• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

संस्कृतिमन्त्री पाण्डेको सय दिनः यस्ता छन् उपलब्धिहरु

नीतिप्रेस by नीतिप्रेस
October 24, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय दिनको अवधिमा मन्त्रालयबाट भएको उपलब्धिहरु सार्वजनिक गरेको छ ।


बिहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पत्रकार सम्मेलन गर्दै आफूले कार्यभार सम्हालेको सय दिनमा मन्त्रालयबाट भएका प्रमुख कार्य तथा उपलब्धिहरु सार्वजनिक गर्नुभएको हो । सय दिनको अवधिमा नागरिक उडड्यनतर्फ नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायको रुपमा छुट्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०८१ र हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसदमा दर्ता गर्न स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पेश गरिएको बताइएको छ । त्यस्तै नेपालको नागरिक उड्डयन प्रणालीलाई सुरक्षित एवं विश्वसनीय बनाउन यस अघिका सबै दुर्घटना जाँच तथा अध्ययन समिति एवं आयोगले गरेका सिफारिस अध्ययन गरी सुझाव दिन सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन भई कार्य प्रारम्भ भएको मन्त्री पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय  विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहुलियत एवं प्रोत्साहन सहितको कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भई कार्यान्वयनमा रहेको छ । त्यसैगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २०८१ कार्तिक २४ गते देखि जजिरा एअरवेयजले हप्तामा तीन र फ्लाई दुबईले दैनिक एक अन्तर्राष्ट्रिय उडान गर्नेगरी कार्यतालिका स्वीकृत गरिएको पनि उहाँले जानकारी दिनुभयो । मन्त्रालयले आन्तरिक वायुसेवाले व्यहोर्नुपर्ने यात्रुको दायित्व तथा बीमालाई समयानुकुल वृद्धि गर्न हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा व्यवस्था गर्ने विधेयकको मस्यौदा तर्जुमा गरी स्वीकृतिको प्रकृया अघि बढाइएको पनि उहाँले उल्लेख गर्नुभयो ।


उहाँले विपद्को अवस्थामा यातायात सेवा अवरूद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुलाई अतिरिक्त शुल्क नलाग्ने गरी टिकटको मिति परिवर्तन गर्न पाउने व्यवस्था मिलाइएको जानकारी दिनुभयो । त्यस्तै अवरुद्ध सडक सञ्जालहरू सञ्चालनमा नआएसम्म वायुसेवा कम्पनीले स्वीकृत हवाई भाडादरको अधिकतम सीमाको टिकट विक्री नगर्ने गरी व्यवस्था मिलाइएको उहाँको भनाई छ । उहाँले विमानस्थलहरूलाई विहान साढे ४ बजेदेखि रातिको १ बजेसम्म आन्तरिक उडानहरू सञ्चालन गर्ने व्यवस्था मिलाइएको पनि जानकारी गराउनु भयो ।
यस बीचमा, नेपाल र फ्रान्स बीच सम्पन्न भएको द्विपक्षीय हवाई सेवा सम्झौता र समझदारी पत्र संशोधन गर्ने कार्य अगाडी बढाइएको मन्त्रालयको भनाई छ । नेपाल र इण्डोनेशिया बीच द्विपक्षीय हवाई सेवा संझौता गर्ने प्रकृया अघि बढाइएको पनि जनाइएको छ । मन्त्री पाण्डेका अनुसार सौर्य एअरलाइन्सको वायुयान दुर्घटनाको अनुसन्धान गर्न जाँचबुझ आयोग गठन गरिएको र प्रारम्भिक प्रतिवेदनबाट प्राप्त सुझावहरू कार्यान्वयनका लागि निर्देशन दिइएको छ ।
पर्यटनतर्फ पर्यटन विधेयक, २०८१ सङ्घीय संसदमा दर्ता गर्न स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पेश गरिएको मन्त्री पाण्डेले जानकारी दिनुभयो । क्यासिनो नियमावली, २०८१ स्वीकृतिको लागि मन्त्रिपरिषदमा पेश गरिएको र पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ संशोधनका लागि मन्त्रिपरिषदमा पेश गरिएको उहाँको भनाई छ । त्यसैगरी नेपालका ५ हजार ८०० देखि ६ हजार ५०० मिटर उचाईका थप ५७ हिमाल आरोहणको लागि खुला गरिएको उहाँले जानकारी दिनुभयो । मन्त्रालयले पर्यटन विभागका सेवाहरू (पर्वतारोहण र होटल व्यवस्थापन) लाई अनलाईन प्रणालीमार्फत प्रवाह हुने व्यवस्था मिलाएको छ । त्यस्तै ग्रेट हिमालयन ट्रेलको थप ५ कि.मी. पदमार्ग निर्माण कार्य सम्पन्न गरेको र  हिमाल आरोहण र पदयात्राको क्रममा विपद् लगायतको अवस्थामा रहेका करिव २ सय जना पर्यटकहरूलाई उद्धार गरिएको पनि जानकारी गराइएको छ । उहाँका अनुसार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानद्वारा १००८ जनालाई पर्वतारोहण तथा होटल व्यवस्थापन सीपसम्बन्धी तालिम प्रदान गरिएको छ ।
मन्त्री पाण्डेले राष्ट्रिय संस्कृति नीति, २०८१ तर्जुमा गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिएको जानकारी दिनुभयो । सय दिनको अवधिमा प्रतिलिपि अधिकार विधेयक, २०८१ मस्यौदा तर्जुमा गरी सुझावको लागि नीति अनुसन्धान प्रतिष्ठानमा पठाइएको जनाइएको छ । त्यसैगरी पशुपति क्षेत्र विकास कोष ऐन, २९४४ को संशोधन मस्यौदा तर्जुमा गरिएको र संघीय भाषा विधेयक र संग्रहालय विधेयक तर्जुमा कार्य अघि बढाइएको जानकारी दिइएको छ । उहाँले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण तथा व्यवस्थापन) विधेयकको मस्यौदा तयार गरी स्वीकृतिको प्रक्रिया अगाडि बढाइएको पनि जानकारी दिनुभयो । उहाँका अनुसार अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) कार्यविधि, २०८१ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ भने भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदामध्ये थप ५ सम्पदाको पुनर्निर्माण कार्य सम्पन्न गरिएको छ ।
त्यस्तै युनेस्कोका सुझावहरू कार्यान्वयन गर्न लुम्बिनी विश्वसम्पदा संरक्षण कार्ययोजना स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ । सन् २०२५ भित्र तिलौराकोट, कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न तयारी स्वरूप आइसिओएमओएसको मिसनद्वारा अवलोकन तथा अध्ययन कार्य सम्पन्न भएको कुरालाई सय दिनको उपलब्धिको रुपमा राखिएको छ । पशुपति क्षेत्रमा अवस्थित विश्वरुपा मन्दिर तथा सत्तल पुनर्निर्माण कार्य सम्पन्न भएको पनि उपलब्धिको रुपमा राखिएको छ ।
त्यसैगरी, ललितपुरको गुईत टोलको चैत्यबाट हराई अमेरिकाको आर्ट इन्स्टिच्युट अफ सिकागोमा पुगेको ध्यानी बुद्धको मूर्ति प्रमाणसहित नेपाल फर्काउन कुटनीतिक प्रकृया अघि बढाइएका पनि मन्त्री पाण्डेले जानकारी गराउनु भयो । शंकर किर्ति महाविहार, भगवान वहाल ठमेलबाट चोरी भएको पद्मपाणी लोकेश्वरको मूर्ती सोही स्थानमा पुनर्स्थापना गरिएको पनि उहाँले बताउनु भयो । 

[adrotate banner= “4”]

[adrotate banner= “5”]

[adrotate banner= “6”]

Previous Post

जलवायु वित्तको नयाँ लक्ष्य असफल गराउने सुविधा कसैलाई छैनः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री

Next Post

उपलब्ध जनशक्तिलाई दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउँछौँः स्वास्थ्यमन्त्री पौडेल

Next Post

उपलब्ध जनशक्तिलाई दक्ष बनाइ स्वास्थ्य सेवा प्रभावकारी बनाउँछौँः स्वास्थ्यमन्त्री पौडेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन