• गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
TRENDING
Nitipress
  • गृहपृष्ठ
  • समाचार
    • घटना
    • सम्पादकीय समाचार पृष्ठ
    • अन्तर्राष्ट्रिय समाचार
    • खेलकुद समाचार
    • शिक्षा
    • स्वास्थ्य
    • मनाेरञ्जन
  • राजनीति
  • अर्थ/वाणिज्य
    • अर्थ/वाणिज्य
  • धर्म/संस्कृति
  • विचार
    • संवाद
    • लेख / आलेख
  • खेलकुद समाचार
  • विविध
    • जीवनशैली
    • सूचना प्रविधि
    • कला-साहित्य
    • रोचक जानकारी
  • प्रदेश
    • गण्डकी प्रदेश
    • काेशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • लुम्विनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
No Result
View All Result
No Result
View All Result

विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि हुने

नीतिप्रेस by नीतिप्रेस
November 10, 2024
in नेपाली समाचार आजको, समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

[adrotate banner= “3”]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रवारदेखि पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिका लागि शुक्रवारबाट दैनिक १० घण्टा उडान बन्द गरेर बिस्तारको काम थालनी गरेको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ गरी तीन प्याकेजमा विमानस्थलको स्तरोन्नतिको काम थालनी गरेको हो । प्राधिकरणले एशियाली विकास बैंकको ऋण सहयोगमा १५ अर्ब खर्च हुनेगरी काम थलनी गरेको छ । स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान बन्द हुनेछन् । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले प्राधिकरणले विमानस्थल स्तरोन्नति गुरुयोजना अनुरुप विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ गरी तीन प्याकेजमा काम थलनी गरेको बताउनु भयो । उहाँले विमानस्थल स्तरोन्नतिले विमास्थलको क्षमता अभिवृद्धि अर्थात रन वे र ट्याक्सी वेको क्षमता वृद्धि हुने बताउनु भयो । उहाँले एअर ट्राफिक कन्ट्रोलरहरुलाई एअर ट्राफिक व्यवस्थापन गर्न धेरै सजिलो हुने हुँदा सुरक्षामा पनि अभिवृद्धि हुने उल्लेख गर्नुभयो । 
उहाँले विमानस्थलको मुख्य धावनमार्गसँगै समानन्तर हुनेगरी ७५ मिटरमा ट्याक्सी वे बनाउन लागिएको बताउनु भयो । उहाँले उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरी विमानस्थल स्तरोन्नतिको काम गर्न लागेको उल्लेख गर्नुभयो । उहाँले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुँदा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानहरु  सञ्चालन गर्न सकिने बताउनु भयो । 
नेपाल एअर ट्राफिक कन्ट्रोलर संघका अध्यक्ष तथा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यलयका प्रवन्धक विपिन बज्रचार्यले विमानस्थल स्तरोन्नति हुँदा रनवे अकुपेन्सी डेढ मिनेटको समय घट्ने बताउनु भयो । उहाँले विमानस्थलमा हुने विमान डिले,ट्याक्सी वेमा हुने डिले समेत कम हुने उल्लेख गर्नुभयो । उहाँले एअर ट्राफिकहरुले सहज रुपमा एअर ट्राफिक कन्ट्रोल गर्नसक्ने अवस्था आउने बताउनु भयो । उहाँले प्राधिकरणले गर्न लागेको विमास्थलको क्षमता अभिवृद्धिले एअर ट्राफिक कन्ट्रोलर र वायुसेवा सञ्चालकहरुलाई बढी फाइदा रहेको उल्लेख गर्नुभयो । वायुसेवा कम्पनीहरुलाई आर्थिक रुपमा पनि फाइदा हुने उल्लेख गर्नुभयो ।  
विमानस्थल स्तरोन्नति गर्न दैनिक १० घण्टा विमानस्थल बन्द हुँदा ३० प्रतिशतसम्म उडान कटौती हुने भन्दै वायुसेवा सञ्चालकहरु भने असन्तुष्टि जनाइरहेका छन् । विमानस्थल सञ्चालन समय घटाउँदा ३० प्रतिशतसम्म उडान कटौती हुन्छ । तर विमानस्थल बिस्तार र पूर्वाधार निर्माणले जहाज आवतजावत तथा दीर्घकालीन ट्राफिक व्यवस्थापनमा सहज हुन्छ । विमानस्थल बन्द भएपनि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन् । 
विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको नागरिक उड्डयन प्राधिकरणले क्षमता र गुणस्तर अभिवृद्धि गर्ने विमानस्थल मर्मतको काम गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कात्तिक २३ गतेदेखि करिव पाँच महिना दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल बिस्तार गर्न लागेको छ । प्राधिकरणले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ लगायत बिस्तार गर्ने तयारी गरेको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गसँगै समानन्तर हुनेगरी ट्याक्सी वे बनाउन लागिएको छ । 
जसमा विमानस्थलको स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि गरी विमानस्थलको एयर ट्राफिक व्यवस्थापन गर्ने प्राधिकरणको लक्ष्य छ ।  विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको भएपनि विमानस्थल मर्मत शुरु भएसँगै दैनिक १० घण्टा विमानस्थल बन्द रहनेछ ।
आईकाओले तोकेको विमानस्थल सम्बन्धि मापदण्ड परिपालना हुनेगरी तयार भएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजनाअनुसार विमानस्थलको क्षमता बिस्तार गर्न विभिन्न ट्याक्सि वेहरु,एप्रोनहरु निर्माण गर्ने कार्यको लागि कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गर्नुपरेको हो । 
विमानस्थल स्तरवृद्धिको कार्य गर्दा विमानस्थलको रनवेको दक्षिण जोड्ने समानान्तर तथा एक्जिट ट्याक्सी वेहरु निर्माण सम्पन्न गरी प्रयोगमा आएसँगै रनवेको अकुपेन्सी समय धेरै घट्ने र रनवे,ट्याक्सी वेको क्षमता करिव २० देखि २५ प्रतिशतसम्म वृद्धि हुन्छ । अहिले भन्दा एयर ट्राफिक व्यवस्थापन गर्न एअर ट्राफिक कन्ट्रोलरहरुलाई धेरै सहज हुन्छ । सुरक्षाको स्तर अभिवृद्धि हुन्छ । वर्तमान ट्याक्सी वे रनवेदेखि ११० मिटरको मात्रको दूरीमा रहेको निर्माणाधिन समानान्तर ट्याक्सी वे रनवे १७२.५ मिटरको दूरीमा हुने भएकाले आइकाओको मापदण्ड परिपालना हुन्छ । निर्माणाधिन १८ वटा पार्किङ एप्रोनहरु तयार भएपछि विमानहरु आकाशमा होल्ड गर्नुपर्ने समस्या कम हुन्छ ।  
७ महिना अघि विमानस्थल मर्मत गर्ने निर्णय 
विमानस्थलमा विमान गुड्ने मार्ग ट्याक्सि वे र विमानस्थलमा यात्रु वा मालसामान चढाउने,उतार्ने,इन्धन भर्ने,पार्किङ र मर्मतसम्भार गर्ने क्षेत्र एप्रोन बनाउने कार्य गर्नको लागि विमानस्थल बन्द गर्ने निर्णय करिव ७ महिना अघि नै वायुसेवा कम्पनीहरुलाई समेत जानकारी लिएर एयर एआईपी सप्लिमेण्ट प्रकाशन समेत गरेको थियो ।  
विमानस्थलको महत्वपूर्ण ग्राहक भनेको वायुसेवा सञ्चालक कम्पनीहरु हुन् । विमानस्थलको आम्दानीको प्रमुख स्रोत भनेकै वायुसेवा सञ्चालक कम्पनीहरुबाट प्राप्त हुने भएकाले वायुसेवा सञ्चालक कम्पनीहरुसँग परामर्श गरी उक्त कार्य अघि बढेको हो । आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालक कम्पनीहरुसँगैका छलफल परामर्श गरी लिखित सहमतिका आधारमा निर्माण कार्य अघि बढेको हो । 
विमानस्थलमा हवाई यात्रा गर्ने यात्रुको चाप अत्याधिक वृद्धि भएसँगै प्राधिकरणले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना अध्यावधिक गरी क्रमिक रुपमा क्षमता बिस्तार गर्ने लागेको छ । जसअनुसार रनवेको लम्बाई बराबर हुनेगरी एक छेउदेखि अर्को छेउसम्म जोड्ने समानान्तर ट्याक्सी वे तथा ट्याक्सी वेहरु,अन्तर्राष्ट्रिय तथा आन्तरिक विमान पार्किङ एप्रोनहरु,विमान मर्मतसम्भार गर्ने सुरक्षित ह्यांगरहरु निर्माण गर्ने योजना छ । अहिलेको अन्तर्राष्ट्रिय टर्मिनल भवनलाई आन्तरिक भवनमा रुपान्तरण गरी नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन क्षमता १ करोड यात्रु प्रतिवर्ष, (३५०० यात्रु प्रति घण्टा) निर्माण गर्ने योजना छ । 
एशियाली विकास बैंकको ऋण सहयोगमा रनवेको दक्षिणतर्फ जोड्ने समानान्तर ट्याक्सी वे र रनवेको पूर्वतर्फ ह्यांगर,एप्रोन र एक्जिट ट्याक्सी वेहरु निर्माण गर्नेछ । प्राधिकरणको लगानीमा रनवेको उत्तरतर्फ जोड्ने समानान्तर ट्याक्सी वे र अन्तर्राष्ट्रिय पार्किङ एप्रोन निर्माण कार्य हुनेछ । 
विमानस्थल सञ्चालन हुँदा निर्माण कार्य सम्भव छैन
विमानस्थल सञ्चालनको समयमा निर्माण कार्य सम्भव छैन । विमानस्थल सञ्चालनको क्रममा निर्माण कार्य गर्नु भनेको जोखिम र चुनौतीपूर्ण कार्य हो । आईकाओको मापदण्डअनुसार विमानस्थल भित्र विभिन्न क्षेत्रलाई संवेदनशिल क्षेत्रका आधारमा वर्गिकरण गरिएको हुन्छ । रनवेको केन्द्रबाट दायाँबायाँ ७५ मिटर दूरीसम्मको क्षेत्र अति संवेदनशिल क्षेत्रमा पर्छ । विमानस्थल सञ्चाललनमा रहेको समयमा निर्माण कार्य गर्ने उपकरणहरु चलाउन मिल्दैन । संवेदनशिल क्षेत्र भएकाले खाल्डा खनेर छोड्न समेत मिल्दैन । सुरक्षा संवेदनशिलतालाई ख्याल नगर्दा ठूलो दुर्घटना पनि हुनसक्छ । ७५ मिटर भित्र ८ स्थानमा नयाँ एक्जिट ट्याक्सी वे जोड्नुपर्ने भएकाले १० घण्टा विमानस्थल बन्द गरेर काम गर्नुपर्ने अवस्था छ । तर ७५ मिटर भन्दा बाहिरको क्षेत्रमा भने रात, दिन गरी निर्माण कार्य जारी रहनेछ । 
पर्यटनको सिजन भएपनि विकास निर्माणको कार्य गर्ने उपयुक्त समय भएकाले प्राधिकरणले अहिलेको समय रोजेको हो । असोज महिनासम्म मनसुन सक्रिय रहने भएकाले निर्माणको काम गर्न सहज हुँदैन । त्यसैले मनसुन सकिएसँगै कात्तिकदेखि जेठ महिनासम्म विकास निर्माणका काम गर्ने प्रचलन अनुसार प्राधिकरणले ७ महिनाअघि नै सबैको सहमतिमा निर्माण कार्य अघि बढाएको हो । 
ट्याक्सी वे विमानस्थलमा सञ्चालन हुने सानदेखि ठूला प्रकारका जहाजसम्मको तौल,चाप र जमिनको मोटोको भारबहन क्षमतालाई मध्येनजर गरी तयार पारेको डिजाइनमा ७५ मिटर भित्रको क्षेत्रमा करिव ३ मिटर गहिरो जग खनेर निर्माण गरिन्छ । ७५ मिटरको भित्रको क्षेत्रमा साना–साना सेक्सन बनाएर काम गर्नुपर्ने हुन्छ । बिहान विमानस्थल सञ्चालन हुने समयमा खाडल खुल्ला छोड्न नमिल्ने हुँदा अस्थायी रुपमा खाडल पर्ने हुन्छ । 
विमानस्थल पटक–पटक क्षमता अभिवृद्धि
त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा एअरसाईडतर्फ हाल ३३७४ मी लम्बाईको एक रनवे,१९०० मिटर लम्बाईको एक समानान्तर ट्याक्सी वे(रेनवे देखि ११० मिटरको दूरीमा),५ वटा एक्जिट ट्याक्सी वे,११ वटा अन्तर्राष्ट्रिय विमान पार्किङ एप्रोन र १८ वटा आन्तरिक विमान पार्किङ एप्रोन छन् । रनवेको क्षमता भिएमआर उडानमा ३३ वटा प्रतिघण्टा र आईएमआर उडानमा १२ वटा प्रतिघण्टा छ । टर्मिनलतर्फ एक अन्तर्राष्ट्रिय टर्मिनल भवन(क्षमता ३६ लाख यात्रु प्रतिवर्ष,१५७० यात्रु प्रतिघण्टा,एक आन्तरिक टर्मिनल भवन १० लाख यात्रु प्रतिवर्ष,५०० यात्रु प्रतिघण्टा र एक कार्गो टर्मिनल भवन छ ।
अन्तर्राष्ट्रिय विमानस्थल पटकपटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ । विसं २०७७ मा पनि प्राधिकरणले विमास्थलको धावनमार्ग बिस्तार गरेको थियो । उक्त समयमा धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो । त्यतिबेला पनि विमानस्थल बेलुका ६ देखि बिहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो । तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ रनवे जिरो–टु बिस्तार गरिएको थियो ।
२०७७ सालमा पनि विमानस्थल बन्द हुँदा उडान प्रभावित भएको थियो । त्यो समयमा पनि विमानस्थलको उडान करिव ३० प्रतिशत बढी कटौती भएको थियो । त्यस्तै प्राधिकरणले वि.सं २०७५ मा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर धावनमार्ग पूर्णरूपमा कालोपत्रे गरेको थियो । उक्त समयमा पनि विमानस्थल चार महिना अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको थियो । विमानस्थल मर्मतको अवधिमा २०७५ सालमा पनि आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिव ३० प्रतिशत उडान कटौती भएको थियो ।

[adrotate banner= “5”]

[adrotate banner= “4”]

[adrotate banner= “6”]

Previous Post

‘अमेरिकाको निर्वाचन परिणामले कोप—२९ का नेगोसिएशन बैठकहरु प्रभावित हुनसक्छन्’

Next Post

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु सुखद्ः उद्योगी व्यवसायी

Next Post

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु सुखद्ः उद्योगी व्यवसायी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

नीतिप्रेस मिडिया प्रा.लि.

सही सूचना र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिबद्द छौँ । साथै हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौँ ।

कम्पनी दर्ता नं : २६७८६७/०७८/०७९

सूचना विभाग दर्ता नं : २८६३-०७८/०७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं : २८८८

हाम्रो टिम

अध्यक्ष : माधव पाेखरेल

सम्पादक : रमानाथ पाैडेल

बजार व्यवस्थापक :शशाङ्क बराल

फोटो पत्रकार : विवेक पाण्डे

हाम्रो सम्पर्क

कार्यालय :

पाेखरा महानगरपालिका वडा नं ९, नयाँबजार, कास्की

फाेन : ०६१–४५०६६०

इमेल : nitipressonline@gmail.com

Follow Us

  • Facebook
  • YouTube
  • TikTok
  • अर्थ/वाणिज्य
  • राजनीति
  • जीवनशैली
  • मनोरन्जन
  • विचार
  • धर्म तथा संस्कृति

© 2024 Powered by Niti Academy

No Result
View All Result
  • ताजा अपडेट
  • राजनीति
  • मनोरन्जन
  • ब्यावसायी
  • धर्म तथा संस्कृति
  • मनोरन्जन