• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

बीउ विजन विक्री वितरणमा कडाईका साथ अनुगमन हुन्छः मन्त्री अधिकारी

नीतिप्रेस by नीतिप्रेस
October 21, 2024
in नेपाली समाचार आजको
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले बीउ बिजन नियमावलीअनुसार बीउ विजन विक्री नगरे कारबाही हुने बताउनुभएको छ ।


सोमवार मन्त्रालयमा मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले  निजी तहबाट बीउ बिजन किनेर ल्याउने गरेको भन्दै कागजात नराखेका ठाउँमा बीउ बिजन नियमावलीअनुसार कारबाही हुने बताउनु भयो । किसान पनि बीउ बिजनहरु किन्दा सचेत रहनुपर्ने बताउनु भयो । उहाँले बीउ विजन विक्री वितरणमा कडाईका साथ अनुगमन गर्ने बताउनु भयो । बाढी, पहिरो र डुबानका कारण कृषि तथा पशुपंक्षी क्षेत्रमा करिव ६ अर्ब नोक्शानी भएको बताउनु भयो । विपद्बाट प्रभावित किसानलाई राहत उपलब्ध गराउने विषयमा सरकारले आफ्नो सामथ्र्यले भ्याएसम्म कामअघि बढाइसकेको जानकारी दिनुभयो । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि केही नीतिगत तथा संस्थागत सुधार र कृषकहरुलाई उपलब्ध गराइने सहुलियत÷सेवा प्रवाहमा सुधार गर्ने प्रयास भएको छ। रासायनिक मलको सहज उपलब्धता, दुग्ध कृषकलाई दिनुपर्ने भुक्तानी, उखु किसानले पाउनुपर्ने प्रोत्साहन अनुदानको निकासा, बाली बीमा कार्यक्रमको प्रभावकारी रुपमा सुचारु तथा कार्यान्वयन लगायतका महत्वपूर्ण उपलब्धिहरु हासिल भएको बताउनु भयो । हालसम्मै उच्च मात्रामा रासायनिक मल आपूर्ति गर्न र उखु कृषकलाई समयमै प्रोत्साहन अनुदान उपलब्ध गराउन मन्त्रालय सफल भएको दाबी गर्नुभयो । अधिकांश दुग्ध कृषकको जेठ मसान्तसम्मको भुक्तानी हुन बाँकी रकम उपलब्ध गराइएको र यस अवधिमा थप १ लाख ३५ हजार किसान सूचीकृत भएको जानकारी दिनुभयो । १ लाख ७९ हजार ७ सय पशुवस्तुमा कृत्रिम गर्भाधान सेवा प्रदान गरिएको र पशुपंक्षीमा लाग्ने सङ्क्रामक रोगविरुद्ध ५० लाख मात्रामा खोप उत्पादन भई वितरण भएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘हामीले प्राइभेट तहबाट यो बीउ किनेर ल्याएका छौँ । कि त त्यसको कागज राख्नुप¥यो । कहाँबाट किनेर ल्याएको हो । कारबाहीमा जानुप¥यो । होइन भने यस पटक बीउ बिजन नियमावली आएको छ । त्यसअनुसार कारबाही हुन्छ । त्यसका लागि हामी अलि सचेत रहनुपर्छ । बीउ बिजन नियमावली आएको छ । त्यसखनुसार कारबाही हुन्छ । व्यक्ति जो कोही होस् । निजी तह होस्, सरकारी तह होस् । त्यस्तो बीउ बिजन वितरण र विक्री गर्न पाइँदैन । यसमा कडाईका साथ आगामी दिनमा अघि बढ्छौँ ।’


मन्त्री अधिकारीले वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रुपमा मनाउने घोषणा गरेको र प्रयोगशाला सुविधासहितका १३ वटा एकीकृत कृषि तथा पशुपन्छी सेवा केन्द्र सम्बन्धित १३ वटा स्थानीय तहहरुलाई हस्तान्तरण गरिएको बताउनु भयो । खाद्य वस्तुको स्वच्छता तथा गुणस्तर कायम गर्न तथा नियमित बजार अनुगमनलाई प्रभावकारी बनाउन खाद्यवस्तुको स्वच्छता तथा गुणस्तर जाँचका यन्त्रहरु जडित मोबाइल भ्यान सञ्चालनमा ल्याइएको बताउनु भयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

गोपनियताको शपथ नराखौं, संविधान/कानून पालना गर्छु भने पुग्छः प्रमुख सूचना आयुक्त गुरुङ

Next Post

नागरिक समाजको ठाउँलाई साँघुरो पार्नु हुँदैनः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

Next Post

नागरिक समाजको ठाउँलाई साँघुरो पार्नु हुँदैनः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन