• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

दशैँमा मात्रै ४ करोड जोडी स्वदेशी जुत्ता–चप्पल खपत हुन्छः व्यवसायी

नीतिप्रेस by नीतिप्रेस
October 5, 2024
in अर्थ/वाणिज्य, नेपाली समाचार आजको, समाचार
0
दशैँमा मात्रै ४ करोड जोडी स्वदेशी जुत्ता–चप्पल खपत हुन्छः व्यवसायी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]


आत्मनिर्भरतर्फ उन्मुख नेपाली जुत्ता–चप्पलले बजारमा पछिल्लो समय वर्चस्व कायम गर्न थालेको छ ।


नेपाली जुत्ता–चप्पल उद्योगले आयात प्रतिस्थापन गरेको छ । नेपाली जुत्ता–चप्पल उद्योगसँग वार्षिक करिव १६ करोड जोडी जुत्ता–चप्पल उत्पादन गर्ने क्षमता छ । नेपाली बजारमा उपभोक्ताको वार्षिक जुत्ता–चप्पलको माग १० करोड रहेको छ । १० करोड जोडी जुत्ता–चप्पल माग रहेकोमा नेपाली उद्योगहरुले ८० प्रतिशत हिस्सा ओगटेको छ । पछिल्लो समय नेपाली बजारमा जुत्ता–चप्पलको माग वृद्धि हुँदै गएको छ । आगामी वर्षसम्म यो माग बढेर वार्षिक ११ करोड जोर पुग्ने देखिए पनि भएका उद्योगहरु क्षमताअनुसार चल्न सकेका छैनन् । अब स्वदेशी उद्योगहरू मुलुकमा रहेको जुत्ता–चप्पलको  माग धान्दै निर्यात गरी विदेशी मुद्रा आर्जन गर्नसक्ने अवस्थामा पुगेका छन् । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालका अध्यक्ष रुद्र न्यौपानेले नेपाली उद्योगीहरुले अहिले बजारको मागलाई पूरा गरी विदेश निर्यात गर्ने सोचमा रहेको बताउनु भयो । उहाँले उद्योगी व्यवसायीहरुले नेपाली जुत्ता–चप्पललाई गुणस्तरीय र आवश्यकताअनुसार उत्पादन गरी विकास गर्दै लगेको बताउनु भयो । उहाँले नेपाली बजारको करिव ५०–६० प्रतिशत हिस्सा स्वदेशी उत्पादनले ओगटेको बताउनु भयो । उहाँले अहिले नेपाली जुत्ता विदेशी ब्राण्डसँग प्रतिष्पर्धा गर्न सक्षम भएको उल्लेख गर्नुभयो । उहाँले नेपाली उपभोक्तामा नेपाली जुत्तामा विश्वास गरी प्रयोग गर्ने क्रम बढेको बताउनु भयो । उहाँले सबै नेपालीहरुले स्वदेशी उत्पादनलाई माया गरेकाले जुत्ता–चप्पल उद्योग आत्मनिर्भरको अवस्थामा पुगेको बताउनु भयो । उहाँले फुटवेयरमा फेसनवाला समान बेच्ने भएकाले दशैँ बजारको मुख्य हिस्सा रहेको बताउनु भयो । उहाँले वार्षिक रुपमा विक्री हुने जुत्ताचप्पलमध्ये दशैँको समयमा ४० प्रतिशत र अन्य समयमा ६० प्रतिशत रहेको बताउनु भयो । उहाँले देशभर आएको बाढी पहिरोको कारण दशैँको लागि जुत्ता किन्ने उपभोक्ताहरुमा कमी देखिएको बताउनु भयो । उहाँले अन्य क्षेत्र भन्दा जुत्ताचप्पल व्यवसायको क्षेत्रमा सुधार देखिएको बताउनु भयो । उहाँले  फुटवेयर क्षेत्रको ठूलो समस्या चोरी पैठारी रहेको भन्दै भारतका नाकाबाट हुने चोरी पैठारी सरकारले तत्काल रोक्न आवश्यक रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले बाढी, पहिरोको कारण सडकहरु बन्द भएकाले चोरी पैठारी बढ्ने देखिएकोे बताउनुभयो । उहाँले जुत्ता,चप्पल उद्योग पनि सिमेन्ट उद्योग जस्तै हुने हो की भन्ने चिन्ता व्यवसायीहरुमा रहेको बताउनु भयो । उहाँले गुणस्तरी र पर्याप्त फेसन सहितका जुत्ता दिन व्यवसायीहरु तयार रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘फुटवेयरमा फेसनवाला समान बेच्ने भएकाले दशैँ बजारको मुख्य हिंस्सा हो । वार्षिक रुपमा बिक्रि हुने जुत्ताचप्पल दशैंको समयमा ४० प्रतिशत र अन्य समयमा ६० प्रतिशत हुने गरेको छ । पछिल्लो समय नेपाली फुटवेयर क्षेत्रमा राम्रो विकास भइरहेको छ । बाहिरबाट आउने फेन्सी जुत्ताहरु पनि नेपालमा नै बनिरहेको थियो । देशभर आएको बाढी पहिरोको कारण दशैँको लागि उपभोक्ताहरु तयार भइनरहेको अवस्था देखिन्छ । तर अन्य क्षेत्र भन्दा जुत्ताचप्पल व्यवसायको क्षेत्रले सुधार देखिन्छ । नेपाली जनताले नेपालमा उत्पादित जुत्तालाई माया गरिदिनु भएको छ । उद्योगीहरुलाई हौसला बढिरहेको छ । हामी नेपाललाई जुत्ताचप्पलमा आत्मनिर्भर बनाएर विदेशमा निर्यातको लागि मेहनत गरिरहेका छौं । फुटवेयर क्षेत्रको ठूलो समस्या भनेको चोरी पैठारी हो । भारतका नाकाबाट चोरी पैठारी हुने गरेको छ । बाढी पहिरोको कारण सडकहरु बन्द भएकाले चोरी पैठारी बढ्ने देखिएको छ । तराई क्षेत्रका बजारमा चोरी पैठारीका समान बढ्ने देखिन्छ । चोरी पैठारी सरकारले रोक्नुपर्छ । जुत्ताचप्पल उद्योग पनि सिमेन्ट उद्योग जस्तै हुने हो की ? भन्ने लाग्छ । गुणस्तरी र प्रर्याप्त फेसन सहितका जुत्ता दिन व्यवसायीहरु तयार छन् ।’ 


त्यस्तै से ल्याण्ड जुत्ताका प्रवन्ध निर्देशक सुरज बञ्जाडेले वर्षभर विक्री हुने जुत्ताको ४० प्रतिशत व्यापार दशैँको समयमा हुने गरेको बताउनु भयो । उहाँले दशैंको समयमा जुत्ताचप्पल धेरै विक्री  हुने गरेको भएपनि यो वर्ष आर्थिक मन्दी र पछिल्लो बाढी पहिरोको कारण व्यापारमा कमी आउने देखिएको बताउनु भयो । उहाँले जुत्ता–चप्पल गुणस्तर र उत्पादन व्यवसायीहरु बिस्तारै वृद्धि गरिरहेको भन्दै ८० प्रतिशत नेपाली जुत्ताचप्पल रहेको दाबी गर्नुभयो । गत वर्षको भन्दा यो वर्ष धेरै आशावादी रहेको बताउनु भयो । उहाँले दशैँको लागि उपभोक्ताहरुले खरिद गर्ने समयमा मुलुकभर लगातार परेको पानीको कारण बाढी, पहिरोले प्रभावित बनाएको बताउनु भयो । बाढी पहिरोका कारण विगतको तुलनामा यो वर्ष २० प्रतिशत जुत्ताचप्पलको विक्री कम हुने अवस्था देखिएको उहाँको भनाई छ । १० करोड जुत्ताको माग भए पनि दशैँको समयमा मात्रै ४ करोड जुत्ता खपत हुने गरेको बन्झाडेले उल्लेख गर्नुभयो । उहाँले पछिल्लो समय नेपाली फुटवेयर क्षेत्र राम्रो हुँदै गएको जानकारी दिनुभयो । उहाँले उद्योगीहरुले उत्पादन गरेको जुत्ता,चप्पलहरु नेपाली नागरिकलाई पु¥याएर विदेशमा निर्याततर्फ व्यवसायीको ध्यान केन्द्रित भएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘वर्षभर बिक्रि हुने जुत्ताको ४० प्रतिशत व्यापार दशैँको समयमा हुन्छ । नेपाली सबै कम्पनीको गरेर । दशैँको समयमा जुत्ताचप्पल धेरै बिक्रि हुन्छ । मुलुकमा आर्थिक मन्दीदेखि अन्य समस्याहरु छन् । व्यवसायीहरु बिस्तारै वृद्धि गरिरहेका छौं । गत वर्षको भन्दा केही आशावादी छौ । दशैँको लागि उपभोक्ताहरुले खरिद गर्ने समयमा मुलुकभर लगातार परेको पानीको कारण बाढी पहिरोले प्रभावित बनाएको छ । बाढी पहिरोका कारण विगतको तुलनामा यो वर्ष २० प्रतिशत जुत्ताचप्पलको विक्री कम हुने अवस्था देखिएको छ । १० करोड जुत्ता बन्ने तर ४ करोड जुत्ता यही समयमा बेच्ने गर्छौं । व्यापार व्यवसाय चल्न उपभोक्ताको मुभमेन्ट हुनुपर्छ । फुटवेयर क्षेत्र राम्रो हुँदै गएको छ । उद्योगीहरुले उत्पादन गरेको जुत्ताचप्पलहरु नेपाली नागरिकलाई पु¥याएर विदेशमा निर्याततर्फ ध्यान केन्द्रित भएको छ । बजारमा अहिले ८० प्रतिशत नेपाली जुत्ताचप्पल रहेको छ ।’ 


नेपाली जुत्ता–चप्पल करिव २ हजार बढी उद्योग छन् । नेपाल जुत्ता उत्पादक संघका जुत्ता–चप्पल उद्योगमा ३० अर्ब रूपैयाँभन्दा धेरै लगानी छ । उद्योगहरुले वार्षिक ३५ अर्ब रुपैयाँ भन्दा बढीको बराबरको कारोबार गर्ने गरेका छन् । वार्षिक कारोबारको हिसावले दशैँमा ४० प्रतिशत व्यापार हुने हुँदा करिव १४ अर्ब रुपैयाँको कारोबार दशैँको समयमा गर्ने गरेका छन् ।

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

छैटौं एशियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने

Next Post

डिजिटल नेपाल सरकारको पहिलो एजेण्डाः सञ्चारमन्त्री गुरुङ

Next Post
डिजिटल नेपाल सरकारको पहिलो एजेण्डाः सञ्चारमन्त्री गुरुङ

डिजिटल नेपाल सरकारको पहिलो एजेण्डाः सञ्चारमन्त्री गुरुङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन