिय कारागार अस्पतालले कैदीबन्दीहरुले पाउनुपर्ने आधारभुत स्वास्थ्य सेवा दिइरहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले यहाँ पूर्वाधारहरुको अभाव रहेको अवस्थामा नख्खु कारागारमा बनेको पूर्वाधारमा अस्पताललाई स्थानान्तरण गरेर सञ्चालन गर्न सकिने बताउनु भयो । यहाँले छिटोभन्दा छिटो नख्खु कारागारमा अस्पताल सार्न आग्रह गर्नुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न विकास साझेदार संस्थाहरुलाई अस्पतालमा जोड्दै सेवा बिस्तार गर्नुपर्ने बताउनु भयो । 
उहाँले भन्नुभयो – ‘गाँस, बास, कपास सबै सुनिश्चिततासहित कैदी, बन्दीलाई हामीले हेर्नुपर्ने अवस्था छ । सामुहिक बसाईं, खानपान, आनिबानि, व्यवहारदेखि धेरै कुराहरुले स्वास्थ्यमा पार्ने समस्या त्यसमा पनि क्षमताभन्दा बढी कैदी, बन्दी राख्नुपर्ने कारणले पनि सिर्जना भएका विविध समस्याहरुमा स्वास्थ्य समस्या समाधान गर्ने प्रयत्न यहाँहरुले गरिरहनुभएको छ । आधारभुत स्वास्थ्य सेवाबाट वञ्चित नगराउने जुन प्रयत्न गरिरहनु भएको छ, यो प्रशंसनीय छ । नख्खु कारागारमा बनेको पूर्वाधारमा तत्कालै सेवा स्थानान्तरण गरेर त्यहाँबाट सञ्चालन गर्न सकिने स्थिति रहेछ । त्यसलाई छिटोभन्दा छिटो सञ्चालन गरेर यहाँको चाप पनि घटाउने र अहिले प्रदान गरिएको सेवामा केही स्तरोन्नति र बिस्तार गर्न सकिनेछ भने त्यो विषयमा पनि प्रयत्न गर्न आग्रह गर्न चाहान्छु । विभिन्न विकास साझेदारहरु स्वास्थ्य क्षेत्रसँग अत्यन्त धेरै आवद्ध भएको अवस्था छ । कम्तिमा एक दुई वटा विकास साझेदारलाई केन्द्रिय कारागार अस्पतालको सेवा सुधारमा सहभागि गराउन पाइयो भने यहाँको सेवा पनि बिस्तार हुने, त्यो सँगसँगै चिकित्सक र स्वास्थ्यकर्मीलाई मनोबल दिन उत्प्रेणता दिन अरु कार्यक्रम पनि राख्न सकिने हुन्छ । त्यसको लागि आग्रह गर्न चाहन्छु ।’


कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले कारागारमा रहने कैदी, बन्दीहरुमा सबैभन्दा धेरै मानसिक समस्या देखापर्ने भन्दै अस्पतालको मानसिक स्वास्थ्य विभागलाई स्रोत, साधन सम्पन्न बनाउनुपर्ने बताउनु भयो । उहाँले अस्पतालको जनशक्ति व्यवस्थापनको सम्बन्धमा पुनरावलोकन गरी जनशक्ति व्यवस्थापन गरिने उल्लेख गर्नुभयो । 
उहाँले भन्नुभयो – ‘कारागारमा भएका व्यक्तिहरुको धेरै समस्या मानसिक समस्या हो । ललितपुरमा मनोसामाजिक अस्पताल भनेको धेरै शुरु भएको अगाडीदेखि नै हो । तर राम्रो हुन सकेको छैन । यहाँ पनि मानसिक विभाग छ । यसलाई पनि सुधार ग¥यो भने हुन्छ । कैद भोगिरहनुभएका व्यक्तिहरुको मानसिक समस्या केही न केही रुपमा अन्यको तुलनामा बढी नै हुन्छ । त्यसमा हामीले शुरुमा नै पत्ता लगाउन सक्यौँ निरोगात्मक पद्धतिको विकास हुन्छ । विगतदेखि नै त्यो अस्पताल सञ्चालन गर्न धेरै प्रयास भएपनि केही न केही अपुग रुपमा सञ्चालन भएको छ । त्यसलाई स्रोत, साधन उपलब्ध गराएर, दरबन्दी बढाएर राम्रोसँग सञ्चालन गरौँ । जनशक्तिको व्यवस्थापनमा खासै समस्या छैन अन्य अस्पतालमा पनि । पुनरावलोकन गर्नुपर्ने अवस्था छ । जनशक्ति बढाउनुपर्ने छ ।’


उहाँले आवश्यक स्रोत, साधन परिपूर्ति गर्नका लागि मन्त्रालयले सरोकारवाला निकायहरुसँग छलफल गर्ने र काम अगाडी बढाउने बताउनु भयो ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

व्यवसायी भन्छन्ः ‘दशैं आयो तर व्यापार छैन’

Next Post

नेपाल—कोरिया कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा

Next Post

नेपाल—कोरिया कुटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन